स्रोत अभावमै समता स्कुलको भवन निर्माण सुरु
पूर्णपुष्टि, माघ १६
गाईघाटमा लामो समय देखि भाडामा संञ्चालन रहेको समता स्कुलले आफ्नै भवन नर्माण सुरु गरेको छ । हाल ४ क्लास सम्म पठन पाठन गराईरहेको स्कलले यो बर्षको शैक्षिकसत्र देखि आफ्नै भवनमा विद्यार्थीहरुलाई अध्यापन गराउने जमर्काे गरेका छन् । विद्यालयले १५ कोठे बराबरको भवन निर्माण गर्न लागेको छ ।
समयमै भवन निर्माण भएमा यसै बर्षबाट आफ्नै भवनमा पठनपाठन सुरु गर्ने समता स्कुलकी प्रिन्सिपल लक्ष्मी राईल बताईन् ।
लामो समय देखि भाडा लिएर विद्यार्थीहरुलाई पढाईरहेको भन्दै आफ्नो भवन नहँदा विद्यार्थी व्यवस्थापनमा निकै समस्या परेको राईले बताईन् । आफ्नै भवन निर्माण तयार गरेपछि क्लासहरु थप गर्न सहज हुने र कक्षा ५ समेत भवनमै संञ्चालन गर्ने राईले बताईन् ।त्रियुगा नगरपालिका ११ शिवालय टोल स्थित समताको भवन निर्माण कार्य सुरु भएको छ । हाल विद्यार्थीहरुलाई अरुको घरमा कोठा भाडामा पढाईरहेको समताले आर्थि...









