Sunday, August 16News That Matters

खेलकुद

अल नसरको जितमा रोनाल्डोको ४ गोल

अल नसरको जितमा रोनाल्डोको ४ गोल

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ २७ गते । साउदी प्रो लिगमा रोनाल्डोले ४ गोल गर्दा अल नसरले सहज जित निकालेको छ । बिहिबार राति किंग अब्दुल अजिज स्टेडियममा भएको खेलमा अल नसरले ४–० गोलले अल वेह्दलाई हराएको छ । अल नसरलाई जित दिलाउन रोनाल्डो एक्लैले ४ गोल गरेका छन् । खेलको २१ औं मिनेटमा गोल गर्दै अल नसरलाई सुरुवाती आग्रता दिलाएको रोनाल्डोेले ४० औं मिनेटमा दोस्रो गोल गरे भने ५३ औं मिनेटमा पेनाल्टिबाट ह्याट्रिक पुरा गरे । त्यसपछि खेलको ६१ मिनेटमा चौथो गोल गरेका हुन् । रोनाल्डोले अल नसरमा पहिलो ह्याट्रिक गरेसँगै करियरको ६१ औं ह्याट्रिक पुरा गरेका छन् । नासरका लागि पहिलो गोल गर्दै रोनाल्डोले लिग फुटबलमा ५०० औं गोल समेत पूरा गरेका छन् । रोनाल्डोले लिगमा रियल मड्रिडका लागि सर्वाधिक ३११ गोल गरेका छन् । यस्तै म्यानचेष्टर युनाइटेडका लागि १०३, युभेन्ट्सका लागि ८१, स्पोर्टिङ लिस्वनका लागि ३ र अल नासरका लागि ५ ...
अब ए डिभिजन लिगमा क्लबले ५ बिदेशी खेलाडी अनुबन्ध गर्न पाउने

अब ए डिभिजन लिगमा क्लबले ५ बिदेशी खेलाडी अनुबन्ध गर्न पाउने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ २६ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न शहीद स्मारक ए डिभिजन लिगमा क्लबहरुले ५ बिदेशी खेलाडी अनुबन्ध गर्नु पाउने बताएको छ । क्लबले पहिले ४ जना बिदेशी खेलाडी राख्न पाउने थियो भने अब ५ जना राख्नपाउने भएको छ । बुधबार एन्फाको लिग कमिटी र ए डिभिजन क्लबबीच छलफल भएको थियो । छलफलले क्लबमा पाँच जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने निर्णय गरेको हो । तर विदेशी खेलाडीको मापदण्ड परिवर्तन गरिएको छ । सुरुवाती ११ मा ४ जनामात्र खेलाउन पाउने, पाँच विदेशीमध्ये एक जना एसियाली र एक जना दक्षिण एसियाली खेलाडी हुनैपर्ने व्यवस्था छ । ए डिभिजन लिग फागुन १९ गतेदेखि सुरु हुँदैछ । लिगको पहिलो खेल ललितपुरे क्लबहरु फ्रेण्ड्स र खुमलटार एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।एन्फाले चैत ४ गतेसम्म सुरुवाती पाँच चरणको मात्र खेलतालिका सार्वजनिक गरेको छ । तीन दर्जन खेलाडी विदेश पलायन भएपछि क्लबहरु स्...
साफ यू-२० महिला च्याम्पियनसिप फाइनलमा नेपाल र बङ्गलादेश भिड्दै

साफ यू-२० महिला च्याम्पियनसिप फाइनलमा नेपाल र बङ्गलादेश भिड्दै

खेलकुद, समाचार
पूर्णपुष्टि,माघ २६ । दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र घरेलु टोली बङ्गलादेश भिड्ने छ । ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा फाइनल प्रतियोगिता हुने भएको हो । सोमबार नेपालले भारतलाई हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो । मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बङ्गलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बङ्गलादेश भिड्न लागेका हुन् । यस जितसँग तीन खेलमा सात अङ्क जोडेको बङ्गलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय बेहोरेको भुटान अङ्क विहीन हुँदै बाहिरिए पछि बङ्गलादेश फाइनलमा पुगेको हो । भारतलाई हराएर आएको नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेशबीचको खेल रोमाञ्चक हुने विश्वास गरिएको छ ।...
टर्कीको भूकम्पमा परी चर्चित फुटबलर तर्कुस्लानको निधन

