https://youtu.be/qf_vk9P0UQ4
पूर्णपुष्टि/उदयपुर, कार्तिक १ ।
श्रमदान अगुवा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले असाेज ३० गते गाइघाटमा श्रम सस्कृती अभियानमा भाषण सगै गीत गाएका थिए । उनकाे गीतमा सहभागीहरु नाचेका थिए । भ्रष्टाचार, विकृती विरुद्ध उभिने उनकाे गीतहरु धेरै जसाे श्रम सग सम्बन्धीत हुने गर्छन् ।
https://youtu.be/KnaPKXjlyhk
पूर्णपुष्टि/उदयपुर, असोज ३० ।
श्रम संस्कृति संगठन विस्तारमा जुटेका हर्क साम्पाङले उदयपुरमा आज चुनाव लड्ने उद्घोष गरेका छन् । उनले निति बनाउने ठाउँमा पुग्यौ भने विद्यालय वा अफिस तीनदिन मात्रै खोल्छौं, चारदिन काम हुन्छ भनेका छन् ।
उनले श्रम सधैभरी गरिहने र पार्टीको छुट्टै झण्डा नबनाउने जानकारी दिए । तीन करोड नेपालीको ६ लाख हातले एकैचोटी बेल्चा चलाउने कल्पना सुनाउदै कार्यक्रममा सहभागिहरुलाई संगठित हुन फकाए ।
नागरिकहरु स्वावलम्बी र सचेत नबनेसम्म देशमा सुशासन नआउने भन्दै भ्रष्टाचारविरुद्ध कडा रुपमा उत्रनु पर्ने बताए ।
विदेशीले सरकार गठनदेखि फुटाउनेसम्म गर्ने गरेको आरोप उनले यसरी लगाएका छन् ।
प्रकृति संरक्षणमा विशेष जोड दिदै श्रमदातालाई जगाउन आएको भनेका छन् । उनले श्रम संस्कृतिमा संगठित हुन आव्हान दोहोर्याए ।...
https://youtube.com/shorts/Ww6aTsooFlU?si=93XRbk-mth_ubVwO
पूर्णपुष्टि/उदयपुर, असाेज २० ।
उदयपुरकाे सदरमुकाम गाईघाट आज बादलकाे सेताे छानाेले सजिएकाे देख्न पाईएकाे छ ।
लगातारकाे वर्षातपछि विहानदेखि खुलेकाे माैसममा गाईघाटबाट आकास-धर्तीकाे सुन्दर दृष्य देख्न पाएकाे हाे । पूर्षपुष्टिले लिएकाे सुन्दर दृष्यकाे फाेटाे/भिडियाे खुवै आकर्षक देखिएकाे छ ।
सेताे वादलकाे छानाेले गाईघाटलाई कुनै विशेष समाराेहकाे मञ्च जस्ताै सजिएकाे देखिएकाे छ ।...
https://youtube.com/shorts/zuTQvLvGhB0?si=u6j8q6Acr4eREVp0
पूर्णपुष्टि/उदयपुर, असाेज १७ ।
दशैंमा स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था उदयपुरमा अन्य बेला भन्दा कडा पारेकाे छ । चाँडबाड विशेष सुरक्षा याेजना अन्तर्गत सुरक्षा ब्यवस्था गरिएकाे प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले जानकारी दिनुभयाे । (भिडियाे)
https://youtu.be/p0ngqfdehv0
पूर्णपुिष्टि/उदयपुर, असाेज १५ ।
एक युवाले खुकु*री हातमा नचाउदै गाइघाट बजारमा आज मानिसहरुलाइ त्र*सित पारेका छन् । पुरानाे गाइघाटचाैकबाट विपीचाैक हुँदै विधुत कार्यालयतर्फ र त्यहाँबाट पिपलबाेट हुदै सगमटाेलसम्म त्रास फैलाउने युवा त्रियुगा नगरपालिका ४ बगाहाका गणेश तामाङ रहेकाे प्रहरीले जनाएकाे छ ।
बजारभर त्रास फैलाउदै सगमटाेल पुगेकाे अवस्थामा प्रहरीले उनलाइ घेराउ गरी पक्राउ गरेर नियन्त्रणमा लिएकाे छ । प्रहरी देखेपछि भाग्दै लुक्दै गरेका उनलाइ गाउँलेसमेतकाे सहयाेगमा बल्लतल्ल फेला पारेकाे थियाे । उनले बजारमा टहराकाे खम्बातिर खुकुरी हान्दै नचाउदै हिडेका थिए । पिपलचाैकनजिकै एक पसलबाट सावेलसमेत उठाएर खुकुरी र सावेल नचाउदै त्रास फैलाएका थिए । सगमटाेल पसेपछि केरा, बाेटविरुवाहरु छ*प्काउदै हिडेका थिए । उनले सगमटाेलमा मानिसलाइ समेत आ*क्रमणकाे प्रयास गरेका थिए । तर बजा...
https://youtube.com/shorts/GkbIVVQ0gIc?si=DYOkpyKWnjzXs4p8
पूर्णपुष्टि/उदयपुर, असाेज १२ ।
दशैंकाे बेला चाेरी बढ्दाे छ । चाेरी राेक्न प्रशासनले सुरक्षा कडा पारेकाे छ । (भिडियाे )
https://youtu.be/iHyZZUy8o70
पूर्णपुष्टि/उदयपुर, असाेज १२ ।
उदयपुरकाे बेलका नगरपालिका ४ का जेनजी शहिद सन्ताेष विश्वकर्मा गत भदाै २३ गते जेनजी प्रदर्शनमा गाेली लाग्दै गर्दा उनका जेठान दिनेश गजमेयर सगै थिए । जेठान र ज्वाइ सल्लाह गर्दै देश परिवर्तनका लागि प्रदर्शनमा गएकाेमा एक्कासी गाेली लागेर ज्वाइ सन्ताेष ढले । ढलेकाे अवस्थामा उठाउन सक्ने अवस्थासम्म थिएन । प्रहरीकाे चरम दमनका कारण गाेलीकाे वर्षा र अस्रुग्याँसकाे धुँवाले तितरवितर थिए । पछि ढलेकाे ठाउँमा ज्वाइ थिएनन् । खाेज्दै जाँदा राती अबेर काठमाडाैकाे ट्रमा सेन्टरमा सहादत भइसकेकाे अवस्थामा फेला परेकाे जेठान दिनेशकाे भनाइ छ । ज्वाइलाइ खाेज्न र शव पाउन ठुलाे सघर्ष गर्नु परेकाे उनले बताएका छन् । (सुन्नुहाेस् पूर्णपुष्टिकाे विशेष कुराकानी)...