Thursday, May 7News That Matters

बिचार

महिला सशक्त्तिकरण विना समृद्धि असम्भव – लेख

महिला सशक्त्तिकरण विना समृद्धि असम्भव – लेख

बिचार
महिलाको लागि आउने बजेट केवल टाठाबाठा महिलासम्म मात्र जसोतसो पुगेको अवस्थामा अब त्यहासम्म होेईन गाउँगाउँका महिला तथा घरभित्र र मेलापातमा अल्झिएका महिला सामु पुग्नुपर्छ । यदि तेसो हो भने महिलाजागरुक स्वयम भै आफ्नो हक अधिकारको लागि आफै खोज्न थाल्छन् ।  - निश्चलता कार्की (लेखक) जहाँ महिलाको  सम्मान हुन्छ त्यहां देवताको वास हुन्छ,अर्थात देवता पनि खुसी हुन्छन । उक्त भनाई हाम्रा वेद, पुराण लगायतका धर्म ग्रन्थहरुबाट प्रस्ट हुन्छ । आधा धर्ती ढाकेका महिलाको समाजमा उत्थान हुनुपर्दछ । महिला र पूरुष एक सिक्काका दुई पाटा हुन् भने समाज र विकासका परिपुरक पनि हुन् । अझ भन्नुपर्दा घरमा एउटी महिला वा आमा शिक्षित हुँदा सम्पूर्ण परिवार नै शिक्षित हुन्छन् । यसरी परिवार शिक्षित र सक्षम भए गाउँ, समाज, राष्ट्र हुदै बिश्व जगत नै शिक्षित सक्षम र संमृद्ध हुनसक्छ । एक महिलाको भूमिकाले घर निर्माणदेखि राष्ट्र निर्...
पुस्तक खहरे हो भने पुस्तकालय सागर : शिक्षक रिमाल – संवाद

पुस्तक खहरे हो भने पुस्तकालय सागर : शिक्षक रिमाल – संवाद

बिचार, साहित्य
सिएम रिमाल, हेटौंडा (मकवानपुर) काे एक सफल र सक्षम शिक्षक हुनुहुन्छ । शिक्षामा  पुस्तकालय र वालसाहित्यकाे विशेष महत्व रहन्छ भन्नुहुने उहाँ असल विद्यार्थी र सफल शिक्षक तथा अभिभावककाे बारेमा पनि महत्वपूर्ण धारणा राख्नुहुन्छ । शिक्षक रिमालसंग वालसाहित्यकार सम्पादक यशु श्रेष्ठले गर्नुभएकाे संवाद प्रस्तुत छ ।  विद्यालयमा पुस्तकालयको महंत्व किन र कसरी छ ? -पुस्तक खहरे हो भने पुस्तकालय सागर हो  । कक्षालाई पात भन्न सकिएला, पुस्तकालय ज्ञानको वृक्ष हो  । माथिका दुई वाक्यबाट नै पुस्तकालयको महत्त्व स्पष्ट हुन्छ । पुस्तकालयको महत्वलाई सूक्ष्म तरिकाले केलाउने हो भने यो ज्ञानको समुद्र तथा आफूले खोजेका अनि रोजेका कुराहरुको परीक्षण गरी गन्तव्यमा पुग्ने स्थल हो  । शैक्षिक अध्ययन तथा जीवन सिकाउने माध्यम नै पुस्तकालय हो  । यहाँ आफ्नो ज्ञान र सिपको क्षेत्रलाई बढाई जीवन जिउने आधार मात्र स्थापित गर्दैन कि समा...
आज अन्तराष्ट्रिय युवा दिवस

आज अन्तराष्ट्रिय युवा दिवस

बिचार, समाचार
ओम श्रेष्ठ आज असार ३१ अर्थात जुलाई १५ “विश्व युवा दक्षता दिवस“ संयुक्त राष्ट्रसंघले सन् २०१४ मा घोषणा गरेर नेपालले पनि यो दिवस मनाउन थालेको आज ७ वर्ष पुग्यो । विश्व भरि छरिएर रहेको विभिन्न जात, धर्म, लिङ्ग, समुदाय, भुगोल, वर्ग र विभिन्न तह र तप्कामा छरिएर रहेको युवाहरुको मौलिक रितिरिवाज, कला, पेशा भित्र रहेको क्षमतालाई सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाउनु थालिएको हो । आज विश्वभर छरिएर रहेका युवाहरूमा बढ्दै गइरहेको बेरोजगारी  र आफ्नो क्षमता, योग्यतानुसारको काम आफ्नै देशमा नपाईरहेको अवस्थामा यो रोगबाट नेपाली युवाहरू पनि सामाजिक, आर्थिक र मानसिक रुपमा असर परिरहेको देख्न सक्छौ । हुन त १६ वर्ष देखि ४० वर्षसम्मको व्यक्तिहरूलाई सामान्यतया युवा भन्ने गरिन्छ त आजको यो विश्व ब्रमाण्डमा युवा भनेको सोच हो त्यसमा नकुनै उमेर समुह न कुनै शाररिक अवस्थालाई जनाउँदछ । यो लेखिर...
पहिलो पत्र (लेख)

