Wednesday, May 20News That Matters

लिम्चुङबुङ डायरी

सरकारले मागे वैदेशिक रोजगार कम्पनीका कर्मचारीको विवरण

सरकारले मागे वैदेशिक रोजगार कम्पनीका कर्मचारीको विवरण

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक ६ गते । सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको सञ्चालक र कर्मचारी बुझाउन निर्देशन जारी गरेको छ । विवरण उपलब्ध गराउन सात दिनको म्याद दिइएको वैदेशिक रोजगार विभागले जनाएको छ । यस अवधि भित्र मागेको विवरण नबुझाए कारोबार बन्द गर्ने चेतावनी विभागले दिएको छ । म्यानपावर कम्पनीलाई निगरानी राख्नका लागि कम्पनी सञ्चालक र कर्मचारीको विस्तृत विवरण माग गरिएको विभागका महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिए । नियमन गर्न सजिलो बनाउनका लागि धरौटी बढाएर म्यानपावरको संख्या विभागले झण्डै आधामा घटाएको छ । ती कम्पनीबाट वैदेशिक रोजगारीमा जाने व्यक्ति अप्ठारोमा नपरून् भनेर कम्पनीको विवरण माग गरिएको विभिगले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ । ...
सरकारसँग वार्ता गर्न चन्द समूहको दुई सर्त

सरकारसँग वार्ता गर्न चन्द समूहको दुई सर्त

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक ५ गते । सरकारसँग बार्ता गर्नका लागि नेत्रविक्रम चन्द नेतृत्वको समूहले दुई वटा सर्त राखेका छन् । चन्द समुहले आफूमाथिको प्रतिवन्ध हटाउनुपर्ने र पक्राउ परेका नेता–कार्यकतालाई निःसर्त रिहा गर्नुपर्ने सर्त राखेका हुन् । चन्द समूहको गत असोजमा सम्पन्न आठौं पूर्ण बैठकले यस्तो निर्णय लिएको हो । ‘सरकारले आफ्नो फाँसीवादी दमनलाई ढाकछोप गर्न ‘वार्ता’को हतियार प्रयोग गरेको चन्द समुहले आरोप लगाएको छ । उक्त बार्ताको सन्दर्भमामा पार्टीले षड्यन्त्रपूर्ण वार्ता प्रचारलाई भण्डाफोर गर्ने तर इमान्दारीका साथ प्रतिवन्ध हटाएर गिरफ्तार कमरेडहरुलाई छोडेर निःसर्त आएमा सकारात्मक रुपले सोच्ने निर्णय लिएको छ ।’ चन्द समूहले उल्लेख गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
सरकारले सिफारिस गरेको धान फलेन

सरकारले सिफारिस गरेको धान फलेन

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक ४ गते ।  कैलाली र कञ्चनपुरका किसानले नेपाल सरकारले सिफारिस गरेको धान रोप्दा बाला समेने लागेको छैन । नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जात (वर्ण शंकर) को धानले बाल समेत लागेन । कैलाली, कञ्चनपुरका किसानले मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै ३ सय ४८ हेक्टर जमिनमा गरिमा जातको धान रोपेका थिए । धान पाक्ने बेलामा पनि बाला नलागेपछि किसानले धोका पाएको महसुस गरेका छन् । उक्त क्षेत्रमा एक लाख २० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा ३ सय ४८ हेक्टरमा लगाएको गरिमा जातको धानले बाल समेत लागेन । कञ्चनपुरमा ५६ दशमलव ८६ हेक्टर र कैलालीमा दुई सय ९१ हेक्टर जमिनमा गरिमा जातको धान रोपिएको थियो । गरिमा जातको धान खेती गरेका कञ्चनपुरका दुई सय २५ किसान र कैलालीका ९ सय ६४ किसान बाला नलागेपछि पीडित बनेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।...
२ दशकदेखि कपडा उद्योग अलपत्र