टर्कीको भूकम्पमा परी चर्चित फुटबलर तर्कुस्लानको निधन

खेलकुद, समाचार
पूर्णपुष्टि,माघ २५ । टर्कीमा आएको शक्तिशाली भूकम्पका कारण टर्कीका गोलकिपर अहमेट इयुप तुर्कास्लानको मृत्यु भएको छ । सोमबार बिहान भूकम्पमा परी गोलकिपर तुर्कासलानाको भूकम्पका कारण मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको हो । ‘हाम्रा गोलकिपर अहमेट इयुप तुर्कासलानले भूकम्पमा परी ज्यान गुमाएका छन्। उनको चिरशान्तिको कामना’, क्लबले भनेको छ, ‘हामी तपाईंलाई कहिल्यै बिर्सने छैनौं ।’ २८ वर्षीय तुर्कास्लान २०२१ मा क्लबमा आवद्ध भएका थिए । बगसास्पोर, ओस्मानलिस्पोर, उमरानीएस्पोर र येनी मालत्यास्पोर गरी तुर्कास्लानले आफ्नो सम्पूर्ण करियर टर्की क्लबहरूमा बिताएका छन्। भग्नावशेषबाट जोगिएकी उनकी श्रीमती कुब्रा तुर्कासलान बाँचेकी छन् । भुकम्पमा परी हालसम्म सिरिया र टर्कीमा गरेर करिब ८ हजार व्यक्तिले ज्यान गुमाइसकेका छन्।...
साफ यु २० महिला च्याम्पियनसिप : भारतमाथि सानदार जित निकाल्दै नेपाल फाईनल प्रवेश

साफ यु २० महिला च्याम्पियनसिप : भारतमाथि सानदार जित निकाल्दै नेपाल फाईनल प्रवेश

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ २४ गते । साफ यू २० महिला च्याम्पियनसिप लिगको अन्तिम चरणको खेलमा आज भारतमाथि नेपालले सानदार जित निकालेको छ । उपाधि दाबेदार मानिएको भारतमाथि नेपालले १–३ गोलको अन्तरमा जित निकालेको हो । जारी च्याम्पियनसिपको पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ को हार व्यहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । आज भारतमाथि जित निकालेसँगै नेपालले फाईनलमा स्थान पक्का गरिसकेको छ । बंगलादेशको ढाकास्थित मोस्तफा कमल स्टेडियममा भएको खेलको २१ औं मिनेटमा भारतकी अपूर्णा नार्जरीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा एक गोलले पछि परेको नेपालका लागि ५२ औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यस्तै ६९ औं मिनेटमा भारतीय डिफेन्डरले पेनाल्टी एरियामा फल गर्दा नेपालले पेनाल्टी पाएको थियो भने पेनाल्टीमा कप्तान प्रीति राईले गोल गर्दै न...
साफ यू–२० महिला च्याम्पियनसिप : फाईनल स्थानको लागी आज भारतलाई हराउनै पर्ने खेल खेल्दै नेपाल

साफ यू–२० महिला च्याम्पियनसिप : फाईनल स्थानको लागी आज भारतलाई हराउनै पर्ने खेल खेल्दै नेपाल

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ २४ गते । बंगलादेशको ढाकामा भईरहेको साफ यू–२० महिला च्याम्पियनसिप लिगको अन्तिम खेलमा आज नेपाल र भारत खेल्नेछ । दुवै देशलाई फाईनल पुग्नका लागी यो खेल महत्वपूर्ण हुनेछ । त्यसमा पनि नेपाल फाईनल पुग्नका लागी भारतलाई हराउनै पर्ने अवस्था रहेको छ । चार राष्ट्र सहभागी च्याम्पियनसिपको पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ को हार व्याहोरेको नेपालले दास्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो । यस्तै भारत एक जित र एक बराबरीबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ भने समान ४ अकं भएको घरेलु टोली गोल अन्तरले दोस्रो स्थानमा छ । एक हार र एक जित सहित नेपाल तेस्रो स्थानमा छ । भुटान भने दुबै खेलमा हार व्याहोर्दै अंकविहिन रहँदै फाईनल होडबाट बाहिरिसकेको छ भने घरेलु टोली बंगलादेशले अन्तिम खेल भुटानसँग खेल्ने छ । बंगलादेशलाई भने सहज अवस्था रहेकोले भुटानसँग बराबरी खेले पनि फाइनल पुग्नेछ । भारत तुल...
साफ यू-२० महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको सहज जित

साफ यू-२० महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको सहज जित

खेलकुद, समाचार
पूर्णपुष्टि,माघ २२ । साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ । आईतवार बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भुटानलाई ४–० गोल अन्तरले हराउँदै नेपालले पहिलो जित निकालेको हो । भुटानको यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा भारतसँग १२(० ले पराजित भएको थियो । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३(१ गोल अन्तरले पराजित भएको थियो । बंगलादेश विरुद्ध नेपालको तर्फबाट अमिषा कार्कीले ह्याट्रिक गोल गरेकी छिन् भने टिमको कप्तान प्रीति राईले एक गोल गरेकी हुन । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।...
बोक्से प्रथम वडाअध्यक्ष गोल्डकपमा आयोजक टिम बिजयी

