Sunday, August 30News That Matters

संसार

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआईको छापा

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआईको छापा

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, साउन २४ अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नो निवासमा एफबीआईले छापा मारेको एक समाचारमा जनाइएको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो बयानमा ठूलो संख्यामा एफबीआईका एजेन्टहरू आएर आफ्नो निवासमा छापा मारेको बताएको जनाएका छन् ।पूर्व राष्टपति ट्रम्पले फ्लोरिडाको मार ए लागो रिसोर्टमा एफबिआइका एजेन्टहरु आएर छापा मारेको जनाएको समाचारमा उल्लेख गरिएको छ । उनीहरुले उहाँको त्यहाँस्थित घरलाई नै नियन्त्रणमा लिएका छन् । एफबीआईको यो छापा उहाँ अमेरिकाको राष्ट्रपति हुँदा गरेका कतिपय कार्यहरुका बारेमा अनुसन्धान गर्न सरकारी कागजातहरू नियन्त्रणमा लिनका लागि गरिएको बताइएको छ ।साथै गत वर्ष अमेरिकी संसद भवनमा भएको हिंसाको पनि अनुसन्धान थालिएकोले त्यस विषयका लागि पनि यो छापामा मारिएको अनुमान गरिएको छ ।   यस विषयमा...
हरिणको आक्रमणबाट वृद्धाको मृत्यु

हरिणको आक्रमणबाट वृद्धाको मृत्यु

Breaking News 3, संसार
काठमाण्डौँ, साउन २४ महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जादाँ आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो । (रासस)...
क्याथे प्यासिफिक एयरवेजले हङ्कङ–काठमाण्डौँ उडान भर्ने

क्याथे प्यासिफिक एयरवेजले हङ्कङ–काठमाण्डौँ उडान भर्ने

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, साउन २१ हङ्कङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङ्कङ–काठमाडौँ–हङ्कङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५ (अक्टोबर १ तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी रहेको छ । एयरवेजले दिउँसोको समयमा स्लट मागेको छ । प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुङ्गो लागि नसकेको प्रवक्ता निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “क्योथे प्यासिफिक एयरवेजले अक्टोबर १ देखि नियमित उडान गर्ने भनेको हो तर, स्लट मिलिसकेको छैन । एयरवेजले दिउँसो १२ देखि १ बजेपछिको समय मागेको छ, हामी (प्राधिकरण) ले राति ८ बजेपछिको समय दिने भनेका छौँ, एयरव...
जब अग्निनियन्त्रकका छोराछोरी आगोमा बिलाए …

जब अग्निनियन्त्रकका छोराछोरी आगोमा बिलाए …

Breaking News 2, समाचार, संसार
काठमाण्डौँ, साउन २१ नेस्कोपेक सहरका स्वयंसेवी अग्निनियन्त्रक ह्यारोल्ड बेकर शुक्रबार बिहानै गर्मी बिदामा पौडी खेल्ने र मनोरञ्जन गर्ने चाहनाले काकाको घरमा बसेका आफ्ना दुई सन्तान भेट्न व्याकुल थिए । दन्दनी दन्केको आगोको ज्वालाले सहरको एउटा घरलाई खरानीमा परिणत गरिरहेको थियो । बेकरले आगो निभाउने ‘होस पाइप’ च्याप्प समातेर आगोमा पानीको फोहोरा सोझ्याए ।अवर्णनीय पीडा र हतास श्वरमा उनले आफ्नो छोरालाई बोलाए तर जवाफ आएन । बल्ल अग्निनियन्त्रण कार्यालयका प्रमुखले भेउ पाए जलिरहेको घर कसको हो । सहकर्मी अग्निनियन्त्रकहरूले बेकरको हातबाट ‘होस पाइप’ फिर्ता लिए । र, उनलाई कार्यालयमा फर्काए । आफ्नै परिवारका सदस्य र आफन्तसहित दश जनालाई गुमाएका बेकरले आगो निभाएर मुनाजस्ता आफ्ना दुईसन्तान (एक छोरा, एक छोरी) सम्म पुग्न चाहेको बताएका छन् । आगोले उनीहरूको प्राणपखेरू मात्र लिएन उनको छोराछोरी भेट्ने चाहना अधुरै...
परराष्ट्रमन्त्री डा. खड्का चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री डा. खड्का चीन भ्रमणमा जाँदै

Breaking News 3, राजनीति, समाचार, संसार
काठमाण्डौँ, साउन २० परराष्ट्रमन्त्री डा नारायण खड्काले यही साउन २४ देखि २६ अगस्ट ९ देखि ११ गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्नुहुने भएको छ । उहाँले चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा त्यहाँको भ्रमण गर्न लाग्नुभएको मन्त्रालयले आज जनाएको हो ।दुबै मन्त्रीहरूले १० अगस्टमा चीनको चिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्नुहुनेछ । मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी ११ अगस्टमा काठमाडौँ फर्कनुहुने मन्त्रालयले जनाएको छ । (रासस)...
काङ्ग्रेसका पार्टी अध्यक्ष गान्धी पक्राउ

