Friday, June 5News That Matters

खेलकुद

एन्फा उमन्स च्याम्पियन : पहिलो हाफमा एपीएफ को ७ गोल, आरएस रिसोर्ट सुन्य

एन्फा उमन्स च्याम्पियन : पहिलो हाफमा एपीएफ को ७ गोल, आरएस रिसोर्ट सुन्य

Breaking News 2, खेलकुद, समाचार
३ फागुन २०८२ ।उदयपुर उदयपुरको थारुहट रङ्गशाला गाईघाटमा जारी एन्फा उमन्स च्याम्पियनमा आज सशस्त्र प्रहरी ( APE ) र आर एस रिसोर्ट वीचको खेलमा पहिलो हाफमै एपीएफले सात गोल गर्यो। खेलको २३ मिनेटमा गोल गरेकी < .एपीएफसी जर्सी नम्बर १९ की रश्मी कुमारी घिसिंङले ३५ मिनेट र ४५ मिनेटमा थप दुई गोल गरी पहिलो हाफमै ह्याट्रिक गरिन् । एपीएफकी जर्सी नम्बर १५ का अनिता केसीले ७ मिनेटमा पहिलो गोल गरीन, १० मिनेटमा जर्सी नम्बर ८ कि सरु लिम्बुले गोल गरिन्, १९ मिनेटमा जर्सी नम्बर २१ कि निशा थोकरले गोल गरिन । ३१ मिनेटमा जर्सी नम्बर १२ की गीता राणाले गोल गरी हाफ टाइम अगाडि टिमको ७ गोलमा योगदान गरिन् ।...
एन्फा वुमेन्स च्याम्पियनसिप:छाहारी माथि चर्च ब्वाइजको जित

एन्फा वुमेन्स च्याम्पियनसिप:छाहारी माथि चर्च ब्वाइजको जित

Breaking News 1, खेलकुद, समाचार
सुनिल राई÷गाईघाट, फागुन २ । उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशालामा जारी एन्फा वुमन्स च्याम्पियनसिपको तेस्रो खेलमा चर्च ब्वाइज युनाईटेड विजयी भएको छ । शनिबार दिउँसो भएको खेलमा छाहारी युवा क्लबलाई ० गोलको विरुद्ध १ गोल गर्दै चर्च ब्वाइजले जित हासिल गरेको हो । खेलको ७८ औँ मिनेटमा चर्च वाइजको तर्फबाट जर्सी नम्बर १० की वर्षा ओलीले गरेको गोल नै जितका लागि निर्णय गोल बन्यो । यस खेलको म्यान अफ द म्याच चर्च वाइज कि वर्षा वली बनिन् । भोलिको एकमात्र खेल एपीएफ र आरएस रिसोर्टबीच हुनेछ । अन्य प्रतियोगि टिमहरुमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा फुटबल क्लब रहेका छन् । उपाधी विजेतालाई ७ लाख पाँचहजार र र उपविजेतालाई ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार रहेको प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन छ ।...
एन्फा वुमेन्स च्याम्पियनसिप : रियलको पोष्टमा पुलिसको १० गोल

