Wednesday, May 27News That Matters

भिडियो

अबाेध दीदिभाइको कहालीलाग्दो अवस्था

Breaking News 2, भिडियो, समाचार
https://youtu.be/wDzx4Gc5KiQ पूर्णपुष्टि/उदयपुर, कात्तिक १८ । आजबाट बुबाको कृयापुत्री बसेका कलिला यी दुई दिदिभाइको जीवन सामान्य छैन । ६ वर्षिय लक्ष्मण र ११ वर्षिया सोवीको जीवन पहिले पनि राम्रो थिएन, बुवाको मृत्युपछि अझ कहाली लाग्दो नहोला भन्न सकिन्न । आमा सिता सार्की, बुवा खड्गबहादुर मगर अन्तरजाजिय विवाह । उदयपुरको त्रियुगा नगरपालिका–८ रातमाटे सुकुम्बासीबस्तीका अन्तरजातिय दम्पत्तीका सन्तान हुन् यी दुई वालवालिका । दलितसंग विवाह गरेको भनेर छुवाछुत र विभेद सामाना गर्दै आएका ६३ वर्षिय खड्गबहादुर दशैंदेखि सिकिस्त विरामी परे । दाजुभाइ र आफन्त कोही हेर्नसम्म आएनन् । समयमा उपचार पाउन सकेनन् । विराटनगरस्थित नोवेल हस्पिटलमा हिजो मृत्यु भयो । सहयोगी गाउँले छिमेकी र समाजसेवीहरुको सहयोगमा अस्पतालसम्म लगियो तर १० दिनसम्म श्वास फेरेर अस्पतालमै अन्तिम श्वास छाडे । उनको अन्तिम संस्कारमासमेत जातीय, छ...
छठपर्व सम्पन्न, श्रद्धालुकाे मनमा शान्ति, समुदायमा सद्भाव

छठपर्व सम्पन्न, श्रद्धालुकाे मनमा शान्ति, समुदायमा सद्भाव

Breaking News 2, भिडियो, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ११ । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदीमा आयोजित छठपुजा विहान उदाउदो सुर्यलाई अर्घ दिएसंगै सम्पन्न भयो । हजारौंको संख्यामा श्रद्धालुले यहाँ रातभर निराहार, जागरम ब्रत बसेका थिए । विहान सुर्यलाई पानी चढाएर अर्घ दिएका हुन् । आफु र परिवारको सुस्वास्थ्य, दिर्घायु र उन्नती, प्रगतीको कामना गर्दै बसेका ब्रतालुहरु पुजा सकिएसंगै पुजा सामग्री र विभिन्न प्रसाद संकलन गरी घरतिर लागेका छन् । घर पुगेर प्रसाद ग्रहण गर्दछन् भने छरछिमेकलाईसमेत बाड्दछन् । मधेसी र पहाडी मिश्रित समुदायले विगत झै छठपर्व भब्य मनाएका हुन् । श्रद्धालुभक्तजनको आगमन, ब्यवस्थापनको हिसावले छठपर्व विगतभन्दा भब्य भएको त्रियुगा छठपूजा ब्यवस्थापन समितिले जनाएको छ । यहाँको छठपुजा कोशीप्रदेशकै उत्कृष्ठ भएको दावी आयोजकको छ । यो पर्व सकिएसंगै ब्रर्त सफल गरेका श्रद्धालुहरुको मनमा शान्ति छाएको छ भने समुदाय...
त्रियुगाका दुइ छठपूजा समितिका अध्यक्षलाइ एकैठाउँमा प्रश्न – पूर्णपुष्टि सम्वाद

त्रियुगाका दुइ छठपूजा समितिका अध्यक्षलाइ एकैठाउँमा प्रश्न – पूर्णपुष्टि सम्वाद

Breaking News 2, बिचार, भिडियो
https://youtu.be/mjRKt04MQqA पूर्णपुष्टि/उदयपुर, कार्तिक ९ ।
चाँडबाँडमा शान्ति सुरक्षाका लागि नेपाली सेनासहितको संयुक्त सुरक्षागस्ती परिचालित