२ दशकदेखि कपडा उद्योग अलपत्र

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक ३ गते । दुई दशकदेखि चीन सरकारको सहयोगमा स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्र भित्रका हेटौँडा कपडा उद्योग लिमिटेड बन्द छ । तत्कालिन सरकारले आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटा भएपछि उद्योग बन्द गर्ने निर्णय गरेको हो । सुती कपडा उत्पादन गर्ने रोजगारमूलक उद्योग पटक पटक पुनः सञ्चालनको तयारी भए पनि सरकार सफल हुन सकेको छैन । एक हजार चार सय जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यका साथ स्थापना गरिएको उद्योगले बन्द हुँदाको समयमा एक हजार १ सय ५० जनालाई रोजगारी दिँदै आएको थियो । पछिल्लो समय आएर उक्त उद्योग सशस्त्र प्रहरी बलको बेस क्याम्पमा परिणत भएको छ । २०५७ सालमा अर्थ मन्त्रालयबाट बजेट निकासा गरी उद्योगमा कार्यरत कामदार कर्मचारीले पाउने सेवा सुविधा बापतको सम्पूर्ण दायित्व भुक्तानी गरेर बन्द गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।...
शक्तिको आडमा गुपचुप बन्दै जग्गा हिनामिना विषय

शक्तिको आडमा गुपचुप बन्दै जग्गा हिनामिना विषय

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक १ गते । शक्तिको आडमा हिनामिना तथा अतिक्रमणमा परेका सरकारी, सार्वजनिक र गुठी जग्गाको विषय गुपचुप बन्दै गएको छ । प्रभावशाली व्यक्तिको आडमा जग्गा हिनामिनाका विषय गुपचुप बन्दै गएको उच्च स्तरीय भूमि आयोगका सदस्य तथा भूमि सुधारका जानकार बताउँछन् । जग्गा हिनामिनामा प्रभावशाली व्यक्तिहरूको संलग्नता रहने गरेको जानकारहरु बताउँछन् । त्यसैले पछिल्लो समयमा आएर केन्द्रदेखि स्थानीय तहसम्मका जग्गा हिनामिनाको विषय गुपचुप बन्दै गएको पाइएको हो । बालुवाटारको सरकारी जग्गा माफिया र मालपोत कर्मचारीको मिलेमतोमा व्यक्तिगत बनाइएको पुष्टिसँगै सरकारले आयोगमार्फत छानबिन थालको थियो । तर, अपेक्षित रूपमा जग्गा अपचलनका विषय भने छानबिनको घेरामा पर्न सकेको छैन । यो समाचार आजको राजधानी दैनिकमा  छापिएको छ ।...
स्थानीय तहले शिक्षक नियुक्त गर्न नपाउने

स्थानीय तहले शिक्षक नियुक्त गर्न नपाउने

लिम्चुङबुङ डायरी, समाचार
असोज ३० गते । सामुदायिक विद्यालयमा स्थानीय तहले शिक्षक नियुक्त गर्ने अधिकार नभएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । उक्त कुरा उल्लेख गर्दै मन्त्रालयले देशभरका स्थानीय तहलाई बुधबार पत्राचार गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझावका आधारमा मन्त्रालयले शिक्षक नियुक्त नगर्न सवै नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र गाउँपालिकालाई पत्राचार गरेको थियो । मन्त्रालयको यस्तो ‘निर्देशन’ले संविधानले स्थानीय तहलाई दिएको अधिकार कटौती गरेको जनप्रतिनिधिले बताएका छन् । पर्साका जगरनाथ गाउँपालिकाको कार्यालयले राहत शिक्षक र बालविकास केन्द्रमा सहयोगी नियुक्ति विरुद्धमा परेको उजुरीका सम्बन्धमा गरेको निर्णयलाई आधार मान्दै मन्त्रालयले निर्देशन दिएको थियो । आयोगले दिएको सुझावका आधारमा पत्राचार गरिएको मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिएका छन् । कुनै पनि विद्या...
४५ किलो सुन चढाएको तथ्य फेला

