Friday, June 19News That Matters

राजनीति

त्रिनपा–१२ र बेनपा–९ मा एक स्वतन्त्र सहित १६ जनाले गराए मनोनयन दर्ता

त्रिनपा–१२ र बेनपा–९ मा एक स्वतन्त्र सहित १६ जनाले गराए मनोनयन दर्ता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर २ । उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ मा यहि मंसिर १६ गते उपनिर्वाचन हुदैँछ । आज दुबै वडामा अध्यक्ष पदको लागी १६ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको छ । त्रिनपा–१२ मा १ स्वतन्त्रसहित ९ जनाले उम्मेदवारी दिएका छन् भने बेनपा–९ मा ७ जनाको उम्मेदवारी परेको छ । त्रिनपा–१२ मा प्रमुख प्रतिष्पर्धी दलका रुपमा देखिएका नेकपा एमालेबाट लक्ष्मीनारागण चौधरी, नेपाली काङ्ग्रेसबाट संजिव काफ्ले र नेकपा माओवादी केन्द्रबाट नविनकुमार बान्तवा राईले उम्मेदवारी दिएका छन् । त्यसैगरी अन्य दलहरुमा नेकपा एकिकृत समाजवादीबाट निर्मला चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ध्रुबप्रसाद पोखरेल, नागरिक उन्मुक्ती पार्टीबाट चन्द्रकला चौधरी, जनमत पार्टीबाट प्रमोद मलाहा सहनी, राप्रपाबाट लालबाबु साहको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारको रुपमा बजरङ्गवली कुमार दासको उम्मेदवारी परेको छ ।...
त्रियुगा १२ उपनिर्वाचनमा नेपाली काँग्रेसबाट संजिव काफ्लेले गराए मनोनयन दर्ता

त्रियुगा १२ उपनिर्वाचनमा नेपाली काँग्रेसबाट संजिव काफ्लेले गराए मनोनयन दर्ता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर २ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ मा हुने मंसिर १६ को उपनिर्वाचनमा नेपाली काँग्रेसबाट संजिव काफ्लेले मनोनयन दर्ता गराएका छन् । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय १२ नं वडामा र्याली सहित पुगेका काफ्लेले अध्यक्ष पदको लागी उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै एक स्वतन्त्र उम्मेदवार सहित ९ दलहरुले समेत मनोनयन दर्ता गराईसकेका छन् ।...
त्रियुगा १२ उपनिर्वाचनमा एकिकृत समाजवादीबाट निर्मला चौधरीले गराए मनोनयन दर्ता

त्रियुगा १२ उपनिर्वाचनमा एकिकृत समाजवादीबाट निर्मला चौधरीले गराए मनोनयन दर्ता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर २ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ मा हुने मंसिर १६ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको तर्फबाट निर्मला चौधरीले मनोनयन दर्ता गराएकी छन् । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय १२ नं वडामा र्याली सहित पुगेका चौधरीले अध्यक्ष पदको लागी मनोनयन दर्ता गराएकी हुन् । यस्तै एक स्वतन्त्र उम्मेदवार सहित ९ दलहरुले समेत मनोनयन दर्ता गराईसकेका छन् ।...
त्रियुगा १२ उपनिर्वाचनमा एमालेबाट लक्ष्मी नारायण चौधरीको मनोनयन दर्ता

त्रियुगा १२ उपनिर्वाचनमा एमालेबाट लक्ष्मी नारायण चौधरीको मनोनयन दर्ता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर २ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ मा हुने मंसिर १६ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट लक्ष्मी नारायण चौधरीले मनोनयन दर्ता गराएका छन् । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय १२ नं वडामा र्याली सहित पुगेका चौधरीले अध्यक्ष पदको लागी मनोनयन दर्ता गराएका हुन् । यस्तै एक स्वतन्त्र उम्मेदवार सहित ९ दलहरुले समेत मनोनयन दर्ता गराईसकेका छन् ।...
माओवादीबाट त्रियुगामा नविन र बेलकामा भरतले गराए मनोनयन दर्ता

माओवादीबाट त्रियुगामा नविन र बेलकामा भरतले गराए मनोनयन दर्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २ मंसिर । आगमी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि बेलका नगरपालिका ९ र त्रियगा १२ मा माओवादी उम्मेदवारले मनोनयन दर्ता गराएको छ । बेलका ९ मा भरत घिमिरे र त्रियुगा १२ मा नविन राईले मनोनयन दर्ता गराएको हो । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राई र घिमिरेले मनोनन दर्ता गराएको हो । मनोनयन दर्ता सँगै दुवै उम्मेदवार यतिवेल व्यापक चुनावी प्रचार प्रसार कार्यक्रममा होमिएका छन् । पार्टीका दलगल सहित नेता तथा कार्यकर्ताहरुको बृहत उपस्थितिमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएको छ । माओवादी सँगै कांग्रेस, एमाले, रास्वपा, राप्रमा लगायतका पार्टीहरुले पनि दुवै स्थानमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।...
त्रियुगा १२ उपनिर्वाचनमा माओवादी केन्द्रबाट नविन राईले गराए मनोनयन दर्ता

