Friday, June 26News That Matters

खेलकुद

मंसिर २८ गतेदेखि ए डिभिजन लिग सुरु

मंसिर २८ गतेदेखि ए डिभिजन लिग सुरु

खेलकुद, समाचार
भदौ २१ गते । आगामी मंसिर २० गतेदेखि शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रेस विज्ञप्ति जारी गर्दै खेलको मिति सार्वजनिक गरको हो । आगामी वर्षदेखि स्थायी रुपमै ए डिभिजन लिग नोभेम्बर एक तारिखदेखि सुरु हुने पनि एन्फाले निर्णय गरेको छ । ए डिभिजन लिगमा  गत वर्ष सहभागी भएका सबै १४ टिमले सहभागिता जनाउनेछन् । १४ वटै क्लबले १८–१८ जनाका दरले खेलाडी दर्ता गरिसकेको पनि एन्फाले विज्ञप्तिमा उल्लेख छ । यसपालिको लिगमा गत वर्षको ए डिभिजन लिग च्याम्पियन टिम मनाङ मर्स्याङ्दीसँगै त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, एपीएफ क्लब, हिमालय शेर्पा क्लब, फेन्ड्स क्लब, च्यासल युथ क्लब, मछिन्द्र क्लब, जावलाखेल क्लब, न्युरोड टिम (एनआरटी) सरस्वती युथ क्लब र ब्रिगेट ब्वाइज क्लब रहेका छन् ।...
विश्वकप छनोट खेलमा नेपाल र कुवेत भिड्दै

विश्वकप छनोट खेलमा नेपाल र कुवेत भिड्दै

खेलकुद, समाचार
भदौ १९ गते ।  कुवेतसँग घरेलु मैदानमा आज नेपालले विश्वकप फुटबलको दोस्रो चरणको अवे खेलमा प्रतिप्रर्धा गर्दैछ  । नेपाली समय अनुसार १०ः४५ मिनेटमा जाविर अल अहमद अन्तर्रा्ष्ट्रिय रंगशालामा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालको मुख्य लक्ष्य अंक खोस्ने रहेको छ भने कुवेतको जित हात पार्ने रणनीति रहेको छ । २०२२ कतार विश्वकप फुटबल छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसपछि नेपालले २४ गते चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोटको समूह ‘बी’ मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन् । नेपाली फुटबल टिममा गोलकिपर किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ रहेको छन् । त्यस्तै डिफेन्डर अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल रहेका छन् । त्यसैगरी म...
टी–२० सिरिज खेलमा न्युजिल्यान्डको जित

टी–२० सिरिज खेलमा न्युजिल्यान्डको जित

खेलकुद, समाचार
भदौ १८ गते ।   टी–२० क्रिकेट सिरिज खेलमा श्रीलंकाविरुद्धको एक खेल अगाडी नै न्युजिल्यान्डले जित हात पारेको छ । गतराती पल्लाकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई न्युजिल्यान्डले चार विकेटले पछि पार्दै जित हात पारेको हो । टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा न्युजिल्यान्डले एक खेल अघि नै सिरिज जितेको छ । १६२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले १९.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो । न्युजिल्यान्डका लागि दुई खेलाडीले अर्धशतक बनाएका थिए । कोलिन डि ग्रान्डहमले ५९ रन बनाउँदा टोम ब्रुसले ५३ रन बनाएको थियो भने बलिङतर्फ अकिला दनन्जयले तीन विकेट लिएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६१ रन बनाएको थियो । श्रीलंकाका लागि निरोशान डिकवेल्लाले ३९ र अभिस्का फर्नान्डोले ३७ रन बनाएका थिए । यस अगा...
ओमानकोे टी–२० सिरिज ज्ञानेन्द्रले नखेल्ने

ओमानकोे टी–२० सिरिज ज्ञानेन्द्रले नखेल्ने

खेलकुद, समाचार
भदौ १७ गते ।  ओमनमा हुन लागेको टी–२० क्रिकेट सिरिज नेपालको उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएको छ । आगामी असोजमा हुने पाँच राष्ट्र बीचका टी–२० क्रिकेट सिरिजमा नखेल्ने भएको हो । सिरिजमा व्यक्तिगत कारण देखाउँदै मल्लले नखेल्ने जानकारी दिएका हुन् । असोज १८ देखि २३ गतेसम्म हुने सिरिजमा आयोजक ओमानसँगै नेपाल, हङकङ, नेदरल्यान्ड्स र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् । असोज १९ गते हङकङसँग नेपालले पहिलो खेल खेल्ने छ । दोस्रो खेल असोज २० गते नेदरल्यान्डसँग खेल्ने छ भने तेस्रो खेल २२ गते आयरल्याण्डसँग खेल्ने भएको छ । त्यस्तै नेपाललले २३ गते आयोजक ओमनसँग अन्तिम खेल खेल्ने छ ।...
इंग्लिस प्रिमियर लिगमा एभर्टनको जित

इंग्लिस प्रिमियर लिगमा एभर्टनको जित

खेलकुद, समाचार
भदौ १६ गते ।  इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले उल्भरह्याम्पटनलाई हराउँदै जित हात पारको छ । गतराति भएको खेलमा एभर्टनले उल्भरह्याम्पटनलाई ३–२ गोलले पछि पार्दै जित हात पारेको हो । खेल सुरु भएको ५ औँ मिनेटमा एर्भटनका रिचार्लसनले एक गोल गरेको थियो । त्यसपछि १२ औँ मिनट एलेक्स इओबीले अर्को गोल थपेको थियो भने ८० औँ मिनटमा सिचार्लसनले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएको थियो । खेल सुरु भएको ९ औँ मिनटमा उल्भरह्याम्पटनका रोमेन सइसले एक गोल गरको थियो भने ७५ औं मिनेटमा गिमिनेजले अर्को गोल गरेको थियो । एभर्टनको जितसँगै तालिकामा ७ अंक बनाएको छ ।...
इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