काङ्ग्रेसका पार्टी अध्यक्ष गान्धी पक्राउ

Breaking News 3, राजनीति, समाचार, संसार
काठमाण्डौँ, साउन १० नेशनल हेराल्ड मुद्दामा पार्टी अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण,विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी) ले सोधपुछ गरेको विरोधमा धर्ना बसेका काङ्ग्रेस नेता राहुल गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । धर्नास्थल विजयचोकबाट पार्टीका सांसद, नेता तथा कार्यकर्ता राष्ट्रपति भवनतर्फ प्रस्थान गर्ने तयारी गरिरहेका बेला उनलाई हिरासतमा लिइएको हो । नेता गान्धीसहित अन्यलाई पनि नियन्त्रणमा लिएर पार्लियामेन्ट स्ट्रिटस्थित प्रहरी कार्यालयमा राखिएको छ । इडीले शक्तिको दुरूपयोग गरी विपक्षी दलकी नेत्री गान्धीलाई दुःख दिएकामा काङ्ग्रेसका कार्यकर्ताले देशव्यापीरूपमा विरोध प्रदर्शन गरिरहेका छन् । “बढ्दो महँगो र बेरोजगारीका बारेमा संसद्मा बोल्न पाइदैन, सडकमा धर्ना बस्दा प्रहरीले गिरफ्तार गर्छ,” प्रहरी हिरासतमा परेपछि राहु...
सेल्फी खिच्ने क्रममा दुई युवकको मृत्यु

सेल्फी खिच्ने क्रममा दुई युवकको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाण्डौ, साउन ८ खैबर पख्तुनख्वाको स्वात जिल्लामा सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दुई युवकको मृत्यु भएको छ । घुमफिरको क्रममा स्वातको अलिदाद जहाँगिर गाउँमा अवस्थित रमणीय झरनामा पुगेका तीन जना युवकमध्ये २७ वर्षीय सनाउल्लाह झरना नजिकैको भीरमा उभिएर सेल्फी खिचिरहेका बेला चिप्लिएर लडेका तथा उनका २२ वर्षीय साथी अदनानले उनलाई बचाउन खोज्दा अदनान पनि चिप्लिएर पोखरीमा बजारिँदा दुवैजनाको घटनास्थलमा मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै समाचारपत्र डनले जनाएको छ । उनीहरू दुई सय फिटको उचाइबाट खसेका थिए । दुर्घटनाका साक्षी उमरले नजिकैको गाउँमा पुगेर घटनाबारे स्थानीयलाई जानकारी दिएका थिए । (रासस)...
अज्ञात समूहद्वारा एकै परिवारका पाँच जनाको हत्या

अज्ञात समूहद्वारा एकै परिवारका पाँच जनाको हत्या

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, असार ८ मध्य नाइजेरियाकोमा अज्ञात समूहले एकै परिवारका पाँच जनाको वीभत्स हत्या गरेको छ । बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनामा मारिएका सबै फुसा समुदायका सदस्य भएका जनाउँदै प्रहरीले सन्दिग्ध अपराधीहरूको खोजी भइरहेको बताएको छ । सर्वाधिक जनसङ्ख्या भएको नाइजेरिया शृङ्खलाबद्ध सशस्त्र आक्रमणको शिकार बनेको छ । यो वर्ष धेरै सर्वसाधारण र सुरक्षाकर्मी त्यस्ता आक्रमणमा मारिएका छन् । (रासस)...
उत्तर प्रदेशमा ट्रकले तीर्थयात्रीलाई किच्दा छ जनाको मृत्यु

उत्तर प्रदेशमा ट्रकले तीर्थयात्रीलाई किच्दा छ जनाको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, असार ७ हरिद्वारबाट भोपाल गइरहेको कन्वर यात्राका तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ । शनिबार बिहान उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा हुँइकिएको ट्रकले ठक्कर दिँदा उनीहरूको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ । घटना आज बिहान भएको हो । पाँच जनाको घटनास्थलमा अर्कोे एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । हरिद्वारबाट ग्वालियर गइरहेका उनीहरूलाई ट्रकले ठक्कर दिएको हो । ट्रकका चालक फरार रहेका र निजको खोजी भइरहेको छ । ‘कन्वर यात्रा’ भगवान् शिवका भक्तहरूद्वारा गरिने वार्षिक तीर्थयात्रा हो । कन्वर यात्रीहरू हरिद्वार, गौमुख र गङ्गोत्री र बिहारको सुल्तानगञ्जबाट गङ्गाजल ल्याएर भगवान् शिवलाई चढाउँछन् । कोभिड–१९ का कारण बन्द भएको कन्वर यात्रा दुई वर्षपछि शुरु भएको छ । तीर्थयात्रामा कुनै अप्रिय घटना हुन नदिन विभिन्न क्षेत्रका प्रशासन...
विश्वका छपन्न करोड छयासी लाख छयानब्बे हजारमा कारोना

विश्वका छपन्न करोड छयासी लाख छयानब्बे हजारमा कारोना

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, असार ७ जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड(१९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ । आज प्रकाशित विवरणअनुसार विश्वमा कोरोनाबाट सङ्क्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ । अमेरिका ९०,३५८,९८८ भारत ४३,८४७,०६५ फ्रान्स ३३,६२१,३१० ब्राजिल ३३,५५५,५२६ जर्मनी ३०,२३९,१२२ बेलायत २३,४२२,७११ इटाली २०,५३९,०१६ दक्षिण कोरिया १९,०७७,६५९ रूस १८, २४७, ७७० (रासस)...