पहिलो पत्र (लेख)

Breaking News 1, बिचार
 गोठकृष्ण ठकुरी  जेठको त्यो छोटो रातमा, छोटो जिन्दगी जिएकी तिमी, छोटो बेथाले, छोटो समयमा, छोटाछोटी छोराछोरी छाडेर हामीबाट धागो चुडिएको चङगा झै हराई हाल्यौ । त्यो रात सुतेर विउँझनेहरु सबै रोए, तिमी विउँझेनौ । तिमीले त आफ्नो पीडा सबै सुनाएर गयौ,  म पो कसलाई सुनाउँ ।  छैन मसँग सिरानी खोज्दै आउने शिर । छैन मसँग तिम्रो दाहिने हात । छैन मसँग तिम्रो मुटुको माया । छैन मसँग मैले ऐना हेर्ने तिम्रो आँखा । छैन मसँग निराश हुँदा के भयो भन्ने आवाज । भैगो मेरो कुरा पछि गरम्ला बरु सुनाउन तिम्रो खबर के छ ?  त्यहाँ त राम्रै होला नि तिमीलाई म त यहि कामना गर्छु यहाँ बसरे । साँची सास फेर्न छोडे पछि कस्तो हुने रैछ ? दुख्ने पोल्ने, छातीमा गाँठो परे जस्तो हुने त्यो सबै सन्चो भयो होला नि हैन । .कि दुखी राख्ने रैछ सुनाउन,  अँ भनत के बाटोमा गरुड पुरानमा भने जस्तै अप्ठ्यारो हुने रहेछ कि सजिलो ? अनि अहिले तिमी...
खुवालुङ ढुङ्गा,  खुवालुङ क्षेत्रकाे प्रतिक हाे । अव, ‘खुवालुङ क्षेत्र’ भनाै : इतिहासकार एवम् बरिष्ठ पत्रकार काैशल चेम्जाेङ

खुवालुङ ढुङ्गा, खुवालुङ क्षेत्रकाे प्रतिक हाे । अव, ‘खुवालुङ क्षेत्र’ भनाै : इतिहासकार एवम् बरिष्ठ पत्रकार काैशल चेम्जाेङ

बिचार, समाचार
https://youtu.be/keAvXH1t5yQ पूर्णपुष्टि, बैशाख ४ । खुवालुङ, एउटा सांस्कृतिक क्षेत्र रहेको भन्दै यसलाई खुवालुङ क्षेत्र भनिनु पर्ने तर्क इतिहासकार एवम् बरिष्ठ पत्रकार कौशल चेम्जोङको छ । उहाँका अनुसार खुवालुङ भनेर बुझिराखिएको ढुङ्गा खुवालुङ क्षेत्रको प्रतिक हो । चेम्जोङका अनुसार खुवालुङ क्षेत्र अन्तर्गत कोशीको तीरका भागहरु मात्र नभई उदयपुर, धनकुटा, भोजपुर, सुनसरी र खोटाङका केही भागहरु पर्छन् । खुवालुङ क्षेत्रबाट किराँतीहरु र यस क्षेत्रमा बसोबास गर्ने मानिसहरु मानव सभ्याता सुरु भएको मानिने उहाँको भनाई छ । चुरेका फेदमा बस्ने मानिखुहरु थारु, धिमाल आदि, मध्येभागमा बस्ने राई, लिम्बु, मगर आदि र हिमाली भेगमा बस्ने भोटे, तामाङ, शेर्पा लगायतका जातीहरुको आदिम पुर्खाहरु छुट्टिएको ठाउँ खुवालुङ रहेको इतिहास छ । उहाँको तर्क छ –जसरी हिन्दुआर्य समुदायको रिसिया, स्लोक, उत्पती थलोको वर्णनमा आफुला...
अब, पत्रकार महासङ्घ उदयपुरमा ‘अध्यक्ष’ को बन्ला ? (लेख)

