Thursday, June 18News That Matters

राजनीति

बलत्कारलाई मजाक बनाएको भन्दै सन्दीप क्षेत्री विवादमा

बलत्कारलाई मजाक बनाएको भन्दै सन्दीप क्षेत्री विवादमा

Breaking News 1, राजनीति
पूर्णपुष्टि, २५ असार । टिभी प्रस्तोता तथा कलकार सन्दीप क्षेत्री अहिले विवादमा परेको छ । उनको पछिल्लो कार्यक्रमलाई लिएर क्षेत्रीको आलोचना सुरु भएको हो । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘ह्वाट द फ्लप’ शोमा क्षेत्रीले कलकार पल शाहलाई अतिथिको रूपमा निम्ता गरेका थिए । शाहले कार्यक्रममा जेल पर्दाको अनुभव सुनाएका थिए । उनले जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइएको भन्दै यतिबेला उनको आलोचना भइरहेको हो । ‘पल शाह र सन्दीपको घिनलाग्दो दृश्य नाबालिग बलात्कार घटनामा मजाक,’ अमृता लम्सालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् । त्यस्तै, दिनेश काजीले लेख्छन्, ‘एउटा छोरीको बाउ सन्दीप क्षेत्री कसरी यस्तो निर्लज्ज, पतित हुन सक्छ रु।।।को पीडामा उसको छोरीको अनुहार याद आएन छ रु अझ अट्टहास पो ग...
रास्वपा उदयपुरले विभिन्न विभागीय जिम्मेवारी तोक्यो

रास्वपा उदयपुरले विभिन्न विभागीय जिम्मेवारी तोक्यो

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असार २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरले विभिन्न विभागीय जिम्मेवार तोकेको छ । त्रियुगा नगर समिति, उदयपुरले नगरपालिका भित्रका र्याट स्वास्थ्य गुनासो लगाएत अत्यन्तै महत्त्वपूर्ण विभागको जिम्मेवारी तोकेको हो । यही असार १३ गते आईतबार सम्पन्न भएको रास्वपा त्रियुगा नगर भेला र पालिका विभागको जिम्मेवारी तोक्ने क्रममा असार २१ गते पत्र जारी गर्दै विभिन्न विभागीय पदको जिम्मेवारी दिएको छ । रावस्पाका त्रियुगा नगर सभापती उत्तम रिजालले जारी गरेको पत्रमा र्यापिङ एक्सन टिम संयोजकमा त्रि.न.पा ११ का हरी बहादुर बुढाथोकी नियुक्त भएका छन् भने सचिवमा त्रि.न.पा ३ का टिकाराम गिरी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्याको विभागको संयोजकमा त्रि.न.पा ११ का डा. देवी कुमारी गौतम नियुक्त भएका छन् भने सदस्यमा त्रि.न.पा १३ का तेज बहादुर कटुवाल र त्रि.न.पा ३ का सुर्य नारायण साह नियुक्त भ...
आज कोशी सरकरमा माओवादी केन्द्र सहभागी हुँदै

आज कोशी सरकरमा माओवादी केन्द्र सहभागी हुँदै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार २४ । कोशी प्रदेश सरकारमा आज माओवादी केन्द्र सहभागी हुदैँछ । माओवादी केन्द्रबाट जीवन आचार्य आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुदैँछन् । काग्रेंस संसदीय दलका नेता उद्धव थापाले शुक्रबार मुख्यमन्त्रीको सपथ ग्रहण गरेसँगै दुई मन्त्री नियुक्त गरेका थिए । थापाले पहिलो चरणमा नेपाली काग्रेंस र एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री नियुक्त गरेका हुन् । कोशीको मुख्यमन्त्री उद्धव थापाले आज कागे्रंस र माओवादीका एक–एक जना मन्त्री नियुक्त गरी मन्त्रीपरिषद् बिस्तार गर्न लागेका हुन् । यसअघि नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पर्यटन मन्त्री रहेका आचार्यले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् । आचार्य माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डका कान्छा ज्वाइँ हुन्...
प्रहरी बढुवामा भएको आर्थिक चलेखललाई शून्यमा झारिएको गृहमन्त्रीको दाबी