त्रियुगा १२ उपनिर्वाचनमा माओवादी केन्द्रबाट नविन राईले गराए मनोनयन दर्ता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, मंसिर २ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ मा हुने मंसिर १६ को उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट नविन कुमार वान्तवा राईले मनोनयन दर्ता गराएका छन् । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय १२ नं वडामा र्याली सहित पुगेका राईले अध्यक्ष पदको लागी माओवादी केन्द्रबाट मनोनयन दर्ता गराएका हुन् । यस्तै एक स्वतन्त्र उम्मेदवार सहित ९ दलहरुले समेत मनोनयन दर्ता गराईसकेका छन् ।...
त्रियुगा १२ उपनिर्वाचनमा बजरङ्गी  दासले गराए स्वतन्त्र उम्मेदवारी दर्ता

त्रियुगा १२ उपनिर्वाचनमा बजरङ्गी दासले गराए स्वतन्त्र उम्मेदवारी दर्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २ मंसिर । त्रियुगा नगरपालिका १२ मा हुने मंसिर १६ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएको छ । एक मात्रै युवा उम्मेदवार बजरंङ्गी कुमार दासले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हो । हाल सम्म स्वतन्त्रमा दासले मात्रै मनोनयन दर्ता गराएको छ । बाँकी सबै दलहरुले मनोनयन दर्ता गराएको हो । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय १२ नं वडामा कांग्रेस, एमाले, माओवादी लगायत दलहरुले मनोनयन दर्ता गराएको छ ।...
एकीकृत समाजवादीका नेता वलदेव चौधरीलाई मातृ शोक

एकीकृत समाजवादीका नेता वलदेव चौधरीलाई मातृ शोक

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २९ कार्तिक । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव तथा त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरीलाई मातृ शोक परेको छ । नेता चौधरीको ममतामय माता घुरन वती चौधरीको ८३ बर्षको उमेरमा बिराटनगर स्थित गोल्डेन हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । चौधरीलाई निमोनिया र दमको बिरामी रहेको परिवारले जनाएको छ । गएराति ८ बजे उपचार गर्दागर्दै उनको मृत्यु भएको थियो ।...
त्रियुगा १२ उपनिर्वाचन : एकीकृत समाजवादीले पनि तोक्यो उम्मेदवार

त्रियुगा १२ उपनिर्वाचन : एकीकृत समाजवादीले पनि तोक्यो उम्मेदवार

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, २८ कार्तिक । त्रियुगा नगरपालिका १२ नं वडामा वडा अध्यक्षका लागि नेकपा एसले पनि उम्मेदवारी घोषणा गरेको छ । नेकपा एसले वडा अध्यक्षका लागि पार्टी त्रियुगा नगर कमिटीका सदस्य निर्मला चौधरीलाई उम्मेदवारी घोषणा गरेको हो । पाटीका केन्द्रीय सचिव बलदेव चौधरीको उपस्थितिमा उम्मेदवारी घोषणा गरिएको छ । उदयपुरमा त्रियुगा १२ र बेलका ९ गरी दुई ठाउँमा उपनिर्वाचनको तयारी भैरहेको छ । मंसिर २ गते मनोनयन दर्ताको काम रहेको छ भने १६ गते उपनिर्वाचन हुँदैछ । त्रियुगा १२ र बेलका ९ का दुवै वडा अध्यक्षको दुर्घटनामा मृत्यु भएका थिए । जस कारण दुवै वडामा अध्यक्ष पद रिक्त छ ।...
उदयपुर उपनिर्वाचन : रास्वपाबाट धुर्व र तेजमानको उम्मेदवारी

उदयपुर उपनिर्वाचन : रास्वपाबाट धुर्व र तेजमानको उम्मेदवारी

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, २८ कार्तिक । त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९ मा आउँदो मंसिर १६ गते हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धुर्व प्रसाद पोखरेल र तेजमान विकलाई उम्मेदवारी बनाएको छ । व्यवसायी समेत रहेको पोखरेल त्रियुगा नगरपालिका वडा नं १२ का लागि उम्मेदावर हुन भने बिक बेलका ९ का लागि उम्मेदवार हुन् । आउँदो उपनिर्वाचनका लागि वडा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न उम्मेदावरी घोषणा गरेको हो । कांग्रेस, एमाले र माओवादीले पहिल्यै उम्मेदार टुँगाई सकेको छ । रास्वपा सँगै १२ नं वडाका उपनिर्वाचनमा ४ दलले उम्मेदवा तयार पारि सकेको छ । अन्य दलहरुले पनि उम्मेदवार उठाउने तयारी गरिरहेको छ । मनोनयन दर्ता मंसिर २ गते हुने भएको छ ।...