Friday, May 22News That Matters

संसार

कोरोना संक्रमितको संख्या विश्वमा ८१ लाख नाघ्यो

कोरोना संक्रमितको संख्या विश्वमा ८१ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार २ गते ।  विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ८्र१ लख नाघेको छ । विश्वका २ सय १३ देश र २ वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना फैलिदा अहिलेसम्म ८१ लाख १३ हजार ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त संक्रमितमध्ये ४२ लाख १३ हजार ६ सय ३ जना उपचारपछि निको भएका छन् भने ४ लाख ३९ हजार ८५ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । भारतमा लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमित र मृत्यु हुनेको संख्या करिब दोब्बरले बढेको छ । अहिले भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार नाघेको छ ।...
विश्वमा कोरोना संक्रमितको संख्या ८० लाख बढी

विश्वमा कोरोना संक्रमितको संख्या ८० लाख बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १ गते ।  विश्वका विभिन्न देशमा कोरोनाबाट ८० लाख भन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामै विश्वमा १ लाख २३ हजार ६ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म विश्वमा ४१ लाख ३३ हजार ८ सय ८० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने ४ लाख ३५ हजार ८ सय ४० जनाको मृत्यु भएको छ । अमेरिकामा २१ लाख ६२ हजार २ सय २८ जना संक्रमित भएका छन् । उक्र संक्रमित मध्ये ८ लाख ७० हजार ५० जना उपचार पछि निको भएका छन् भने एक लाख १७ हजार ८ सय ५८ जनाको मृत्यु भएको छ । यस्तै ब्राजिलमा ८ लाख ६७ हजार ८ सय ८२ जना संक्रमित भएका छन् । उक्त संक्रमितमध्ये ४ लाख ५३ हजार ५ सय ६८ जना उपचारपछि निको भएका छन् भने ४३ हजार ३ सय ८९ जनाको मृत्यु भएको छ । यसैगरी रुसमा ५ लाख ३७ हजार २ सय १० जना संक्रमित भएका छन् । उक्त संक्रमित मध्ये २ लाख ४५ हजार ५ सय ८० जना उपचारपछि निको भएका छन् भने ७ ...
एकै दिन १ लाख २१ हजार भन्दा बढी कोरोना संक्रमित थपिए

एकै दिन १ लाख २१ हजार भन्दा बढी कोरोना संक्रमित थपिए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १ गते । विश्वभरका विभिन्न देशमा एकै दिन १ लाख २१ हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ५ सय ९० जना नयाँ संक्रमित पुष्टि भएका वल्र्डओमिटरले जनाएको छ । अमेरिकामा मात्रै १९ हजार २ सय २३ जना नयाँ संक्रमित थपिएका छन् भने ब्राजिलमा १७ हजार ८६ जना थपिएको जनाईएको छ  । यस्तै रुसमा ८ हजार ८ सय ३५ जना संक्रमित थपिएका छन्  भने भारतमा ११ हजार ३ सय ८२ जना सङ्क्रमित थपिएका छन् । यो सँगै विश्वभरका विभिन्न देशमा अहिलेसम्म ७९ लाख ८२ हजार १ सय १४ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने ४१ लाख भन्दा धेरै उपचार पछि निको भएका छन् । कोरोनाका कारण ४ लाख ३५ हजार १ सय ६२ जनाको मृत्यु भएको छ ।...
पहिलो चरणमा मलेसियाबाट ३१ सय ७५ जना नेपाली स्वदेश आउने

पहिलो चरणमा मलेसियाबाट ३१ सय ७५ जना नेपाली स्वदेश आउने

समाचार, संसार
पूर्णपुष्टि, जेठ ३२ गते ।  पहिलो चरणमा मलेसियाबाट ३१ सय ७५ जना नेपालीलाई स्वदेश फर्काइने भएको छ । असार २, ४, ६ र ७ गते हुने चार्टर्ड उडानमार्फत फर्कने ३१ सय ७५ नेपालीको नामावली मलेसियामा रहेको नेपाली दूतावासले सार्वजनिक गरेको हो । सरकारले तोकेको प्राथमिकता अनुसार दूतावासले सुत्केरी, गर्भवती, बिरामी, सिकिस्त बिरामी परेका पुरुष, अध्ययनका लागि रहेका विद्यार्थी, व्यापारिक तथा पर्यटक भिसामा रहेकाहरु, रोजगारी भिसामा रही भिसा अवधि सकिएका, कोरोनाको कारण रोजगारी गुमाएका, सामान्य रुपमा बिरामी भएको पुरुषहरु, आफन्तको मृत्यु भइ घर फर्कन पर्नेहरु, घर फर्कन चेक आउट मेमो र टिकट लिएर अलपत्र परेका रोजगारी भिसामा रहेका र कम्पनीबाट रोजगारीसहित लामो बिदाको सुविधा पाएकाहरु रहेका छन् । सरकारले विदेशबाट घर फर्कने नेपालीले कोरोना जाँचको रिपोर्ट नेगेटिभआएको प्रमाणपत्र साथमा राख्नुपर्छ । मलेसियाबाट चार्...
विदेशमा रहेका १७ हजार ७ सय भन्दा बढी नेपाली संक्रमित