एन्फा वुमेन्स च्याम्पियनसिप : रियलको पोष्टमा पुलिसको १० गोल

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई÷गाइघाट, फागुन २ । उदयपुरको थारुहट रङ्गशाला गाईघाटमा जारी एन्फा वुमेन्स च्याम्यिनसिपमा शनिवार भएको खेलमा एफ सी रियलको पोष्टमा नेपाल पुलिस क्लबले १० गोल गरेको छ । खेलको पहिलो हाफमा ६ गोल गरेको पुलिसले दोस्रो हाफमा ४ गोल थपेको हो । पुलिस क्लबका लागी जर्सी नं. ९ की रेखा पौडेलले डब्बल ह्याट्रिक गरिन् । खेलको ११, १२ र ४५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी उनले पहिलो हाफको इन्जुरी समयको २ औँ मिनेटमा पुन १ गोल गर्दै ४ गोल गरिन् । पहिलो हाफमा नै ह्याट्रिक पुरा गरेकी उनले खेलको ७२ र ७७ औं मिनेटमा गोल गर्दै डबल ह्याट्रिक पुरा गरिन् । त्यस्तै पुलिसका लागी जर्सी नं. ३४ की मिना देउवाले २ गोल गरिन् भने जर्सी नं. २ की पुजा राणा मगर र जर्सी नं. २९ की बिर्सना चौधरीले १–१ गोल गरिन् । आजको खेलको म्यान अफ दि म्याच पुलिसकी छ गोल गर्ने रेखा पौडेल भइन् । एफसी रियल विरुद्ध नेपाल पुलिस कडा रू...
एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु, न्यु रोडको विजयी सुरुवात

एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु, न्यु रोडको विजयी सुरुवात

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, फागुन १ । उदयपुरमा आजदेखि राष्ट्रिय स्तरको एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु भएको छ । गाईघाटस्थित थरुहट रङ्गशालामा भएको उद्घाटन खेलमा सहआयोजक गाईघाट फुटबल क्लबलाई ० गोलको विरुद्ध २ गोल गर्दै न्यु रोड फुटबल क्लब काठमाण्डौँले विजयी सुरुवात गरेको हो । खेलको पहिलो हाफको अतिरिक्त समयको २ मिनेटमा जर्सी नम्बर ११ कि प्रतीक्षा ठकुरीले गोल गर्दै न्युरोड फुटबल क्लबलाई अग्रता दिलाएका थिइन् भने खेलको ७९ औँ मिनेटमा जर्सी नम्बर ८ कि सुशीला केसीले न्युरोडको लागि दोस्रो गोल गर्दै गरिन् । यस खेलको म्यान अफ द म्याच न्यु रोडकी जर्सी नम्बर ११ कि प्रतीक्षा ठकुरी बनिन् । उनले नगद रु। ७ हजार ५०० प्राप्त गरिन् । भोलि बिहान साढे ११ बजे पुलिस फुटबल क्लब विरुद्ध फुटबल क्लब रियल बीच दोस्रो खेल हुनेछ भने दिउँसो ३ बजे छहरी युवा फुटबल क्लबको विरुद्ध चर्च वाइज फुटबल क्लब ब...
नारदमुणि थुलुङ स्मृति गोल्डकप ऐतिहासिक रेकर्ड : १९ लाख नाफा

नारदमुणि थुलुङ स्मृति गोल्डकप ऐतिहासिक रेकर्ड : १९ लाख नाफा

Breaking News 2, खेलकुद, समाचार
२७ माघ, २०८२ । उदयपुर नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको यो संस्करणले ऐतिहासिक सफलता र नाफा रेकर्ड राखेको छ । गत माघ १५ देखि २२ गतेसम्म उदयपुरको बसाहामा सञ्चालन भएको एघारौँ संस्करणले १९ लाख रुपैयाँ नाफा पाएको रेकर्ड राखेको हो । आज नारदमुनि थुलुङ रङ्गशालामा पत्रकार सम्मेलनको आयोजना गरी आयव्ययसहितको प्रगती प्रतिवेदनसहित सार्वजनिक गरियो । गोल्डकपले ४२ लाख १९ हजार ६३६ रुपैयाँ आम्दानी गरेको, जसमा २३ लाख १९ हजार १२३ खर्च भएको र १९ लाख ५१३ रुपैयाँ नाफा भएको जनाइएको छ । यो उदयपुरकै खेलकुद इतिहासमा ठूलो मात्रामा नाफाको रेकर्ड हो । “खेलको सफलतासंगै ठूलो मात्रामा नाफा पनि पाएका छौं । यो उदयपुरको खेलकुद इतिहासमा खास रेकर्ड हो ।” कार्यक्रम संयोजक सिद्धिराज राईले भने । विजेताले ५ लाख, उप विजेता ३ लाख र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कृत गर्दा आठ लाख ६७ हजार खर्च भएको छ भने व्...
देशकै उत्कृष्ट महिला फुटबल टिमको शिर्ष १० क्लबहरूबीच उदयपुरमा प्रतिष्पर्धा हुने : नेपालकाे इतिहासकै उत्कृष्ट प्रतियाेगिता

