Wednesday, June 17News That Matters

राजनीति

त्रि.ज.व क्याम्पसमा स्वविय निर्वाचानका लागि ६ वटा संगठ दर्ता

त्रि.ज.व क्याम्पसमा स्वविय निर्वाचानका लागि ६ वटा संगठ दर्ता

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १९ । आगामी चैत ५ गते हुन गइरहेको स्वतन्तत्र विद्यार्थी युनियनको चुनावका लागि त्रियुगा जनता बहुमुखी क्याम्पसमा छुट्टा–छुट्टै रुपमा ६ वटा संगठने दर्ता गराएको छ । जस्मा अखिल क्राीन्तकारी, ने.बि. संघ, अनेरास्वावियु, अनेरास्वावियु, अखिल क्रान्तिकारी विप्लव र अखिल क्रान्तिकारी–नेकपा बहुमत निकट रहेको छ । क्याम्पसको सूचनामा उल्लेखित अनुसार भोली २० गते शनिवार विहान ७ बजे सर्वदलिय बैठक आह्वान गरिएको छ ।...
देशभरका क्याम्पसमा विद्यार्थी सङ्गगठन दर्ता सुरु

देशभरका क्याम्पसमा विद्यार्थी सङ्गगठन दर्ता सुरु

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १९ । स्तन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज देशभरका विद्यार्थी सङ्गठनहरुले सङ्गठन दर्ता राउँदै छन् । त्रिभुवन विश्वविद्यालयमा बिहान १० बजे दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताए । यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । यस्तै स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्व...
राष्ट्रपति निर्वाचनको तयारी : आठ दलका सांसदलाई आज अभिमुखीकरण

राष्ट्रपति निर्वाचनको तयारी : आठ दलका सांसदलाई आज अभिमुखीकरण

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १८ । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्दैछ । कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो । आज दिउँसो एक बजे तीनकुनेको एक व्यांक्वेटमा हुने कार्यक्रमको अभिमुखीकरणमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारले मत मागिरहेका छन् । राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यहरू मतदाता हुन्छन् । उन...
‘कोशी’ प्रदेशको पक्षमा ८२ जना सांसदको हात उठ्यो, अब मतदान प्रकियामा जाने

‘कोशी’ प्रदेशको पक्षमा ८२ जना सांसदको हात उठ्यो, अब मतदान प्रकियामा जाने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १७ । नेकपा एमालेले १ नं प्रदेश को नाम ‘कोशी’ प्रदेश राख्नुपर्ने भन्दै प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जना र विपक्षमा ४ जना सांसदले हात उठाएका छन् । नेपालको संविधान अनुसार प्रदेशको नामकरणको लागी दुई तिहाई मत आवश्यक पर्छ । जुन नेकपा एमालेले प्रस्ताव गरेको ‘कोशी’ प्रदेशको पक्षमा दुई तिहाई भन्दा बढी सांसदले हात उठाएपछि सो प्रस्ताव अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ । एमालेको कोशी प्रदेशमा नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले समर्थन गरेको हो । नेकपा एस र जसपाले राखेको ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेशको प्रस्तावमा भने छलफल नै नहुने भएको छ । प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।...
प्रदेश १ : नेकपा एकीकृत समाजवादी र जसपाले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरे

प्रदेश १ : नेकपा एकीकृत समाजवादी र जसपाले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरे

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १७ । नेकपा एकीकृत र जसपाले प्रदेश १ कोे नाम ‘किरात लिम्बुवान सगरमाथा’ राख्नुपर्ने प्रस्ताव दर्ता गरेका छन् । संसद सचिवालयमा एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रस्ताव दर्ता गरेका हुन् । सो प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् । नेकपा एमालेले प्रदेशको नाम कोशी प्रदेशका लागि प्रस्ताव दर्ता गराएको छ भने नेकपा माओवादी केन्द्रले एमालेको प्रस्तावमा सहमती जनाएको छ ।...
आज १ नं प्रदेशसभामा नामकरणको प्रस्ताव पेश हुने

