Friday, May 22News That Matters

संसार

विश्वमा साढे १ करोड भन्दा बढी कोरोना सङक्रमण मुक्त

विश्वमा साढे १ करोड भन्दा बढी कोरोना सङक्रमण मुक्त

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १० विश्वमा एक करोड ६६ लाख जना उपचारपछि कोरोना मृक्त भएका छन् । विश्वमा दुई करोड ४० लाख ४१ हजार भन्दा बढीमा सङक्रमण पुष्टि भएका मध्ये एक करोड ६५ लाख ९० हजार जना उपचारपछि निको भएको वल्डोमिटरले जनाएको छ । उक्त संक्रमितमध्ये विश्वमा आठ लाख २२ हजार चार सय जनाको मृत्यु भएको जनाईएको छ । सबैभन्दा बढी अमेरिकामा ५९ लाख २४ हजार जनामा सङक्रमण पुष्टि भएको छ भने ३२ लाख ५१ हजार जना उपचारपछि निको भएका छन् । उक्त संक्रमित मध्ये एक लाख ८२ हजार भन्दा बढीको मृत्यु भएको जनाईएको छ । छिमेकी देश भारतमा अहिलेसम्म ३२ लाख ३१ हजारमा कोरोना सङक्रमण पुष्टि भएको छ भने ५९ हजार ६ सय जनाको मृत्यु भईसकेको छ ।...
आगामी चुनावमा धाँधली हुन सक्ने : ट्रम्प

आगामी चुनावमा धाँधली हुन सक्ने : ट्रम्प

समाचार, संसार
पूर्णपुष्टि, भदौ ९ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुन लागेको चुनावमा धाँधली हुने बताएका छन् । रिपब्लिकन दलको राष्ट्रिय भेलामा उनले विपक्षी डेमोक्र्याटहरु चुनाव धाँधली गर्न लागिपरेको  दाबी गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । रिपब्लिकन दलले दोस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बन्न स्वीकृति दिए लगत्तै ट्रम्पले यस्तो आरोप लगाएको हो । उनले इमेलबाट गरिने मतदानलाई डेमोक्र्याटहरुले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप लगाएको छ । त्यसको कुनै प्रमाण नदेखाएको र उल्लेख नगरेको संचारमाध्यमहरुले जनाएको छ । यस अघि धेरै राष्ट्रपतिको दोश्रो जित सहज देखिए पनि ट्रम्पलाई निकै मुस्किल देखिएको जनाईएको छ । अमेरिकामा भइरहेका मत सर्वेक्षणमा ट्रम्प बाइडनभन्दा पछि देखिएको छ । डोमोक्र्याटका जो बाइडन यसपटक मत सर्वेक्षणमा अघि देखिएको छ । पछिल्लो समयमा ट्रम...
महाराष्ट्रमा भवन भत्किँदा ९० जना पुरिए

महाराष्ट्रमा भवन भत्किँदा ९० जना पुरिए

समाचार, संसार
पूर्णपुष्टि, भदौ ९ भारतमा पाँच तले भवन भत्किदा करिब ९० पुरिएका छन् । हिजो बेलुकी महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पुरिएकामध्ये ८ जनाको अस्पतालमा उपचार भइरहेको जनाईएको छ । एक जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अहिले पुरिएकाहरुको उद्धारको काम चलिरहेको  जनाईएको छ ।
भारतीय राष्ट्रिय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया

भारतीय राष्ट्रिय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया

समाचार, संसार
पूर्णपुष्टि, भदौ ९ भारतको प्रमुख प्रतिपक्षी दल राष्ट्रिय कांग्रेस अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको छ । पार्टी पूर्णकालिन नेतृत्वको आवश्यकता रहेको आवाज उठेपछि बोलाइएको केन्द्रीय समितिको बैठकले नेतृत्वको बारेमा निर्णय गर्न नसकेको जनाएको छ । निर्णय गर्न नसकेकाले किरब एक वर्षका लागि अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । तत्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि कांग्रेस अहिले अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा चल्दै आएको छ । तर अन्तरिम अध्यक्ष गान्धीसहितका धेरै नेताहरुले नयाँ अध्यक्ष चयन गर्नु पर्नेमा जोड दिए पनि पार्टीले निर्णय गर्न नसकेको जनाएको छ । हिजो बेलुकीसम्म चलेको केन्द्रीय समितिको बैठकमा नयाँ नेतृत्वका बारेमा छलफल भए पनि चयन गर्न नसकेकाले अर्को अध्यक्ष चयन नहुञ्जेलसम्मका लागि गान्धीले नै अन्तरिम अध्यक्षको र...
कोरोना संक्रमणबाट विश्वका १० देशमात्र सुरक्षित

कोरोना संक्रमणबाट विश्वका १० देशमात्र सुरक्षित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ८ विश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट अहिले १० वटा देश मात्र सुरक्षित रहेको छ । गत  डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका दुई सय १३ देशमा फैलिसकेको छ । अहिलेसम्म माइक्रोनेशिया, मार्शल आइल्याण्ड, नाउरु, किरिबाती, सोलोमन आइल्याण्ड, तुवालु, समोआ, भानुअतु र टोङ्गा देशमा कोरोना नदेखिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । अहिलेसम्म विश्वमा २ करोड ३१ लाख ४१ हजार १ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुदा ८ लाखभन्दा बढी मानिसको मृत्यु भईसकेको छ ।...
अमेरिकामा प्लाज्मा थेरोपीमाबाट उपचार गर्न अनुमति