अब, पत्रकार महासङ्घ उदयपुरमा ‘अध्यक्ष’ को बन्ला ? (लेख)

बिचार, समाचार
बुद्धि  चामलिङ नेपाल पत्रकार महासंघले अवको नयाँ नेतृत्व चयनका लागि चुनाव मिति तोकिसकेको छ । यहि चैत २५ गते चुनाव हुदैछ । यसपटक पत्रकार महासंघले पुरानो परिपाटीलाई छाडेर प्रत्यक्ष चुनाव गर्दैछ । एकैदिन केन्द्र, प्रदेश र जिल्लाको मतदान गरी नयाँ नेतृत्व चयन गर्नेछ । हरेक जिल्लामा तीनवटा मतदान पेटिका राखेर केन्द्र, प्रदेश र जिल्लाको चुनाव सम्पन्न गर्ने तयारी छ । आज साँझ केन्द्रले समग्र चुनावी कार्यक्रम तालिका सार्बजनिक गर्ने र मतदाता नामावलीको अन्तिम विवरण भोलीसम्ममा सार्बजनिक गर्ने बुझिएको छ । पत्रकार महासंघ उदयपुर पनि चुनावी तयारीमा रहेसंगै जिल्लामा पत्रकारहरुको चुनावको सर्गमी बढ्दै गएको छ । मुख्य कुरा अव पत्रकार महासंघ उदयपुरको अध्यक्ष को बन्ला भन्ने जिज्ञासा सर्बसाधारण नागरिकहरुमा जिज्ञासा छ भने पत्रकारहरु र पत्रकार संगठनहरु कसलाई बनाउने भन्ने अभ्यासमा जुटिरहेको पाइन्छ । अवको अध्यक्ष...
सिर्जनशील क्लबका कुरा : किन, कहाँ र कसरी ?

सिर्जनशील क्लबका कुरा : किन, कहाँ र कसरी ?

बिचार, साहित्य
यशु श्रेष्ठ नयाँनयाँ सिर्जनाले नै संसारलाई सकारात्मक र नवीन अनि सजिलो ढङ्गबाट अघि बढ्न सहयोग गरिरहेको हुन्छ । नवीन सिर्जनाका लागि झुकाव, चाख, लगाव, साधना र निरन्तरता आवश्यक पर्छ । यसका साथै विभिन्न छलफल, संवाद, तर्क, अध्ययन, अनुसन्धानले यो माझिँदै जान्छ र एउटा गन्तव्यमा पुग्न सक्दछ । त्यो गन्तव्यमा पुर्याउने एउटा बाटो हुन सक्दछ ‘सिर्जनशील क्लब’ । क्लब भएपछि यहाँ विभिन्न मस्तिष्क र विचारले बास गर्छन् । विचारका आदानप्रदान अनि सहयोगले हौसला, उत्साह प्रदान गर्छ, जसले काम गर्ने हातहरुलाई निकै धेरै फुर्ती ल्याइदिन्छ । एकअर्कामा गरिने मदत र दिने हौसलाले सबैलाई अगाडि बढ्न प्ररित गर्छ । सामुहिकताको विकास हुन्छ । नेतृत्व, तर्क गर्ने शक्तिको विकास, अधिकार र जिम्मेवारीप्रति वफदार हुन सिकाउँदछ । एकअर्काका दुःखसुख, संस्कार अनि संस्कृतिकोसमेत आदानप्रदान हुन्छ । एउटा फरक अभिभावकत्व प्राप्त हुन्छ । सामु...
वालवालिकाको शिक्षामा आमा समूहको महत्व

