सरसफाई र अबरुद्ध सडक खुलाउँदै ताप्लीमा घरघरमा माओवादी – जनजनमा माओवादी अभियान सुरु
पूर्णपुष्टि, १६ भदौ ।
जनजनमा माओवादी घरघरमा माओवादी अभियान ताप्लीमा शनिवारदेखी सुरु भएको छ । पालिकाको ५ ओटै वडामा बिबिध कार्यक्रमको आयोजना गरी अभियान सुरु गरिएको हो । माओवादी केन्द्रले देशैभर सुरु गरेको जनता सँग माओवादी रुपान्तरण कार्यक्रम अन्तर्गत तिन महिने अभियान देशैभर शनिवारबाट सुरु भएको छ ।
सोही शिलशिलामा उदयपुरको पनि बिभिन्न पालिकाहरुमा अभियान संञ्चालन भएको छ । ताप्लीका लागि प्रतिनिधि सभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य रामकुमार राई (पासाङ) इन्चार्जको रुपमा खटिएका छन् । राईको नेतृत्वमा पार्टीका स्थानीय नेताहरु अभियानमा सहभागी छन् । पालिकाको १ नं वडामा बर्षाले अबरुद्ध पारेको सडकलाई पन्छाउने कार्यक्रम भएको छ भने २ नं वडाको लेखगाउँमा विद्यालय परिसरमा सरसफाई गरिएको छ ।
यस्तै ३ नं वडामा एक स्थानीयको भत्किएको घरलाई व्यवस्थापन गर्ने अबरुद्ध सामाग्रीहरु हटाउने काम भएको छ । उक्त घरल...