प्रहरी बढुवामा भएको आर्थिक चलेखललाई शून्यमा झारिएको गृहमन्त्रीको दाबी

राजनीति, समाचार
पूर्णपुष्टि,असार २२ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका छन् । मन्त्री श्रेष्ठले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रहरीको बढुवामा आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका हुन् । उनले भने ‘मेरो सचिवालयले कहीँ आर्थिक चलखेल गरेको देखाउनुभयो भने म राजनीतिक नै गर्दिन । प्रहरीको सरुवा बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको छु ।’ श्रेष्ठको भनाइ छ । प्रहरीमा वरिष्ठ प्रहरी निरीक्षक (असई)बाट इन्स्पेक्टर (प्रहरी निरीक्षक) मा बढुवा गर्ने तयारी भइरहेको छ । ३७ जनामध्ये २६ जना पीएसओहरुमात्र रहेको बुझिएको छ । फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले मिटरव्याजीहरुलाई कारवाहीका लागि कानुन बनाएर कारबाही गर्नुपर्छ भनेर सुरु देखि आफू लागेको पनि बताए । ‘म मिटरव्याजीलाई कानुन बनाएर कारबाही गर्नुपर्छ भनेर सुरु देखि नै लागेँ, तर कानुन बनाउने...
कोशीको मुख्यमन्त्री उद्धव थापाले गरे सपथ ग्रहण

कोशीको मुख्यमन्त्री उद्धव थापाले गरे सपथ ग्रहण

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असार २२ । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले आज सपथ ग्रहण गरेका छन् । बिहिबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका हुन् । मुख्यमन्त्री थापाले सपथ लिएसँगै पहिलो चरणमा दुईजना मन्त्री नियुक्त गरेका छन् । उनले नेकपा एकिकृत सवाजवादीबाट कमल जबेगु र नेपाली काग्रेसबाट प्रदीप सुनुवारलाई मन्त्री बनाएका हुन् । नवनियुक्त दुबै मन्त्रीहरुले आजै शपथ लिएका छन् भने उनिहरुको मन्त्रालय तोकिएको छैन् । माओवादी केन्द्रले भने सरकारमा आफ्नो मन्त्री पठाएको छैन । मन्त्री छनोटका लागि छलफलमै रहेको माओवादीले जनाएको छ । गठबन्धन दलको समर्थनमा कांग्रेस संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।...
कोशी प्रदेशका मुख्यमन्त्री थापाको शपथ आज

कोशी प्रदेशका मुख्यमन्त्री थापाको शपथ आज

राजनीति, समाचार
पूर्णपुष्टि,असार २२ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । उनले बिहीवार साँझ सभामुखसहितको मत जोडेर मुख्यमन्त्री नियुक्त भएका थापाले आज सानो मन्त्रीमण्डलसहित पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । कोशी प्रदेश नामकरण परिवर्तन नहुने पहिलो अभिव्यक्ति दिएका मुख्यमन्त्री थापाले ३० दिन भित्र विश्वासको मत लिने जानकारी पनि गराएका छन् ।...
आज कोशी प्रदेश सरकारमा गठबन्धनबाट थापाले दाबी गर्ने

आज कोशी प्रदेश सरकारमा गठबन्धनबाट थापाले दाबी गर्ने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, असार २१ । कोशी प्रदेश सरकार गठन गर्न गठबन्धनका दलहरुले तयारी थालेका छन् । एमाले नेतृत्वको सरकार ढलेपछि गठबन्धनकाको समर्थनमा सरकारको नेतृत्व गर्न काग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने तयारी गरेका छन् । यहि असार १५ गते मुख्यमन्त्री हिक्मत कार्कीले विश्वाशको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको थियो । मुख्यमन्त्री कार्की पदमुक्त भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले गत १७ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न दिएको समयसीमा आज साँझ ५ बजे सकिदैँछ । आज सरकार गठन गर्न माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जसपाको समर्थनमा थापाले दाबी पेश गर्ने तयारी गरेका हुन् । राप्रपालाई सरकारमा सहभागी गराउन तयारी गरिएपनि राप्रपाले तत्काल निर्णय नदिएकोले गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई पनि जोडेर दाबी पेश...
संसदिय समितिको सभापति चयन प्रक्रिया अघि बढाउन शिर्ष ३ दलका नेताबिच सहमती

