Thursday, May 21News That Matters

राजनीति

नेकपा माओवादी केन्द्र जनताको हितमा लड्ने पार्टी हो – मु्क्सामहाङ मेन्याङबो (मुकेश)

नेकपा माओवादी केन्द्र जनताको हितमा लड्ने पार्टी हो – मु्क्सामहाङ मेन्याङबो (मुकेश)

Breaking News 2, राजनीति, समाचार
पूर्णपु्ष्टि, पुष २९ । नेकपा माओवादी केन्द्र जनताको हितमा लड्ने पार्टी रहेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मुक्सामहाङ मेन्याङबो (मुकेश) ले बताएका छन् । ‘जनातासँग माओवादी विशोष रुपान्तरण अभियान’ सम्बन्धि पूर्णपुष्टिसँगको संवादमा मेन्याबो ९मुकेश० ले सो कुरा बताएका हुन् । माओवादी केन्द्र अहिले सत्तापक्षमा रहेकोले यो सरकार जनताको सरकार बनाउने उदेश्यका साथ लागि परेको उनले बताए । सरकारले जनताको भवना, मर्म र समस्या बुझेर हल गर्नका निम्ति ‘जनतासँग विशेष रुपान्तरण अभियान’ संचालन गरेको उनले बताए । जनतासँग विशेष रुपान्तरण अभियान मिसन ०८४ को निम्ति नभएर अरु पार्टीहरु जस्तो निर्वाचनमा मात्र जनता सामु जाने र निर्वाचन पछि जनताको सामु नपर्ने पार्टी जस्तो माओवादी पार्टी हैन् भन्ने सन्देश दिन पनि अभियान संचालन गरिएको उनले बताए । माओवादी निर्वाचनमा, निर्वाचन पछि र जनताको बिचमा आईरहने पार्टी रहेक...
जनमतका अध्यक्ष राउत सहित ५१ जना पक्राउ

जनमतका अध्यक्ष राउत सहित ५१ जना पक्राउ

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, पुष १६ । जनमत पार्टिका अध्यक्ष सिके राउत सहित ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ । धोती दिवस मनाउने क्रममा सोमबार काठमाडौंको माइतीघर मण्डलबाट उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार निषेधित क्षेत्रमा धोती दिवस मनाउने भन्दै प्रदर्शन गरेपछि नियन्त्रणमा लिइएको हो । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायत ५१ जनालाई पनि पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।...
त्रियुगामा माओवादी केन्द्रको वडा सम्मेलन शुभारम्भ

त्रियुगामा माओवादी केन्द्रको वडा सम्मेलन शुभारम्भ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, १६ पुष । माओवादी केन्द्र त्रियुगा नगरपालिकाले वडा सम्मेलन सुरु गरेको छ । जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान अन्तर्गत त्रियुगाको वडा नम्बर (९ को दोश्रो वडा सम्मेलन सँगै कार्यक्रम सुभारम्भ गरिएको हो । प्रमुख अतिथि पार्टीका अनुसासन बिभाग अध्यक्ष टंक राईको उपस्थितिमा वडा सम्मेलन भव्य रुपमा सम्पन्न भएको हो । उक्त वडा सम्मेलनबाट ध्रुव कटुवालको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्वाचित भएको छ भने कमला दनुवारको अध्यक्षतामा १३ सदस्यीय अनेम सङ्घ क्रान्तिकारी र कविराज न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय वासिएलको वडा कमिटी समेत गठन गरिएको छ । निर्वाचित सबै समितिका पदाधीकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि टंक राई, नगर इन्चार्ज बिमल किराती र पाटी नगर अध्यक्ष मान वहादुर राई सहितका अन्य अतिथिहरुले कार्यसफलताको कामना र बधाई ज्ञापन गरेको छ । निर्वाचित सबै कार्यसमितिलाई नगर पार्टी अध्...
माओवादी नेता भिमबहादुर अधिकारी (अनिल) लाई अ.ने.की. उदयपुरद्धारा अभिनन्दन

