२ दिने जिल्ला अन्तर पालिका बक्सिङ, तेक्वान्दो, कराते प्रतियोगिता सुरु
गाईघाट/माघ, २
गाईघाटमा २ दिने जिल्ला स्तरीय बक्सिङ, तेक्वान्दो र सितोरियो कराते खेल शुक्रबार देखी बालमन्दीर मावि बोक्सेमा सुरु भएको छ । खेलको उद्घाटन त्रियुगा नगरपालिकाकी उप–मेयर देवी कुमारी चौधरीले शुक्रबार गर्नुभयो । खेलमा जिल्लाभरीका पालिकाहरुको सहभागी रहने भनिएता पनि नगरपालिकाहरुले मात्र सहभागी जनाएको छ भने गाउँपालिकाहरु बाट सहभागी हुन नसकेको आयोजकले बताएको छ ।
“स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भन्ने नाराको” साथ नगर खेलकुद विकास समिति, जिल्ला बक्सिङ संघ, र गाईघाट तेक्वान्दो डोजाङ सितोरियो करातेको संयुक्त आयोजनामा खेल सुरु भएको आयोजक समितिका सदस्य तथा कराते गुरु प्रकाश राईले बताउनुभयो ।
खेलमा तेक्वान्दो तर्फ चार ओटै नगरपालिकाहरुले सहभागी जनाएको छ भने करातेमा त्रियुगा नगरपालिका र कटारी नगरपालिकाले सहभागी जनाएको छ । यता बक्सिङमा भने त्रियुगा नगरपालिका गाईघाटले ...