संसदिय समितिको सभापति चयन प्रक्रिया अघि बढाउन शिर्ष ३ दलका नेताबिच सहमती

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार १९ । संसदिय समितिको सभापति चयनको प्रकृया अघि बढाउन प्रमुख तीन दलका शिर्ष नेताबिच सहमती भएको छ । मंगलबार सिंह दरबारमा नेकपा माओवादी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबिच भएको बैठकमा उक्त प्रकिया अघि बढाउन सहमत भएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए । संसदीय गतिविधिलाई स्थरिय, प्रभावकारी, गतिशिल बनाउने भन्नेबारेमा शिर्ष नेतासँग छलफल भएको राष्ट्रिय सभाका सभामुख देवराज घिमिरेले बताएका छन् । लामो समयदेखी संसदिय समितिहरुको नेतृत्व निर्माण नभएको र जेष्ठ संसदको अध्यक्षतामा सञ्चालन भईरहेको परिस्थितिलाई तुरुन्त अन्त्य गर्न दलका नेताहरुलाई सहमति जुटाउन आग्रह गरेका थिए । ‘चुनाव गर भन्नुहुन्छ कि मिलाउनुहुन्छ ? मिलाउनुहुन्छ भने तुरुन...
नेपाली युवा युरोपको सर्वोच्च शिखरमा

नेपाली युवा युरोपको सर्वोच्च शिखरमा

Breaking News 1, राजनीति
पूर्णपुष्टि, १५ असार । एक नेपाली युवाले युरोपको सर्वोच्च शिखर एलब्रस हिमालमा नेपालको झण्डा फहराएको छ । रामेछापका लिखुतामाकोशी गाउँपालिकाका प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गरेका हुन्। उनले बिहीबार बिहान ९ बजे रूसमा रहेको पाँच हजार ६४२ मिटर अग्लो एलब्रस हिमालमा सफल आरोहण गरेको जानकारी दिए । सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ उनी जुन २१ मा रुस प्रस्थान गरेका थिए। एलब्रस युरोपको सबैभन्दा अग्लो चुचुरो हो।अब युरोपको सफल आरोहण सम्पन्न भएसँगै अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो हिमाल आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने पाण्डेले बताए। उनले सन् २०१६ देखि हिमाल चढ्न सुरु गरेका हुन्। उनले सगरमाथा, मनास्लु र आमादब्लम हिमाल आरोहण गरिसकेका छन्। पाण्डेले अन्य सबै महादेशका अग्ला हिमाल आरोहण सकेपछि पुनः सगरमाथाको आरोह...
प्रदेश नामाकरण बारे पुनर बिचार गर्नुपर्छ : आङ्बो

प्रदेश नामाकरण बारे पुनर बिचार गर्नुपर्छ : आङ्बो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, १४ असार । माओवादी केन्द्र कोशी प्रदेश संसदीयदलका नेता इन्द्र आङ्बोले प्रदेश नामाकरणमा पुनरबिचार गर्नु पर्ने समय आएको जनाए । प्रदेश सभाको तेस्रो अधिवेशनको बैठकको क्रममा बोल्दै आङबोले जनताहरुको असन्तुष्टीलाई ध्यानमा राखेर नामाकरण बारे पुनरविचार गर्नु पर्ने जनाए । आफुले पहिले बाटै पहिचानको पक्षमा बोलिरहेको र बिभिन्न समस्याको कारणले प्रदेश नामाकरणमा भाग लिनु परेको उनले बताए । उनले नामाकरणमा नागरिकहरुको ब्यापक असन्तुष्टी बढेपछि यसलाई वार्ता गरौँ भन्दा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वास्ता नगरेको समेत आरोप लगाए । हामिले बाराम्वार बार्ता टोली बनाऔँ, निष्कर्षमा पुराऔँ भन्दा मुख्यमन्त्रीले कुनै चासो र टेरपुछर नलगाउने तर हामि सरकारबाट निस्केको एक हप्तामै वार्ता टोली बनाउने यो अचम्मको कुरा छ आङ्बोले भने, । उनले त्यो बार्ता टोली बनेको कुरा प्रति भने सदासयता राख्ने समेत जनाए । ढिलै ...