आज १ नं प्रदेशसभामा नामकरणको प्रस्ताव पेश हुने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १७ । आज १ नं प्रदेश सभामा प्रदेशको नामकरणको प्रस्ताव पेस हुने भएको छ । १ नं प्रदेशको नेत्तृत्व गरिरहेको एमाले र प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसबिचको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखेर संसदमा पेश हुन लागेको हो । पहिलो कार्यकालबाट प्रदेशको नाम टुङ्गो लगाउन नसकेको प्रदेश सरकारले दोस्रो कार्याकलको पहिलो अधिवेशन देखि नै प्रदेशको नामकरण गर्ने प्रयास गरिरहेको छ । प्रदेशको नाम कोशी राख्न सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल कांग्रेसबीच सहमति भईसकेको छ । प्रदेश १ मा स्थानीय पहिचानको आधारमा नामकरण गर्नुपर्नेमा सरकारको नेत्तत्व गरिरहेको नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले असहमति जनाउँदै आएका छन् । ६ वटा प्रदेशमा नाम टुङगो लागीसकेको छ भने १ नं प्रदेशको मात्र नामकरण गर्न बाकिरहेको छ । अघिल्लो प्रदेश सरकारबाट राजधानीको टुङ्गो लागेपनि नामकरण भने गर्न सके...
सातै प्रदेशमा रास्वपाद्वारा प्रदेश समिति गठन

सातै प्रदेशमा रास्वपाद्वारा प्रदेश समिति गठन

राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । प्रदेश समिति गठनसँगै आ–आफ्नो जिम्मवारीसमेत तोकिसकेका छन् । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिमिल्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ । लुम्बिनीको सभापतिमा देवराज पाठक र कर्णालीको सभापतिमा धिरजबहादुर वलीले जिम्मेवारी पाएका छन् । यता सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ ।...
राष्ट्रपति निर्वाचनका लागी भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र

राष्ट्रपति निर्वाचनका लागी भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १६ ।राष्ट्रपति निर्वाचनका लागी भोट माग्दै काग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीलाई पत्र पठाएका छन् । आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागी सभापती देउवाले ओलिलाई भोट मागेका हुन् । सो पत्र सोमबार अपराह्न ओली निवास बालकोटमा नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुझाएका हुन् । अध्यक्ष ओलीले नेपाली काग्रेस बाहेकका दलहरुलाई राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई भोट माग्दै पत्र पठाएका थिए । राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुनेछ । सो निर्वाचनमा एमालेबाट सुवास नेम्वाङ र काग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् । देउवाले पत्रमा पौडेल निर्विवाद र सुयोग्य उम्मेदवार भएको भन्दै उनलाई समर्थन गर्न ओलीसँग आग्रह गरेका छन् ।...
सरकारलाई स्वतन्त्र पार्टीले दिएको समर्थन कायमै

सरकारलाई स्वतन्त्र पार्टीले दिएको समर्थन कायमै

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १५ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । ‘राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने बिषय अझै निर्णयमा नपुगेको रास्वपा केन्द्रीय सदस्य दीपक बोहराले बताए । सरकारलाई हाम्रो समर्थन भने कायमै रहेको र राष्ट्रिपति निर्वाचनमा कस्लाई सघाउँने भनेर सोहि बिषयलाई लिएर बैठकमा छलफल जारि रहेको बोहराले बताए ।...
एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजीनामा बुझाउन जाँदै

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजीनामा बुझाउन जाँदै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,फागुन १५ । नेकपा (एमाले)ले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचनलाई लिएर नेकपा (माओवादी केन्द्र) ले समिकरण बदलेपछि एमालेले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै केहीबेरमा मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामा बुझाउन बालुवाटार जान लागेको श्रोतले बताएको छ । हिजोमात्रै राप्रपापनि सरकारबाट बाहिरिएको हो । कृषिमन्त्री ज्वाला साहले भन्नु भयो ‘हामी पार्टीबाट मन्त्री भएकाहरु सबै जना दलको कार्यालयमा जम्मा भएर केहीबेरमा बालुवाटार जाँदै छौ । हरि उप्रेती बिरामी हुनुहुन्छ, बाँकी सातै जना बालुवाटार पुगेर राजीनामा दिन्छौ ।’ नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री सहभागी थिए ।...