Saturday, August 15News That Matters

खेलकुद

कुवेतले ८ ओभरमा ६ विकेट गुमायो

कुवेतले ८ ओभरमा ६ विकेट गुमायो

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १६ । एसीसी मेन्स प्रिमियर लिगको सेमिफाईनलमा नेपालले दिएको २८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेट गुमाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कुवेतविरुद्ध बलिङ गरेको नेपालको लागी करन केसी एक्लैले ५ लिएका छन् भने सोमपाल कामीले एक विकेट लिए । केसीले ०.४ ओभरमा रन बिहिन बनाउँदै अड्नान एड्रिसको विकेट लिएका थिए भने त्यसपछि बलिङ गर्न आएका सोमपाल कामीले १.२ ओभरमा पर्विन्दर कुमारको विकेट लिएका हुन् । उनको एलबिडब्लुमार्फत विकेट लिइएको हो । तेस्रो ओभरमा बलिङ गर्न आएका करण केसीले मिट भास्वरलाई ललित राजवंशीबाट क्याच गराए । केसीले ६.३ ओभरमा सिराज खानको चौथो विकेट लिए भने आठौं ओभरमा मोहम्मद आस्लमको पाँचौं विकेट लिएका हुन् । कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्र बनाएको छ । अहिले पानी परेकाले खेल रोकिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ...
नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १६ । एसीसी मेन्स प्रिमियर लिगको सेमिफाईनल खेलमा टस हारेर ब्याट्रिङ गरेको नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ । बर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेट गुमाउँदै २८१ रन जोडेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालका लागी कप्तान रोहित पैडेलले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ९४ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ९५ रन जोडेर आउट भएका थिए ।कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए । कुशलले ४४ बलमा समान ४ चौका र ४ छक्का प्रहार गर्दै ५७ रन जोडे। ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी भयो । भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए । करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे। कुवेतका बलर मोहमद अस्ला...
नेपालले गुमायो चौथो विकेट

नेपालले गुमायो चौथो विकेट

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १६ । एसीसी मेन्स प्रिमियर लिगको सेमिफाईनल खेलमा टस हारेर कुवेत विरुद्ध ब्याट्रिङ गरेको नेपालले चौथो विकेट गुमाएको छ । २८.३ ओभरमा १८९ रन जोडेको नेपालको कुशल मल्ल आउट भएका छन् । मल्लले ४ चौका र ४ छक्का प्रहार गर्दै ४४ बलमा ५७ रन बनाउदै आउट भएको हो । नेपालका ओपनर कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भएका थिए । त्यस्तै भीम सार्कीले एक रन मात्र जोड्दै आउट भएका थिए । कुशल बाहिरिएपछि आरिफ शेख मैदान प्रवेश गरेका छन् ।...
बर्षाका कारण रोकिएको नेपाल र कुवेतबीचको सेमिफाईनल खेल सुरु

बर्षाका कारण रोकिएको नेपाल र कुवेतबीचको सेमिफाईनल खेल सुरु

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १६ । एसीसी मेन्स प्रिमियर लिगमा बर्षाका कारण रोकिएको नेपाल र कुवेत बिचको सेमिफाईनल खेल सुरु भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाउँदै १४१ रन जोड्दा बर्षा हुन थालेपछि खेल रोकिएको थियो । नेपालका ओपनर कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए । यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके भने रोहित पौडेल ३० रन र कुशल मल्ल ३२ रन बनाएर खेलिरहेका छन्।...
नेपाल र कुवेत बिचको सेमिफाईनलको खेल ४५ ओभरको हुने

नेपाल र कुवेत बिचको सेमिफाईनलको खेल ४५ ओभरको हुने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १६ । एसीसी मेन्स प्रिमियर लिगमा नेपाल र कुवेत बिचको सेमिफाईनल खेल ४५ ओभरको हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र कुवेतबिच भईरहेको खेल बर्षाका कारण रोकिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाउँदै १४१ रन जोड्दा बर्षा हुन थालेपछि खेल रोकिएको थियो । नेपलका ओपनर कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए। यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके भने रोहित पौडेल ३० रन र कुशल मल्ल ३२ रन बनाएर खेलिरहेका छन्।...
दोस्रो स्थानको थ्रि स्टारलाई एनआरटीले हरायो

दोस्रो स्थानको थ्रि स्टारलाई एनआरटीले हरायो

खेलकुद, समाचार
पूर्णपुष्टि,बैशाख १५ । सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो स्थानको थ्रि स्टार क्लबलाई एनआरटीले हराएको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एनआरटीले थ्रि स्टारलाई १–० गोलले हराएको हो । खेलको ३७ औं मिनेटमा सन्जिव विष्टले गरेको गोल नै एनआरटीको जितको लागी निर्णायक गोल बनेको हो । त्यसअघि थ्रीस्टारले खेलको ३७ औं मिनेटमा पेनाल्टि पाएको थियो । पहिले अग्रता लिने अवसर पाए पनि सन्तोष साहुखल पेनाल्टिमा चुके । सन्तोषको प्रहार आउट भएको थियो । यस जितसँगै १३ खेलबाट १६ अंक जोड्दै एनआरटी तालिकाको आठौं स्थानमा उक्लिएको छ भने हार व्योहोरेको थ्रि स्टारले शिर्ष स्थानमा निस्कने मौका गुमाएको छ । थ्रि स्टार १३ खेलबाट २२ अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको जावलाखेल युथ क्लब थ्रि स्टार भन्दा एक अंकले अघि छ ।...
कतारमाथि नेपालको रोमाञ्चक जित

