उदयपुरको तोपराज ब्याटल राउण्ड पार गर्दै भ्वाइसको नक आउटमा प्रवेश
पूर्णपुष्टि, बैशाख ११
उदयपुरको तोपराज भ्वाईसको नकआउटमा प्रवेश गरेको छ । नैपालकै चर्चित र्यालिटि सो द भ्वाईस अफ नेपालमा उदयपुरका प्रतिस्पर्धि तोपराज राईले ब्याट राण्ड पार गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
शुक्रबार देखि सुरु भएको ब्याटल राउण्डमा आफ्नो बेस्ट प्रस्तुति दिएर कोचको मन जित्न सफल भएपछि उनले नक आउटको यात्रा तय गरेको हो । कोच तिर्सनाको टिममा रहेको तोपराजको ब्याटल सोहि टिमका अर्को प्रतिस्पर्धि सन्देस सिटाउला सँग परेको थियो ।
उनिहरु दुवैले निकै राम्रो प्रस्तुति दिएको थियो । तर कार्यक्रमको नियम अनुसार नक आउटमा एक जनालाई मात्र लिएर जानु पर्ने भएकोले तिर्सनाले तोपराजलाई छानेको थियो । अन्य कोचहरु राजु र दिपले तोपराजको प्रस्तुति मन पराएको थियो भने प्रमोदले सन्देशको प्रस्तुतिलाई मन पराएको थियो । उदयपुरबाट हाल भ्वाईसमा २ जना सहभागी छन् । उदयपुर बेलका नगरपालिका बाट शोभा तामाङ र तो...