४५ किलो सुन चढाएको तथ्य फेला

लिम्चुङबुङ डायरी, समाचार
असोज २९ गते ।  पशुपतिनाथको मन्दिरमा करिब ४५ किलो सुन चढाएको नयाँ तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास कोषले यसअघि एक वर्ष लगाएर तयार गरेको प्रतिवेदनमा ५६ वर्षमा ९ किलो मात्र सुन देखाएको थियो । अहिलेसम्म ९ किलोमात्र पशुपतिनाथमा सुन चढाएको समाचार बाहिर आएपछि सर्वत्र विरोध भएको थियो । त्यस लगतै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजस्ता अध्ययन एवं छानबीन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो ।  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।...
ठेकेदारसँग कार्ययोजना माग्दै मेलम्ची आयोजना

ठेकेदारसँग कार्ययोजना माग्दै मेलम्ची आयोजना

लिम्चुङबुङ डायरी, समाचार
असोज, २८ गते ।  चिनियाँ ठेकेदार कम्पनी सिनो हाईड्रोलाई मेलम्ची खानेपानी आयोजनाले कार्ययोजना माग गरेको छ । बाँकी रहेको मेलम्चीको सुरुङ र मुहान क्षेत्रको काम सम्पन्न गर्नका लागि आयोजनाले कार्ययोजना मागेको हो । आयोजनाले ठेकेदारसँग एक हप्ता भित्र कार्ययोजना पेस गर्न पत्राचार गरेको आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए । ठेकेदारहरूले कार्यक्षेत्र अवलोकन गरिरहेकाले फर्केर आएलगत्तै कार्ययोजना पाउने आशा लिएको उनले बताए । ईटालियन सीएमसी दि रिभेना निर्माण कम्पनीले आयोजनाको काम अधुरो छोडेपछि बाँकी काम पूरा गर्न आयोजनाले नयाँ ठेक्का लगाएको थियो । बाँकीकाम पुरा गर्नका लागि चिनियाँ कम्पनी छनोट भई असोज १२ गते सम्झौतासमेत भइसकेको छ । यो समाचार आजको नेपाल समाचार पत्रमा छापिएको छ ।...
मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाडौँमा अत्याधुनिक आवास

मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाडौँमा अत्याधुनिक आवास

लिम्चुङबुङ डायरी, समाचार
असोज १३ गते । काठमाण्डौँमा प्रदेश प्रमुख र मुख्यमन्त्रिको लागि आवास तथा सम्पर्क कार्यालय बनाउन सरकारले ८५ करोड रुपैयाँ खर्चने भएको छ । विकास निर्माणमा सुस्त देखिएका सरकारले भीआईपीको आवास निर्माणको लागि चुस्त देखिएको हो । प्रधानमन्त्रि केपी शर्मा ओलीले सोमबार शिलान्यास गर्न लागेको मुख्यमन्त्री तथा प्रदेश प्रमुखको आवास तथा सम्पर्क कार्यालय ललितपुरको भैंसेपाटीमा बन्न लागेको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए । सांसद आवासका लागि सैंबुमा छुट्याइएको एक सय ४९ रोपनी ४ आना ३.२८ दाम जग्गामा मन्त्री निवासका साथै राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुखका लागि २७ वटा आवास भवन निर्माण गर्नको लागि सरकारले तीब्रता दिएको छ । उक्त भवन निर्माणका लागि सरकारले १ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि ८५ करोड लागतम...
नेपाललाई जलमार्गकोे बाटो खुल्यो

नेपाललाई जलमार्गकोे बाटो खुल्यो

लिम्चुङबुङ डायरी, समाचार
असोज १२ गते ।  जलमार्गको लागि भारतले नेपाल–भारत वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन समितिको वैठकमा एलओईमा सहमत भएको छ । भारतीय पक्षले गंगा जलमार्गमा नेपाली पानी जहाज चलाउने सम्बन्धी लेटर आफ एक्सचेन्जमा (एलओई)मा पनि सहमति जनाएको स्रोतले जनाएको छ । बैठकमा पारवहन व्यापारका सम्बन्धमा पनि छलफल भएको थियो । एलओईको मस्यौदा नेपालले यसअघि नै भारतलाई बुझाएको थियो । एलओईमा भारतले सहमति जनाएपछि नेपालले जलमार्ग प्रयोगको बाटो खुलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छपिएको छ ।...