अमेरिकामा प्लाज्मा थेरोपीमाबाट उपचार गर्न अनुमति

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ८ अमेरिकाले प्लाज्मा थेरापीमार्फत कोरोना सङ्क्रमितको उपचार गर्न अनुमति दिएको छ । सङ्क्रमित बिरामीलाई प्लाज्मा थेरापीमार्फत उपचार गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सङ्क्रमितको उपचारका लागि प्लाज्मा थेरापीको प्रयोग महत्वपूर्ण हुने र यसबाट धेरैको ज्यान बचाउन सक्ने जनाईएको छ । प्लाज्मा थेरापीमार्फत मृत्युदर ३५ प्रतिशतसम्म घटाउन सकिने जनाईएको छ । अमेरिकामा अहिलेसम्म ५८ लाख ७४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित छन् भने एक लाख ८० हजारभन्दा धेरैको मृत्यु भएको छ । विश्वमा अहिलेसम्म दुई करोड ३५ लाख ७७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भईसकेको छ । एक करोड ६० लाख ७५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने ८ लाख १२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।...
च्याम्पियन्स लिगको उपाधी बायर्न म्युनिखलाई

च्याम्पियन्स लिगको उपाधी बायर्न म्युनिखलाई

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ ८ युरोपियन च्याम्पियन्स लिगको उपाधि जर्मन च्याम्पियन बायर्न म्युनिखले हात पारेको छ । फ्रेन्च च्याम्पियनलाई १–० गोलले पछि पार्दै बायर्नले छैठौं पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको हो । बायर्नको जितमा कोमनको एक मात्र गोल निर्णायक बनेको थियो । यसका साथै बायर्नले धेरै पटक यो प्रतियोगिताको उपाधि जित्ने सूचीमा लिभरपुलसँग बराबरी गरेको छ । युरोपियन च्याम्पियन हुने योजनाका साथ नौ वर्षमा १.२ बिलियन यूरो खर्च गरेको पीएसजीले च्याम्पियन्स लिगको उपाधि उचाल्न अझै कुर्नुपर्ने भएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा बायर्नले अग्रता बनायो । उसका लागि किंग्स्ले कोमनले हेडरबाट गोल गर्न सफल भए । उनको त्यो गोल च्याम्पियन्स लिगमा बायर्नको पाँच सयौँ गोल थियो । च्याम्पियन्स लिगमा पाँच सय गोल गर्ने बायर्न तेस्रो टिम बनेको छ । बायर्नभन्दा अगाडि बार्सिलोना र ...
विश्वका ३८ देशमा ३४ हजारभन्दा बढी नेपाली कोरोना संक्रमित

विश्वका ३८ देशमा ३४ हजारभन्दा बढी नेपाली कोरोना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ७ खाडी र मलेसियासहित विश्वका ३८ देशमा कार्यरत ३४ हजारभन्दा बढी नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार साँझसम्म विश्वका ३८ देशमा कार्यरत ३४ हजार तीन सय एक जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ । सङ्क्रमितमध्ये ३२ हजार दुई सय ५३ जना नेपाली उपचारपछि निको भएको समितिले जनाएको छ । विदेशका १६ देशमा १ सय ९२ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको जनाईएको छ । गत साता लग्जम्र्वमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म विश्वका विभिन्न देशमा एक सय ९२ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भईसकेको जनाईएको छ । अहिलेसम्म कोरोना भाइरसबाट बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको मृत्यु भएक...
अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयको विरुद्धमा कम्पनी

अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयको विरुद्धमा कम्पनी

समाचार, संसार
पूर्णपुष्टि, भदौ ७ अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयको विरोधमा कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ । टिकटकको मुख्य कम्पनी बाइटडान्ससँगको कारोबारमा रोक लगाउने र टिकटकलाई प्रतिबन्ध लगाउने अमेरिकी सरकारको कार्यकारी आदेशविरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारी भैरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । टिकटकले कुन अदालतमा मुद्दा हाल्न लागेको हो भन्ने प्रष्ट भएको छैन । टिकटकले यसै हप्ता नै अदालतमा अपिल दर्ता गर्ने जनाईएको छ । गत अगष्ट ११ मा अमेरिकी राष्ट्रपति ट्रम्पले कार्यकारी आदेश जारी गर्दै चिनियाँ कम्पनी बाइट डान्सलाई उसको टिकटक एपको अमेरिकामा रहेको व्यवसाय अमेरिकी कम्पनीलाई बिक्री गर्न ९० दिनको समयसीमा दिएका थिए । यो आदेशसँगै बाइट डान्सले अमेरिकामा टिकटक बिक्रीका लागि माइक्रोसफ्ट तथा ओरेकल लगायतका कम्पनीहरुसँग छलफल अगाडि बढ...
बालबालिकालाई माक्स अनिर्वाय

बालबालिकालाई माक्स अनिर्वाय

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ७ विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले १२ वर्षमाथिका बालबालिकाबाट कोरोना भाइरस फैलन सक्ने भन्दै मास्क लगाउनुपर्ने नियम जारी गरेको छ । १२ वर्षभन्दा माथिका बालबालिका तथा किशोरकिशोरीले वयस्क व्यक्तिले जस्तै मास्क लगाउनु पर्ने डब्ल्यूएचओले जनाएको छ । यसअघि किशोर अवस्थाका व्यक्ति कोरोना भाइरसको संक्रमण कम फैलने देखिए पनि अहिले किशोर अवस्थाका व्यक्तिबाट वयस्कबाट जस्तै संक्रमण फैलने पाइएकाले मास्क अनिवार्य लगाउन गर्न डब्ल्युएचओले सुझाव दिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । डब्ल्यूएचओले ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाउन र ६ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन भनेको छ । कोरोना भाइरसका कारण विश्वमा दुई करोड ३३ लाख ८० हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् भने आठ लाख नौ हजार जनाको मृत्यु भईसकेको छ ।...