बोक्से प्रथम वडाअध्यक्ष गोल्डकपमा आयोजक टिम बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ २१ गते बोक्सेमा भएको प्रथम वडाअध्यक्ष गोल्डकपको उपाधी आयोजक टिमले नै हात पारेको छ । गत सनिवार देखी सुरु भएको उक्त खेल आज नयाँवस्ती खसिवजारमा सम्पन्न भयो । फाइनल खेलमा बोक्सेले गाईघाटलाई हराउँदै उपाधी जित निकालेको हो । आयोजक टिम फ्युजन क्लवको तर्फबाट ५ र गाईघाटको तर्फबाट ४ गोल भएको थियो । खेल समय अबधिभर दोस्रो हाफमा दुवै टिमको तर्फबाट १-१ गोल हुन पुगेको थियो । फ्युजन क्वलको तर्फबाट जर्सि नं १७ का सुनिल खड्काले ५४ औँ मिनेटमा गोल गर्दै खेलमा टिमलाई अग्रता दिलाएका थिए । पछि समय सकिन ३ मिनेट बाँकी रहँदा गाईघाटको तर्फबाट जर्जि र्न ११ का पविन राईले उक्त गोल फर्काउन सफल भए । त्यस पश्चात भने कुनै पनि गोल नभएपछि खेल ट्राईब्रकरमा परिणत भएको थियो । ट्राइबेकरमा फ्युजन क्लवले ४ र गाईघाट फुटवल क्लवले ३ गोल गर्दै खेल टुँग्याएका थिए । ट्राईब्रेकर सहित फ्युजनको गोलको संख्या ५ र गाईघाट...
प्रथम वडाअध्यक्ष गोल्ड कप : गाईघाट र  फ्युजन फुटवल क्लव फाइनलमा प्रवेश

प्रथम वडाअध्यक्ष गोल्ड कप : गाईघाट र फ्युजन फुटवल क्लव फाइनलमा प्रवेश

खेलकुद, समाचार
उदयपुर पूर्णपुष्टि,माघ १९ । गाईघाटको बोक्से स्थित गंगा खेल मैदानमा जारी प्रथम वडाअध्यक्ष गोल्ड कप प्रतियोगिताको फाईनल खेलमा गाईघाट फुटवल क्लव र फ्युजन फुटवल क्लवले प्रवेश पाएको छ । बिहिबार भएको रोमाञ्चक सेमिफाइनल खेलमा कटारी फुटवल क्लवलाई १को विरुद्ध २ गोल गर्दै गाईघाट फुटवल क्लव फाइनलमा प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको १४आँै मिनेटमा कटारी फुटव क्लवको तर्फबाट जर्सि नम्बर ३का प्रताप राईले आफ्नो टिमकालागि गोल गर्दै खाता खोल्न सफल भएको थियो । त्यस लगतै गाईघाट फुटबल क्लवको तर्फबाट जर्सि नम्बर ५का खेलाडि भुवराज थापाले खेलको १८औँ मिनेटमा खेललाई बरावरमा ल्याए । पहिलो हाफको खेल दुवै टिमका तर्फबाट १–१ गोल मै सिमित रह्यो । दुवै टिमका खेलाडीहरु फाइनलको डोका ढक–ढककाउन निकै उत्साहित देखिएका थिए । दोस्रो हाफको ५२आँै मिनेटको खेल चलिरहँदा गाईघाट फुटबल क्लवको तर्फबाट जर्सि नम्बर ...
क्रिकेट संघले सन्दिपको निलम्बन फुकुवा गर्ने

क्रिकेट संघले सन्दिपको निलम्बन फुकुवा गर्ने

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १८ गते । बलात्कार आरोप झेलिरहेका लन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्वन फुकुवा गर्ने भएको छ । पोखरामा मंगलबार भएको कार्यसमितिको बैठकले निलम्वन फुकुवा गर्ने निर्णय लिएको एक सदस्यले जानकारी दिएको हो । लामिछानेलाई बलात्कार आरोप लागेपछि भदौ २३ मा क्यानले निलम्वन गरेको थियो । असोज २० मा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर असोज २८ गते २० लाख धरौटीमा शर्तसहित रिहा गर्न उच्च अदालत, पाटनले आदेश दिएको हो । २९ मा रिहाई भएका उनको निलम्बन फुकुवाबारे क्यानले छलफल थालेको थियो ।...