कतारमाथि नेपालको रोमाञ्चक जित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १४ । एसीसी मेन्स प्रिमियल लिगमा नेपालले कतारमाथि ६८ रनको सानदार जित निकालेको छ । नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रन जोड्दै आलआउट भएको हो । कतारविरुद्ध खराब ब्याटिङ गरेको नेपालले कतारलाई १५७ रनको लक्ष्य दिएको थियो । कतारको अन्तिम विकेट सन्दिपद्धारा गुल्सन झाबाट क्याच गराएका हुन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालका लागी सन्दिपले उत्कृट ब्याटिङ सहित बलिङ गरे । बलिङमा पाँच विकेट लिँदा ब्याटिङतर्फ नेपालका लागि सर्वाधिक नटआउट ४२ रन जोडे । नेपालका लागी सोमपाल कामीले ३ विकेछ लिए। त्यस्तै ललितनायायण राजवंशिले २ विकेट हात पारेका छन् । त्यसअघि अमिर फारुक १४ रनमा ललितनारायण राजवंशीको बलमा आउट भए। कप्तान मोहमद रिजलान ४ रनमा सन्दीप लामिछानेको बलमा आउट भए । इक्रमुल्लाह खान ५ रनमा सोमपालको बलमा भीम सार्कीबाट क्याच भए । ...
४०.३ ओभरमा अलआउट नेपाल, कतारले पायो १५८ रनको लक्ष्य

४०.३ ओभरमा अलआउट नेपाल, कतारले पायो १५८ रनको लक्ष्य

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १४ । एसीसी मेन्स प्रिमियर लिगमा नेपालले कतारलाई १५८ रनको लक्ष्य दिएको छ । समूह ‘ए’ को अन्तिम खेलमा कतारविरुद्ध खराब ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा अलआउट हुँदै १५७ रन जोडेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो । नेपालको लागी सन्दिप लामिछानेले सार्वाधिक ५८ बलमा ४२ रन बनाए भने ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर आउट भएका थिए । सोमपाल कामीले ११ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाएर आउट भए । कुशल मल्लले ३ रन मात्र जोड्न सके भने आरिफ शेख ११ रनमा आउट भए । यस्तै दीपेन्द्रसिंह ऐरीले १२ रन मात्र जोड्न सके भने गुल्शन झाले ७ रन मात्र जोड्न सक्यो । बलिङमा कतारका अमिर फारुकले ३ विकेट लिए । मुनवीरा र ओवाइस अहमेदले समान २–२ विकेट हात पारे।...
लिग लिडर बार्सिलानालाई भालेकानोले हरायो

लिग लिडर बार्सिलानालाई भालेकानोले हरायो

Breaking News 3, खेलकुद, समाचार
पूणपुष्टि, बैशाख १४ । स्पानिस ला लिगामा लिग लिडर बार्सिलोनालाई भालेकानोले हराएको छ । बुधबार राती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई भालेकानोले १–२ गोल अन्तरमा हराएको हो । भालेकानोकालाई जित दिलाउन अल्भारो गार्सिया र फ्रान्सिस्को गार्सियाले समान १–१ गोल गरे । खेलको १९औं मिनेटमा अल्भारो गार्सियाले गोल गर्दै राभोलाई अग्रता दिलाएका थिए भने ५३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै अग्रता दोब्बर पारे । दुई गोलले पछि परेको बार्सिलोनाका लागी ८३ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपनि त्यसपछि गोल गर्न नसकेपछि शिर्ष स्थानको बार्सिलोनाले हार टार्न सकेन् । लिग लिडर बार्सिलोनाले दोस्रो स्थानको रियलमाथि १४ अंकको आग्रता बनाउने मौका गुमाएको छ भने ११ अंकले अघि छ । बार्सिलोनालाई हराएको राभो भालेकानो ३१ खेलबाट ४३ अंकसहित नवौँ स्थानमा उक्लिएको छ भने लिगमा अब ७ चरणका खेल खेल्न बाँकी छ ।...
लिग लिडर आर्सनलमाथि सिटीको सानदार जित, दुई अंकको दुरीमा

लिग लिडर आर्सनलमाथि सिटीको सानदार जित, दुई अंकको दुरीमा

Breaking News 3, खेलकुद, समाचार
पूणपुष्टि, बैशाख १४ । प्रिमियर लिग लिग लिडर आर्सनलमाथि दोस्रो स्थानको म्यानचेष्टर सिटीले सानदार जित निकाल्दै अंक दुरी छोट्याएको छ । बुधबार राती सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीले आर्सनललाई ४–१ गोलले हराएको हो । सिटीलाई जित दिलाउन केभिन डे ब्रुयनाले दुई गोलसहित एक असिस्ट गरे भने जोन स्टोन्स र एर्लिङ हालान्डले समान १–१ गोल गरे । केभिन डे ब्रुयनाले खेलको ७ औं मिनेटमा हालाण्डको पासमा गोल गर्दै सिटीलाई आग्रता दिलाएका थिए भने डे ब्रुयनाको पासमा पहिलो हाफको इन्जुरी टाइममा स्टोन्सले गोल गरी अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ५४औं मिनेटमा डे ब्रुयनाले हालान्डकै पासमा गोल गरे । ८६औं मिनेटमा आर्सनलका रब होल्डिङले गोल गर्दै गोल गरेका पनि खेलको इन्जुरी टाइममा हालान्डले गरेपछि सिटीले सहज जित हात पारेको हो । आर्सनललाई पराजित गरेपछि सिटी उपाधि होडमा फर्किएको छ । अब आर्सनल र सिटीबीच जम्मा २...