खेलकुद, समाचार
भदौ १५ गते । इंग्लिस प्रिमियर लिगमा बर्नलीलाई ३–० गोले पछि पार्दै लिभरपुलले जित हात पारेको छ । गतराति भएको खेलमा लिभरपुलले ३–० गोल अन्तरलेपछि पार्दै जितको यात्रा कायमै राखेको हो । खेल सुरु भएको ३३ औं मिनेटमा बर्नलीका क्रिस वुडले आत्मघाती गोल गरेपछि लिभरपुलको १–० गोल भएको थियो । त्यस लगतै ३७ औं मिनेटमा मानेले गोल गरेको थियो भने ८० औँ मिनटमा फिर्मिन्होले निर्णायक गोल गर्दै टिमलाई विजयी बनाएको थियो ।...
फ्रेन्च लिग वानमा पीएसजीको जित

फ्रेन्च लिग वानमा पीएसजीको जित

खेलकुद, समाचार
भदौ १४ गते । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मेट्जलाई हराउँदै विजय बनेको छ । स्टार खेलाडी विना खैल मैदान उत्रिका पिएसजीले मेट्जलाई २–० गोलले पछि पार्दै विजय बनेको हो । शुत्रबार राती भएको खेलमा एन्जल डी मारिया र चोपो मोटिङले १–१ गोल गरेका थिए । खेल सुरु भएकोे ११ औं मिनेटमा मारिया एक गोल गरेको थियो भने ४३ औं मिनेटमा भेराट्टीले फ्रिकिकमार्फत दोस्रो गोल गर्दै टिमलाई जित दिलाएको थियो । यसे जितसँगै पीएसजी ४ खेलबाट ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । एडिन्सन काभानी र केलियन एमबाप्पे चोटका कारण खेलेका थिएनन् भने बार्सिलोना फर्किन इच्छुक नेइमारलाई प्रशिक्षकले खेलाएका थिएनन् ।...
२२५ रनको लक्ष्यमा नेपाल

२२५ रनको लक्ष्यमा नेपाल

खेलकुद, समाचार
भदौ १३ गते । नेपाली यू–९९ क्रिकेट तिटमले तेस्रो अभ्यास खेलमा २२५ रनको लक्ष्य पाएको छ । नेपाली युवा टिमलाई २२५ रनको लक्ष्य श्रीलंकाली टिम चिलाव मारियन्सले दिएको हो । मारियन्सले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २२४ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएका थियो । सुरुवात राम्रो गरेको मारियन्सले १२.३ ओभरमा पहिलो विकेट गुमाउँदा ५० रन बनाएको थियो । नेपालका लागि सूर्य तामाङ र पवन सर्राफले समान २–२ विकेट लिएका थिए । यहि भदौ १९ गतेदेखि श्रीलंकामा एसीसी यू–१९ एसिया कप सुरु हुँदैछ । उक्त प्रतियोगिताको लागि नोपलले तयारी गरिरहेको छ । नेपाल रहेको समूह ‘बी’मा आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन् ।...
साग प्रतियोगिताको लागि प्रारम्भिक टोली छनोट

साग प्रतियोगिताको लागि प्रारम्भिक टोली छनोट

खेलकुद, समाचार
भदौ १२ गते । नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली प्रारम्भिक क्रिकेट टोली छनोट भएको छ । आगामी डिसेम्बर १ देखि १० सम्म संचालन हने सागमा नेपाली टोलीका प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले बिहिबार ३५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीले भदौ १५ गतेदेखि तयारी सुरु गर्नेछ । नेपालले सागसँगै ओमानमा अक्टोबर ५ देखि १०सम्म आयोजना हुने टी–२० सिरिज पनि खेल्नेछ । सिरिजमा ओमानसहित नेपाल, हंङकङ, आयरल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता रहनेछ । प्रारम्भिक टोलीमा केही युवा खेलाडीले पनि स्थान पाएका छन् भने साग अघि हुने उक्त सिरिजले नेपाललाई फाइदा पुग्ने विश्वास गरिएको छ । कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया, प्रदिप ऐरी, सुनिल धमला, सौरभ खनाल, ललितसिंह भण्डारी, विक्रम सोब, इशान पाण्डे, करन ...
ला लिगामा बार्सिलोना जित

ला लिगामा बार्सिलोना जित

खेलकुद, समाचार
भदौ ९ गते । ला लिगामा रियल बेटिसलाइहराउँदै बासिंलोनाले जित हात पारेको छ । गतराती भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोललेपछि पार्दै जित हात पारेको हो । बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा रियल बेटिसले १५ औं मिनेटमा नबिल फकिरले एक गोल गरेको थियो । पहिलो हाफ्को अन्त्य तिर ग्रिजम्यानले एक गोल गर्दै गोल बराबरी बनाएको थियो । दोस्रो हाफ्को सुरुमै दोस्रो गोल गरेपछि ५६ औं मिनेटमा कार्लोस परेरज र ६० औं मिनेटमा अल्बाले गोल गरेका थिए । खेलको ७७ औं मिनेटमा भिडालले गोल गर्दै बार्सिलोनालाई ५–१ को अग्रता दिलाए । तर दुई मिनेटपछि नै बेटिसका मोरोनले गोल गर्दै खेललाई ५–२ मा खेल टुंगिएको थियो ।...