अमेरिकाको उपराष्ट्रपति पदमा डेमोक्र्याटिक पार्टीकी ह्यारिस उम्मेदवार
पूर्णपुष्टि, साउन २८
अमेरिकाको राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गर्नुभएको छ ।
ह्यारिस उपराष्ट्रपति पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियाली–अमेरिकी हुनुहुन्छ । उहाँको आमाको जन्म भारतमा भएको थियो । क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उहाँ रङ्गभेदविरुद्धको अभियानमा पनि हुनुहुन्थ्यो ।
आगामी नोभेम्बर ३ तारिखमा हुने चुनावमा बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । ह्यारिसले ट्रम्पका उपराष्ट्रपतिका उम्मेदवार वर्तमान उपराष्ट्रपति माइक पेन्ससँग अक्टोबर ७ तारिखमा सल्ट लेक सिटी, युटामा बहस गर्ने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
अमेरिकामा अहिलेसम्म दुई जना महिला मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेका छन् । सन् २००८ मा रिपब्लिकन पार्टीका तर्...









