नारदमुनी थुलुङको सालिक अनावरणमा राजनिति, हिकमत कार्कीलाई पहिचानवादीको डर
पूर्णपुष्टि, ७ फागुन ।
उदयपुरको वसाहामा स्थापना भएको स्वर्गिय नारदमुनी थुलुङको पुर्णकदकको सालिक बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले अनावरण गरे । उक्त अनावरण कार्यक्रमको आयोजना चौदण्डीगढी नगरपालिकाले गरेका थिए । एमालेबाट निर्वाचित कालुमान लामा सहितको एमाले जनप्रतिनिधिहरुले स्वर्गिय थुलुङको सालिक निर्माण गरी अनावरण गरेका थिए ।
यस बिषयमा कांग्रेस लगायतका दलहरुले भने असन्तुष्टी जनाए । कांग्रेस, माओवादी, नेकपा एस, रास्वपा र जनता समाजवादी पार्टीले भने बिज्ञाप्तीनै जारी गरी मुख्यमन्त्रीबाट सालिक अनवारण गर्ने कार्यक्रमलाई असन्तुष्टी जनाएका थिए । उनिहरुले संयुक्त बिज्ञाप्ती जारी गर्दै देशका लागि यति ठुलो योगदान पुराउने ब्यक्तिको सालिक अनावरण राष्ट्रपति वा उपराष्ट्रपतिको हातबाट गर्नु पर्ने माग सहित असन्तुष्टी जनाए । देशका महान योद्धा र प्रजातान्त्रिक सेनानीको सालिक मुख्यमन्त्रीबाट ...