देशकै उत्कृष्ट महिला फुटबल टिमको शिर्ष १० क्लबहरूबीच उदयपुरमा प्रतिष्पर्धा हुने : नेपालकाे इतिहासकै उत्कृष्ट प्रतियाेगिता

Breaking News 2, खेलकुद, समाचार
२३ माघ, २०८२ । उदयपुर उदयपुरमा नेपालको इतिहासमै पहिलोपटक राष्ट्रियस्तरको एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा आगामी फागुन १ देखि ९ गतेसम्म थारुहट रंगशाला गाईघाटमा प्रतियोगिता हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईका अनुसार देशकै उत्कृष्ट महिला फुटबल टिमको शिर्ष १० क्लबहरूबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका लागि मुख्य आर्थिक सहयोग फिफाको रहनेछ । नेपालमा महिला फुटबलको प्रगतिले अग्रगति लिएको र सम्भावना बढेर गएको, यसै कुरालाई मध्येनजर गर्दै फिफाले यस प्रतियोगितामा आर्थिक लगानी गरेको महासचिव राईले बताए । उपाधी विजेता र उपविजेताले क्रमशः ७ लाख पाँचहजार र ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताको उद्घाटन खेल आयोजक गाईघाट फुटबल क्लब र न्युरोड टिमबी...
नारदमुनि थुलुङ स्मृति गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पियन सहलेस सिरहा कै पोल्टामा

नारदमुनि थुलुङ स्मृति गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पियन सहलेस सिरहा कै पोल्टामा

Breaking News 2, खेलकुद, समाचार
२२ माघ, २०८२ । उदयपुर एघारौँ नारदमुनि थुलुङ स्मृति गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पियन सहलेस क्लब सिराहाले नै हात पारेको छ। द यङ ब्रदर्स क्लब सुनसरीलाई २ को विरुद्ध ५ गोल गर्दै सहलेस दोस्रो पटक पनि च्याम्पियन बनेको हो । द यङ ब्रदर उपविजेता बनेको छ। जितसँगै सहलेसले नगद ५ लाख रुपैयाँ उपविजेता यङ ब्रदर सुनसरीले ३ लाख प्राप्त गरेको छ। विजेतालाई चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा र नेपाल प्रहरीका पूर्व एआइजी  टेक प्रसाद राईले पुरस्कार प्रदान गर्नुभयो । खेलको १ मिनेटभित्रमै सहलेसका जर्सी नम्बर ५ का विदेशी खेलाडी अब्दुलले पहिलो गोल गरेका थिए। उनले खेलको ६४ औँ मिनेटमा अर्को १ गोल थपेका थिए । सहलेसका लागि अर्को गोल २२ औँ मिनेटमा जर्सी नम्बर १० का विकी चाम्लिङ राईले गरेका थिए। उनैले ८२ औं मिनेटमा एकगोल थपे । खेलको ३८ औँ मिनेटमा जर्सी नम्बर १३ का अनिल पाँचे मगरले गोल गरे । खेलको तीसौँ...
उदयपुरमा पहिलोपटक राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता हुँदै

उदयपुरमा पहिलोपटक राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता हुँदै

