पर्यटन प्रवर्धनमा जातिय संस्था परिचालन
बेलका, पुष ६ गते
जयराम पुर्वछाने
नेपाल सरकारले आह्वान गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न स्थानीय सरकारलाई बेलका नगर आदिवासी जनजाती महासंघले पनि सहयोगी भुमिका खेल्ने भएको छ।
पौष ५गते सनिवार बेलका नगरको नगर सभाहलमा बसेको महासंघ सम्बद्ध १४ जातिय संगठनका प्रमुख तथा ६०जना बढि जातिय संगठनका प्रतिनिधीहरुको संयुक्त बैठक तथा भेलाबाट एकसाथ स्थानीय सरकारलाई सहयोग गर्ने निर्णय गरेको हो।
बैठक तथा भेलामा बेलकाका महासंघ अध्यक्ष ललित राईले बेलका नगर जातिय ,भाषिक,संस्कार र सांस्कृतिक रुपमा अब्बल तथा प्राकृतिक रुपमा अत्यन्तै सुन्दर मनमोहक रहेकोले यो सुखद सन्देश विश्व समुदायलाई दिन पनि भेला तथा बैठकको आयोजना गरिएको बताउनु भयो।अध्यक्ष राईले स्थानीय बेलका नगर सरकारले बेलका नगरको आदिवासि जनजातीका जातिय संस्कार संस्कृति ,भेषभुसा,भाषाको प्रचार प्रसारमा देखाएको चासोलाई यहाको आदिवासी जनजातीहरुले अब...