चाँडबाँडमा शान्ति सुरक्षाका लागि नेपाली सेनासहितको संयुक्त सुरक्षागस्ती परिचालित

Breaking News 2, भिडियो, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ८ । चाँडवाँड विशेष सुरक्षाका लागि उदयपुरमा नेपाली सेनासहितको सुरक्षाटोली खटिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीकाे स‌युक्त सुरक्षा गस्तीले चाँडबाँडमा शान्ति सुरक्षा कायम गर्न खटिएको जनाइएको छ । पशुपती प्रसाद गण बोक्सेका गणपति मनोज कार्कीका अनुसार १८ नं. वाहिनी माताहत क्षेत्रमा चोरी, डकैती तथा अन्य अवान्छित गतिविधि नहोस् भन्ने उद्देश्यले संयुक्त गस्ती टोली खटाइएको हो । दिवा तथा रात्रीकालिन रुपमा संयुक्त गस्ती टोलीले सुरक्षा दिदै आएको छ । बजार क्षेत्र, बैंक तथा वित्तिय कार्यालय, सरकारी कार्यालय तथा सुरक्षा आवश्यकता परेको ठाउँहरुमा गस्ती दिदै आएको जनाइएको छ । दशैं, तिहार सकिसकेको छ । यी दुवै पर्व सौहाद्रपूर्वक सम्पन्न भएका छन् । दशैं, तिहारमा कतै पनि अप्रिय घटना भएन । अव छठ पर्व विशेषरुपले तयारी छ । गस्तीटोलीले नागरिकलाई सुरक्षाको प्रत्याभुती दिलाए...
नेपाल सम्बत ११४६ न्हूदँया भिन्तुना विशेष  (भिडियाे)

नेपाल सम्बत ११४६ न्हूदँया भिन्तुना विशेष (भिडियाे)

Breaking News 1, Breaking News 3, Breaking News Video, भिडियो, समाचार
https://youtu.be/wvATh5lPKTQ पूर्णपुष्टि/उदयपुर, कार्तिक ५ ।
नयाँ नेपाल संवद सुरु, सांस्कृकि सन्देश प्रवाह गर्र्दैै नगर परिक्रमा

नयाँ नेपाल संवद सुरु, सांस्कृकि सन्देश प्रवाह गर्र्दैै नगर परिक्रमा

Breaking News 3, भिडियो, मनोरञ्जन, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ५ । तिहारको रमाइलो माहौलसंगै आजदेखि भित्रिएको नयाँ नेपाल सम्बत् उदयपुरका नेवारी समुदायले विशेषरुपले मनाएका छन् । शुभकामना आदानप्रदान कार्यक्रम गाईघाटको पिपलचौकमा आयोजना गरी मोटरसाइकल र्यालीसहित नयाँ सम्बतको स्वागत गरिएको छ । विशेषरुपले नेवारी समुदायले मनाउने नेपाली नयाँ सम्बत् अर्थात नेपाल सम्बत ११४६ आजबाट सुरु भएको हो । “नेपाल सम्बत ११४६ न्हूदँया भिन्तुना (नयाँवर्षको शुभकामना) कार्यक्रम गरी नयाँवर्षको स्वागत गरियो ।” – शशि तुलाधरले भन्नुभयो । झिगु नेवाः पुचः गाईघाटको आयोजनामा उनीहरुले नेवारी पोशाकमा सजिएर बाजागाजा बजाउदै हर्षोउल्लास मनाएका छन् । संस्कार संस्कृती जगेर्नाका लागि सन्देश प्रवाह गर्दै मोटरसाईकल र्याली गाईघाटको मुख्यचौकदेखि मोतिगडा–बगहा–देउरी–जलजले–चुहाडे–राजाबास–गैरुन–आँखा अस्पताल हुँदै बोक्से –करमगाछी–सिमलटार–संगमटोलबाट पिपलचौक आइपुगेर समापन रहे...
अझै फेला परिनन् दुधकाेशीमा बेपत्ता बालिका (भिडियाेसहित)

