Monday, October 12News That Matters

शिक्षा

१२ को परीक्षा तालिका सार्वजनिक

१२ को परीक्षा तालिका सार्वजनिक

शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन २६ आगामी जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । तालिकाअनुसार पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्सलगायतका विषयको परीक्षा हुने छ । फिजिक्स, पोलिटिकल साइन्स, होम साइन्स, होटल म्यानेजमेन्टलगायतका विषयको परीक्षा जेठ २८ गते हुने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको परीक्षा तालिकामा उल्लेख छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको थियो । परीक्षा तालिका...
कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु

शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन २५ कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सुरु हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको हो । परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुनेछ । कोभिड–१९ महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्तसम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको बोर्डले जनाएको छ । यसअघि वैशाखदेखि चैतसम्म शैक्षिक सत्र सञ्चालन हुने गरेको थियो । मन्त्रिपरिषदको बैठकले शिक्षा नियमावली संशोधन गरेर दुई महिना शैक्षिक सत्र थप गर्ने अधिकार मन्त्रालयलाई दिएको थियो ।...
एसइई परीक्षा जेठ १३ देखि सुरु हुने

एसइई परीक्षा जेठ १३ देखि सुरु हुने

शिक्षा, समाचार
पूर्णपुष्टि,फागुन २५ राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई परीक्षाको मिति तय गरेको छ । माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म चल्ने भएको छ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले एसइई परीक्षा जेठ १३ देखि सुरू गर्ने निर्णय भएको बताउनुभएको छ । गत वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो । यस बर्षको परिक्षा विद्यार्थीको भौतिक रूपमा उपस्थित भएर नै हुनेछ ।...
शिक्षकको जिल्लान्तर सरुवा हुने

शिक्षकको जिल्लान्तर सरुवा हुने

शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन १६ एक जिल्लाबाट अर्को जिल्लामा शिक्षकहरुलाई सरुवा हुन बाटो खुला भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार सूचना जारी गर्दै गत पुस २० गतेदेखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरूवा खुला गरिएको जनाएको छ । स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरूवा गर्न सक्ने केन्द्रको सूचनामा उल्लेख छ । शिक्षा विकास तथा समन्वय इकाइले जिल्लान्तर सरुवा भई आउने शिक्षकहरुको विवरण पाक्षिक रुपमा केन्द्रमा अनिवार्य पेश गर्नुपर्ने उल्लेख छ । केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार विभिन्न शर्तहरूको अधीनमा रहेर शिक्षक सरूवा गर्न सकिने व्यवस्था गरिएको छ ।...
असारदेखि नयाँ शैक्षिक सत्र

असारदेखि नयाँ शैक्षिक सत्र

शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन १६ आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । ढिलो गरी विद्यालय खुलेसँगै चालु शैक्षिक सत्र लम्बिने भएपछि आउँदो शैक्षिक सत्र पनि ढिलो गरी सुरु हुने भएको हो । नयाँ शैक्षिक सत्रको पठनपाठन र परीक्षा साविकमा झैँ चैत मसान्तसम्ममा सम्पन्न गर्ने गरी विद्यालयले शैक्षिक कार्यतालिका बनाएर कार्यान्वयनमा लैजान सरकारले आग्रह गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक सूचना निकालेर कोरोना महामारीका कारण शैक्षिक सत्र २०७७ को विद्यालय तहका पठनपाठन आउँदो वैशाख मसान्तसम्ममा सकेर सबै तहका परीक्षा जेठ मसान्तसम्ममा गर्न पनि निर्देशन दिएको छ । कोरोनाका कारण विद्यालयबाट स्थानान्तरण हुनु परेका विद्यार्थीलाई स्थानान्तरण भएर आउन चाहेको ठाउँको विद्यालयमा ब्यहोरासहित निवेदन दिन केन्द्रले आग्रह गरेको छ ।  ...
चिनद्धरा दरबार हाइस्कुललाई शैक्षिक सामग्री प्रदान