माओवादी नेता भिमबहादुर अधिकारी (अनिल) लाई अ.ने.की. उदयपुरद्धारा अभिनन्दन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, १३ पुष । माओवादी नेता भिम बहादर अधिकारी (अनिल) लाई अखिल नेपाल किसान महासंघ उदयपुरले अभिनन्दन गरेको छ । पार्टी र जनतालाई पुराएको योगदानको कदर सहित अधिकारीलाई जिल्लामा भव्य अभिनन्दन गरिएको हो । अधिकारी माओवादी केन्द्रका पुरानो सक्रिय नेता हुन् । जिल्लामा पार्टीको नेतृत्व सम्म सम्हाले र बिभिन्न ओहदामा पुगेका अधिकारीलाई अभिनन्द तथा सम्मान गरिएको  महासंघले जनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा इन्चार्ज केपी बरालले सम्मान पत्र प्रदान गर्दै सम्मान तथा अभिनन्दन गरेको हो । अधिकारी जनयुद्धका बेला ठुलो लडाईँहरु छिचौल्दै यो समय सम्म आईपुगेको जनाईएको छ । अधिकारीले सम्मान र अभिनन्द गर्ने अखिल नेपाल किसान महासंघलाई हार्दिक धन्यवाद दिए । उनले सम्मान कार्यत्रमले यो क्षण सम्म आईपुग्दा देश र जनतालाई दिलाएको योगदानहरुको कदर भएको अनुभव सुनाए । उनले पार्टी र जनता प्रति योगदान पुराउने कामम...
कोशी सरकारमा सत्तारूढ गठबन्धनलाई सहभागी गराएपछि एमाले बाहिरियो

कोशी सरकारमा सत्तारूढ गठबन्धनलाई सहभागी गराएपछि एमाले बाहिरियो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक १८ । कोशी सरकारमा सत्तारूढ गठबन्धनलाई सहभागी गराएपछि नेकपा एमाले बाहिरिएको छ । शुक्रबार मुख्यमन्त्री केदार कार्कीले सत्तारूढ गठबन्धन दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएका थिए । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले सत्तारुढ दललाई सरकारमा सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको हो । आज बिहान एमालेबाट विनाविभागीय मन्त्री बनेका राम रानाले मुख्यमन्त्री कार्कीको सरकारी निवासमा पुगेर मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएको हो । राजीनामा बुझाएका रानाले सहमति कार्यान्वयन नभएपछि राजीनामा बुझाएको बताए । मन्त्रीको राजीनामा पछि एमाले र विद्रोही कांग्रेसको सहकार्य २० दिनमै टुटेको छ । कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका कार्की नेकपा एमालेको समर्थनमा २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए । २८ असोज...
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २७ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । कार्कीलाई शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरू बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित भएर आफ्नो हस्ताक्षर सनाखत हुन् । कार्कीलाई एमालेका ३९ र कांग्रेसको शेखर कोइराला पक्षका ८ गरी ४७ जना सांसहरूको समर्थन छ । शुक्रबार माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले ४७–४७ सांसदहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । मुख्यमन्त्रीमा दुबै पक्षले बहुमत सदस्यहरुको हस्तारक्षर सहित दाबी पेश गरेपछि प्रदेश प्रमुख खापुङले सनाखत गर्न आज बिहान ८ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरेका थिए। एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कु...
कोशीका मुख्यमन्त्री कार्कीले दिए राजिनामा, नयाँ सरकार बनाउने तयारीमा गठबन्धन

कोशीका मुख्यमन्त्री कार्कीले दिए राजिनामा, नयाँ सरकार बनाउने तयारीमा गठबन्धन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असोज २० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजिनामा दिएका छन् । शनिबार प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री कार्कीले राजिनामा दिएका हुन् । विश्वासको मत लिन बोलाईएको प्रदेश सभा बैठकलाई सम्बोेधन गर्दै मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रक्रिया अगावै सभामुखलाई राजिनामा बुझाएका हुन् । मुख्यमन्त्री कार्कीले पदबाट राजिनामा दिएपछि एमाले प्रदेश सरकारको नेतृत्वबाट बाहिरिएको छ । संविधानजको धारा १६८ को उपधारा ३ बमोजिम दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका कार्कीले उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्न नपाउने भन्ने सुझाव आएपछि राजिनामा दिएका हुन् । एमाले, माओवादी, राप्रपा र जसपासहितको सहभागितामा २४ पुष मा पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत पाउन नसकेर असार १५ मा १७४ दिनमै पदमुक्त भएका थिए भने सर्वोच्च अदालतको परम...
गाईघाट बजारमा  “नो” पार्किङ एरियामा सवारी राखे ह्विल लक