वालवालिकाको शिक्षामा आमा समूहको महत्व

बिचार
जव शिक्षा विग्रियो तव सवै घर विग्रियो, समाज विग्रियो, विद्यालय विग्रियो, हुँदा हुँदा देशै विग्रियो । अनि कसरी सुध्रिन्छ समाज ? समाज परिवर्तनको लागि राजनीति गरेको भनेर वच्चैदेखि सुनेको अझै भन्न छाडेको छैन । अनि यो पर्खाइ कहिलेसम्म हो ! जसवहादुर कार्की अध्यक्ष, शिक्षा सरोकार मञ्च - उदयपुर  कोरोना भाइरसको कारण २०७६ चैत्र ५ गतेदेखि लामो समयसम्म विद्यालय वन्द रहेको कारण अधिकांश वालवालिकाले विद्यालय जाने, आउने, विभिन्न क्रियाकलाप गर्ने, साथीसंगी तथा शिक्षकहरुसँगको उठवस, वोलीचाली, व्यवहार विलकुलै नौलो लाग्ने अवस्थामा पुर्यायो । हामी सवै मिलेर विद्यालयलाई खण्डहरमा परिणत गरियो । आठ महिनापछि विद्यालयहरु खुलेका छन् तर वालवालिका खेल्ने चौरीको के हाल भयो ? वालवालिकाले लगाएको फूलवारी कसले गोडमेल गर्दैछ ? विद्यालयको करेसावारीमा उम्रेको झार कसले उखेल्दैछ ? त्यो भन्दा नि महत्वपूर्ण कुरा एकअर्को ...
घरकाे छतमा गमलाखेती : यसरी फलाउनुहाेस् आफुलाई मनपर्ने तरकारी

घरकाे छतमा गमलाखेती : यसरी फलाउनुहाेस् आफुलाई मनपर्ने तरकारी

आर्थिक, बिचार
लेखक : रिता गुप्ता (एमए, सोसियोेलोजी) गर्मीमा फल्ने तरकारीहरु तपाईं गमलामा पनि फलाउन सक्नुहुन्छ । अहिलेदेखि नै तयारी गर्दा सिजन भन्दा पहिले नै आफ्नो हातबाट फलाएको बिभिन्न किसिमको तरकारी खान सक्नुहुनेछ । आफ्नो गमलामा फलाको तरकारी खानु स्वादिष्ट त हुन्छ नै आत्मसन्तुष्टि पनि पुरा हुन्छ । मेरो आफ्नो छत माथि जाडोको सिजनभरी टमाटर, लसुनको पात, धनियाको पात, पालुङेको साग, रातो साग  फलाएर खानेगर्छु । जस्को करेसाबारी छैन, उस्ले आफ्नो छत प्रयोग गर्नसक्छ । तपाईंको  थोरै मेहनतले आफु मनपर्ने तरकारीखेति गर्न सक्नुहुन्छ । मैले आफुले गरेको अनुभव तपाईं समक्ष प्रस्तुत गर्दैछु । गमला छैन भने सिमेन्ट्को बोरा, सानो कार्टून, एकहात गहिरो र फराकिलो फुटेको भाडा पनि प्रयोग गर्न सक्नुहुन्छ । बिउ उमार्नु अलिक गाह्रो हुने भएकोले सजिलो तरिका चाहि , एउटा प्लाष्टिकको गिलासमा माटो हाल्नुहाेस्  र त्यसमा बिउ हालेर दिनभरि ...
अधिवक्ता आचार्य र न्यायधीशहरुबीच सवाल–जवाफ

अधिवक्ता आचार्य र न्यायधीशहरुबीच सवाल–जवाफ

बिचार, समाचार
पूर्णपुष्टि, माघ ४ प्रतिनिधि सभा विघटनविरूद्ध संवैधानिक इजलासमा बहसको क्रममा आइतवार बरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य र न्यायधीशहरुबीच सवाल–जवाफ भएको छ । विघटनविरूद्ध बहस गर्न उभिएका बरिष्ठ अधिवक्ता आचार्यले प्रधानमन्त्रीले संसद विघटन गर्ने विषयमा संविधानले विघटनको ‘व’ समेत उच्चारण नगरेको तर्क गर्नुभए लगतै न्यायधीशहरुले धारा ७६ को ७ प्रधानमन्त्रीले उपयोग नगरे कसले गर्ने ? भनी प्रश्न गर्नुभयो । प्रत्युत्तरमा अधिवक्ता आचार्यले सरकार बन्न सक्ने विकल्प नभएमा मात्र विघटन हुने तर्क गर्नुभयो । अधिवक्ता आचार्यले संविधानले दुई अवस्थामा मात्र प्रतिनिधि सभा विघटन हुन सक्ने वताउनुभयो । पहिलो, प्रतिनिधि सभाको कार्यकाल पाँच बर्ष पूरा भएको अवस्थामा र दोस्रो, संविधान अनुसार सरकार गठन हुन नसक्ने अवस्थामा । साथै प्रतिनिधि सभा विघटन धारा ८५ अनुसार पनि हुन नसक्ने बताउनुभयो । अधिवक्ता आचार्यले उक्त ...