क्यान्सरपीडित बिन्दा थापा (मल्ल) को उपचारका लागि आर्थिक सहयोग अभियान जारी
पूर्णपुष्टि सम्बाददाता उदयपुर । त्रियुगा माध्यमिक विद्यालय, गाईघाटका स्वर्गीय शिक्षक श्याम मल्ल ठकुरीकी धर्मपत्नी बिन्दा थापा ( (मल्ल) को उपचारका लागि आर्थिक सहयोग अभियान जारी रहेको छ ।
लामो समयदेखि क्यान्सर, थाइराइड, मधुमेह, उच्च रक्तचाप, मुटु तथा खुट्टासम्बन्धी समस्याबाट पीडित थापा हाल निरन्तर उपचाररत रहनुभएको छ । उहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सञ्चाकर्मी कुमार अविरलको पहलमा आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग संकलन भइरहेको छ ।
हालसम्म अमेरिकामा रहेका सुमित कुमार चौहानले करिब १० हजार रुपैयाँ बराबरको एक थान ह्विलचेयर उपलब्ध गराउनुभएको छ । त्यसैगरी ब्रह्मकुमार अविरलकुमार पोखरेल, विश्वराज राई, हेमन्त कोइराला, अञ्जना शिवाकोटी, बिमल श्रेष्ठ, प्रकाश खड्का, किशन गुप्ता, बिमला राई, पावर बिस्ट फिटनेस गाईघाटका सञ्चालक दिलिप चौधरीलगायत विभिन्न सहयोगीहरूले नगद सहयोग प्रदान गरेको अभियानका ...