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ २३ । सुनिल राई÷गाईघाट ।  उदयपुरमा पहिलोपटक राष्ट्रियस्तरको एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएको छ । बिहिबार थारुहट रङ्गशालामा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले यही फागुन १ गतेदेखि हुने राष्ट्रिय स्तरको एन्फा वुमेन्स च्याम्पियनसिप प्रतियोगिता नेपालको इतिहासमै पहिलोपटक हुन गइरहेको जानकारी दिए । महासचिव राईले यस प्रतियोगितामा देशकै उत्कृष्ट महिला फुटबल टिमको शिर्ष १० क्लबहरूको सहभागिता रहेको जनाएका छन् । यस प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एफसी रियल, एपीएफ फुटबल क्लब, आरयस रिसोर्ट युनाइटेड, छरी वाइसी र संकटा फुटबल क्लबको सहभागिता रहेको छ । यस प्रतियोगिताको उद्घाटन खेल गाईघाट फुटबल क्लब र न्युरोड टिम बीच हुनेछ । १ गतेबाट सञ्चालन भएको यस प्रतियोगिता फागुन ९ गते सम्म सञ्चालन हुनेछ । यस...
नारदमुनी थुलुङ गोल्डकप : सहलेस क्लव सिरहा फाइनलमा, २२ गते द यङ ब्रदर्स क्लब सुनसरीसँग फाइनल खेल्ने

नारदमुनी थुलुङ गोल्डकप : सहलेस क्लव सिरहा फाइनलमा, २२ गते द यङ ब्रदर्स क्लब सुनसरीसँग फाइनल खेल्ने

Breaking News 2, खेलकुद, समाचार
२० माघ, २०८२ । उदयपुर उदयपुरको बसाहामा जारी नारदमुनि थुलुङ स्मृति गोल्डकपको आजको अन्तिम सेमीफाइनल खेलमा सहलेस युवा क्लब सिराहाले  एपीएफ काठमाडौँलाई ० को विरुद्ध १ गोल गर्दै फाइनल पुगेको छ । सहलेसका जर्सी नम्बर १० का खेलाडी बिकी चामलिङ राईले २६औ मिनेटमा पहिलो गोल गरे । सोही गोल जितका लागि निर्णायक गोल बन्यो । खेलको पुरै अवधि एपिएफले गोलको प्रयास गरेपनि विफल रह्यो । तीन विदेशी खेलाडी सहितको सालेसको सुरुदेखि नै दबदबा थियो । आजको म्यान अफ दि म्याच सहलेसका गोलकर्ता जर्सी नम्बर १० का विकि चाम्लिङ राई घोषित भए । उनले पाँच हजार नगद पुरस्कारसहित ट्रफी पाए। २२ गते फाइनल खेल द यङ ब्रदर्स क्लब सुनसरी र सहलेस क्लब सिराहा बीच हुनेछ । सहलेश डिफेन्डिङ च्याम्पियन हो । गत बर्ष झापा ११ लाई पराजित गरी च्याम्पीयन बनेको थियो ।...
नारदमुनी थुलुङ गोल्डकपको फाइनल मा द यङ ब्रदर्स क्लब सुनसरी प्रवेश

नारदमुनी थुलुङ गोल्डकपको फाइनल मा द यङ ब्रदर्स क्लब सुनसरी प्रवेश

Breaking News 2, खेलकुद, समाचार
१९ माघ, २०८२ । उदयपुर उदयपुरको बसाहामा जारी नारदमुनि थुलुङ स्मृति गोल्डकपको आजको सेमीफाइनल खेलमा न्यु त्रियुगा स्पोर्ट्स क्लब सप्तरीलाई यङ ब्रदर फुटबल क्लब सुनसरीले ० को विरुद्ध १ गोल गर्दै फाइनल पुगेको हो। यङ ब्रदर्सका जर्सी नम्बर १९ का विदेशी खेलाडी कालुले २२ औ मिनेटमा पहिलो गोल गरे । सेकेन्ड हाफ सुरु भए लगतै गेमको ४१ औ मिनेटमा उनैले अर्को गोल थपेका थिए । टिमका लागि दुई गोल गरेर उनले जित दिलाए । आजको म्यान अफ दि म्याच उनी नै घोषित भए । भोलिको खेल सहलेस युवा क्लब सिराहा र एपीएफ काठमाडौँ बीच हुनेछ।...