उदयपुरमा यसरी मनाईयो क्रिसमस, तस्विर सहित
पूर्णपुष्टि, पुष ९ ।
उदयपुरमा क्रिसमस डे भव्यका साथ मनाईएको छ । सोमबार त्रियुगा नगरपालिका–११ पिपल चोक स्थितमा क्रिश्चियन धर्मावलम्बीले येशुको शिक्षा एवं उपदेशको मनन गर्नका साथै प्रेम प्रकट गर्दै शुभकामना आदान प्रदान गरी क्रिसमस डे मनाइएको हो ।
त्रियुगा नगर इसाई समाजको आयोजना र जिल्ला इसाई युवा समाजको सह–आयोजनामा शुभकामना आदान प्रदान सँगै सांस्कृतिक कार्यक्रमहरु पनि गरिएको थियो ।
जिल्ला इसाई युवा समाजका अध्यक्ष सन्तोष थुलुङ (पास्टर) ले यशु खृष्टको जन्मोत्सवमा नगरभरीका सम्पुर्ण मण्डली मिलेर शुभकामना आदान प्रदान सँगै बिविध कार्यक्रम गरिएको जनाए ।
कार्यक्रमका प्रमुख अतिथिमा त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेत, अतिथिमा त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली, १० नं। वडाका अध्यक्ष किरण पाण्डे, ७ नं। वडाका अध्यक्ष अम्बर दनुवार लगायतको उपस्थिति रहेको थियो ।अङ्ग्रेजी ...