चिनद्धरा दरबार हाइस्कुललाई शैक्षिक सामग्री प्रदान

शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन १४  काठमाडौंको दरबार हाइस्कुललाई चीन सरकारले शैक्षिक सामग्री प्रदान गराएको छ । चिनियाँ नयाँ वर्षको उपलक्षमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट स्टेशनरी सामग्री, खेलकुद सामग्री, स्वास्थ्य सामग्री, ड्रेस सहयोग गरेको हो । शुक्रबार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गरेकी हुन् । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारले आफैंले पुनर्निर्माण गरेको विद्यालयमा चिनियाँ नयाँ वर्षको उपलक्षमा खेलकुद, स्वास्थ्य सामग्री, स्टेसनरी तथा ड्रेस सहयोग गरेको बताउनुभयो ।...
दश लोक कथा लोकार्पण

दश लोक कथा लोकार्पण

शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन १४ दक्षिण एसिया फाउन्डेसनले दशवटा लोक कथाका चित्रपुस्तकलाई अर्चुअल माध्यमबाट लोकार्पण गरेको छ । समुदायमा रहेका लोककथाहरूलाई विभिन्न सर्जकहरूद्वारा सङ्कलन गरि बालबालिकाको पठन मैत्री चित्रपुस्तकहरू तयार गरी सोमबार लोकार्पण गरिएको हो । कोरोना भाईरसको कारण भर्चुअल रूपमै लोककथा संकलन कार्यशाला भएको थियो भने भर्चुुअल रूपमै लोक कथाको लोकार्पण कार्यक्रम गर्नु परेको कार्यक्रमका संयोजक अनुराधाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो नयाँ अनुभव भयो । कार्यशालादेखि डिजिटल पुस्तक प्रकाशनसम्म भर्चुअल रूपमा नै गरियो । यो सफलताले उत्साहित तुल्याएको छ ।” फाउन्डेसनको लेट्स रिड एउटा डिजिटल पुस्तकालय हो । यसमा धेरै भाषा र देशका विभिन्न बालपुस्तकहरू पढ्न पाइन्छन् । बालबालिकाले आफ्नै भाषा, परिवेश, विषय र पात्रहरू भएका सिर्जना गरिएको छ । लोकार्पित दश लोककथाका बालपुस्तक पनि एकै पटक विश्व...
एसईई परीक्षा जेठ तेस्रो साता

एसईई परीक्षा जेठ तेस्रो साता

शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन १२ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ तेस्रो साता र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा अन्तिम साता लिने गरी आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो । चैतभित्र औपचारिक परीक्षाको कार्यतालिकाबारे औपचारिक रूपमा निर्णय गरिने बोर्डले जनाएको छ । अहिले दुवै तहको परीक्षाका लागि विभिन्न चरणको काम भईरहेकाले तयारी कार्यान्वयन हुन सके विद्यार्थीको शैक्षिक सत्रमा दुई÷तीन महिनाको हाराहारीमा मात्र क्षति हुनेछ । विगतका वर्षमा चैतमा एसईई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरिएको थियो । एसईईका लागि देशभरका विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने म्याद फागुन ६ गते सकिएको छ । अहिले जिल्ला–जिल्लामा विद्यार्थीको अभिलेखीकरण गर्ने कार्य भइरहेको...
परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक विद्यार्थीको परीक्षा रद्द

परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक विद्यार्थीको परीक्षा रद्द

शिक्षा, समाचार
पूर्णपुष्टि,फागुन ६ परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक विद्यार्थीको परीक्षा रद्द भएको छ । दैलेखको कालीका मा.वि.सिंहासैनबाट कक्षा १२ को  परीक्षा दिएका रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गएको मंसिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई पनि बोर्डले ३ वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।...
विद्यालयमा ‘जंक फुड’ निषेध : ६० प्रकारका ‘मेनु’ सार्वजनिक

विद्यालयमा ‘जंक फुड’ निषेध : ६० प्रकारका ‘मेनु’ सार्वजनिक

शिक्षा, समाचार
पूर्णपुष्टि,फागुन ४ बालबालिकाहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ । ‘जंक फुड’ खानाले बालबालिकाको शारिरीक तथा मानसिक स्वास्थ्यमा नकारात्मक समस्या पर्ने भएकाले केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जंक फुड’ खुवाउन निषेध गरिएको छ । सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि रु ७ अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयमा पठाइसकेको कार्यक्रममा जानकारी दिएको छ । सोअन्तर्गत देशभरिका २९ लाख ४० हजार ७ सय ८९ विद्यार्थ...