गाईघाट बजारमा “नो” पार्किङ एरियामा सवारी राखे ह्विल लक

Breaking News 1, राजनीति
पूर्णपुष्टि, १८ असोज । चाँडबाँडलाई लक्षित गर्दै जिल्ला ट्राफिक कार्यालय उदयपुरले पार्किङ व्यवस्थापन गर्दै आएको छ । नजिकदै गरेको दशैँ तिहार छैठ लगायतका पर्वमा ट्राफिक अस्तव्यस्त हुने भन्दै कार्यालय यसको व्यवस्थापनमा लागि परेको ट्राफिक इन्चार्ज लोक बहादुर दियालीले जनाए । दियालीका अनुसार भिँडभाँडका कारण ट्राफिक अस्तव्यस्तले दुर्घटना निम्त्याउने भन्दै नो पार्किङमा सवारी पार्किङ नगर्न कार्यालयले अनुरोध गरेको जनाए । यदि सवारी जथाभावी पार्किङ गरेको पाईएमा कडाईका साथ त्यसलाई कर्वाहिको दायरामा ल्याउने दियालीले जनाए । दियालीका अनुसार गाईघाट बजार एरियामा अत्याधिक भिँडभाँड हुने बैँक लाईन, मेनचोक, बिपि चोक, पिजि चोक र असारी लाईनमा बिषेश पार्किङ व्यवस्थापन गरिने छ । जिके पुस्तक पसल अगाडीडको चिया पसलदेखी पश्चिम आखाँ अस्पताल सम्म र पूर्व पिजि चोक सम्म कुनै पनि लाईनमा पार्किङ गर्न नपाईने जनाईएको छ ।...
राष्ट्रिय युवा संघ नेपाल उदयपुरको १० औँ जिल्ला अधिवेशन २९ र ३० गते

राष्ट्रिय युवा संघ नेपाल उदयपुरको १० औँ जिल्ला अधिवेशन २९ र ३० गते

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, २८ भदौ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको उदयपुर जिल्ला अधिवेशन यहि भदौ २९ र ३० गते हुँदै छ । गाईघाटमा हुने दुई दिने कार्यक्रमको भव्य तयारी युवाहरुले धमाधम गरिरहेको छ । ताप्ली गाउँपालिकाका युवा इन्चार्ज समिप राईका अनुसार कार्यक्रम भव्य रुपमा सफल पार्न उदयपुरका युवाहरु दुई अघिदेखीनै तयारीमा लागेको जनाए । एमाले निकट युवाहरुको माहान उत्सव समेत रहेको हुँदा संगठनात्मक उपस्थितिमा कार्यक्रमको तयारी भैरहेको राईले जनाए ।...
माओवादी बिषेश रुपान्तरण अभियान : उदयपुरको ८ पालिकामा को–को हुन् कमाण्डर ?

माओवादी बिषेश रुपान्तरण अभियान : उदयपुरको ८ पालिकामा को–को हुन् कमाण्डर ?

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, १७ भदौ । शनिवारबाट देशैभर संञ्चालनमा आएको जनता सँग माओवादी बिषेश रुपान्तरण अभियान घरघरमा माओवादी–जनजनमा माओवादी कार्यक्रम उदयपुरमा पनि तिव्र गतिमा चलिरहेको छ । पार्टीले संञ्चालन गरेको तिन महिने सो अभियानमा जनता सँग जोडिन कार्यहरु भैरहेको छ । जनताको आवश्यकता र पार्टीको काम कर्तव्यहरुलाई समायोजन गरी संञ्चालन भैरहेको उक्त अभियान जिल्लाको आठ ओटै पालिकामा बिबिध कार्यक्रमहरुका साथ चलिरहेको छ । उक्त अभियानका लागि उदयपुरमा जिल्ला बाहिरका केन्द्रीय नेताहरु सहभागी छन् । पार्टीले अभियानमा जिम्मेवारी हेरफफेर गरी फरकफरक स्थानमा केन्द्रीय नेताहरुलाई काममा खटाएको छ । उदयपुरका लागि बहालवाला सांसद देखी पूर्व मन्त्रीहरु समेतलाई जिम्मेवारी दिएर पठाईएको छ भने उदयपुरका नेताहरुलाई अन्य जिल्लाहरुमा पठाईएको छ । खोटाङका प्रतिनिधि सभा सदस्य राम कुमार राई पासाङ, सुनसरीको प्रतिनिधि सभा सदस्य तथा...