अझै फेला परिनन् दुधकाेशीमा बेपत्ता बालिका (भिडियाेसहित)

Breaking News 2, भिडियो, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ५ । तीनदिन अघि दुधकोशीमा डुबेर बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका १४ साउने, ढुंग्रेकी ७ वर्षिया बालिका अनुसा तामाङ अझै फेला पर्न सकेकी छैनन् । वडाध्यक्ष हेम मगरका अनुसार प्रहरी र स्थानीयले खोजिकार्य लगातार गरिरहेको छ तर, फेला पर्न सकेको छैन । साथीसंग ११ बजे ढुंग्रेखोला छेउ कोशीमा पौडी खेल्ड गएकी उनी डुबेर बेपत्ता भएकी थिइन् । तीनदिन देखि लगातार डुबेको स्थानदेखि तल्लोभेगमा खोजि कार्य भइरहेको छ । बालिका कोशीमा बेपत्ता भएपछि परिवार शोकमा डुबेको छ । तिहारको बेला बालिकाको खोजि र शोकमा छ परिवार । https://youtu.be/ZzEtEecJa3g...
विपन जोशीको मलामी धेरै

विपन जोशीको मलामी धेरै

Breaking News 2, भिडियो, समाचार
https://www.youtube.com/shorts/rQVZ68dFWzY पूर्णपुष्टि/उदयपुर, कात्तिक ४ । कञ्चनपुरको भिमदत्त नगरपालिकामा विपिन जोशीको मलामी आज ठुलो संख्यामा उपस्थित भए । महाकाली नदी किनारमा अन्त्येष्टि गर्न लगिएको उनको मलामी ठुलो संख्यामा उपस्थित भएका हुन् । शवयात्रासहित अन्त्यष्टीका लागि लगिएको उनको शबको अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा राष्ट्रिय सम्मानसहित गरिएको सुरक्षा अधिकारीले सञ्चारमाध्यमलाई जनाएका छन् । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका जोशी हमासले बन्धक बनाइएका थिए । गत २०२३ अक्टुबर ७ मा अपहरणपछि अज्ञात रहेका उनी गत असोज २७ गते मृत्यु पुष्टि भएको थियो ।    ...
जेनजी शहिद परिवारमा फाउन्डेशनको राहत सहयोग

जेनजी शहिद परिवारमा फाउन्डेशनको राहत सहयोग

Breaking News 2, भिडियो, समाचार
https://youtu.be/JCH3aDB6c2c पूर्णपुष्टि/उदयपुर, कार्तिक २ । एलबीन फाउन्डेसनले उदयपुरका दुई जेनजी शहिद परिवारका बालबालिकालाई शिक्षाका लागि सहयोग गरेको छ । फाउन्डेशनले बेलका नगरपालिका ४ का सन्तोष विश्वकर्माको दुई छोराछोरी र चौदण्डीगढी नगरपालिका ३ का सारकुमार राईकी छोरीको शिक्षाका लागि बीस/बीस हजार आर्थिकसहित चामल, दाल, नुन, तेल लगायतका राहत सामग्री दिएको हो । परिवारमा मुल सहारा नै गुमेपछि परिवारमा आर्थिक तथा ब्यवहारिक बोझ बढेको छ । यस्तो बेला बालबालिकाको शिक्षामा असर नहोस् भन्ने हेतुलै दुबै जेनजी शहिद परिवारलाई सहयोग गरेको फाउण्डेशनले जनाएको छ । फाउन्डेशनले घरमै पुगेर आर्थिक तथा राहत सामग्री परिवारलाई दिएको हो ।...