विदेशमा रहेका १७ हजार ७ सय भन्दा बढी नेपाली संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३२ गते । कोरोना भाइरस संक्रमणले विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । विश्वका विभिन्न देशमा करिब ८ साता लगातार कोरोना संक्रमणबाट नेपालीहरुले मृत्यु भएको थियो । तर यो साता भने संक्रमणबाट कुनै नेपालीले मृत्यु नभएको एनआरएनएले जनाएको छ । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएको एनआरएनए स्वास्थ्य समितिले जनाएको छ । समितका अनुसार यो साता विदेशमा ९ हजार भन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।...
एट्लान्टा प्रहरी प्रमुखले दिए राजीनामा

एट्लान्टा प्रहरी प्रमुखले दिए राजीनामा

समाचार, संसार
पूर्णपुष्टि, जेठ ३२ गते ।  प्रहरीले चलाएको गोली लागी कालो वर्णका एक जना मानिसको मृत्यु भएपछि अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् । प्रहरीले चलाएको गोली लागेर २७ वर्षीय रेशर्ड ब्रुक्सको शुक्रबार आफ्नै कारमा मृत्ययु भएपछि प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिनुभएको  अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली बु्रक्सलाई लागेको जनाएको छ । घटनापछि प्रहरी प्रमुख एरिकाले हिजो राजीनामा बुझाउनुभएको हो । कालो वर्णका जर्ज फ्लोयडको प्रहरी नियन्त्रणमा ज्यान गएपछि अमेरिकाभर प्रदर्शन भैरहेको छ । प्रदर्शनका बीच अर्का कालो वर्णका व्यक्तिको प्रहरीले चलाएको गोली लागेर ज्यान गएपछि दोषीलाई कारबाहीको माग गर्दै एट्लान्टामा प्रदर्शन भएको छ ।...
विश्वभरका कोरोना संक्रमित मध्ये ३९ लाख भन्दा बढी निको भए

विश्वभरका कोरोना संक्रमित मध्ये ३९ लाख भन्दा बढी निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३१ गते ।  विश्वभरका विभिन्न देशमा फैलिएको कोरोना भाईरस संक्रमित मध्ये निको हुनेको संख्या ३९ लाख नाघेको छ । विश्वका २ सय १३ देश र २ वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाईरसबाट ७७ लाख ३९ हजार भन्दा बढीमा संक्रमित भएका छन् । उक्त संक्रमित मध्ये उपचारपछि ३९ लाख ६६ हजार २ सय ६२ जना निको भएको वर्ल्डओमिटरले जनाएको छ । उपचार गराइरहेका ३३ लाख ४५ हजारभन्दा बढी मध्ये ५३ हजार ८ सय ८७ जनाको अवस्था जटिल रहेको छ भने बाँकीको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाईएको छ । अहिलेसम्म विश्वमा ४ लाख २८ हजार ३ सय ३७ जनाको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ३९ लाख ४ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ ।...
भारतमा २ लाख ९७ हजार भन्दा बढी संक्रमित

भारतमा २ लाख ९७ हजार भन्दा बढी संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३० गते । भारतमा २ लाख ९७ हजार भन्दा बढीमो कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९ सय ५६ जना नयाँ संक्रमित थपिएपछि भारतमा संक्रमितको संख्या २ लाख ९७ हजार ५ सय ३५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ३ सय ९६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ४ सय ९८ पुगेको छ । भारतमा उक्त कोरोना संक्रमित मध्ये १ लाख ४७ हजार १ सय ९५ जना उपचारपछि निको भएको जनाईएको छ । भारतको सवै भन्दा बढी कोराना भाइरसको संक्रमण महाराष्ट्र प्रदेशमा देखिँएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म  ९७ हजार ६ सय ४८ जना संक्रमित पुष्टि भएको छ ।...
लकडाउन उल्लङ्घन गर्दा राष्ट्रपतिलाई जरीवाना

लकडाउन उल्लङ्घन गर्दा राष्ट्रपतिलाई जरीवाना

समाचार, संसार
पूर्णपुष्टि, जेठ २९ गते ।  लकडाउन उल्लंघन गर्दा युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले जरिबाना तिर्नु परेको जनाईएको छ । गत जुन ३ तारिखको दिन खेम्लेन्स्के शहरको एक क्याफेमा जाँदा जरिबाना तिरेको युक्रेनी प्रधानमन्त्री जेलेन्स्कीले बताएका छन् । क्याफेमा गएको केही समयपछि उनको कार्यालयले क्याफेमा कफी पिइरहेको उनको फोटो सार्वजनिक ग¥यो, त्यो समय क्याटरिङ सेवामा प्रतिबन्ध यथावत् थियो । साथै राष्ट्रपति जेलेन्स्कीले मुखमा मास्क पनि लगाएका थिएनन् । राष्ट्रपतिले कति जरीवाना तिरेको भन्ने विषय खुलाउन खुलाएको छेन  । जेलेनेस्कीले जानाजान कोभिड–१९ बाट संक्रमित हुन खोज्नु युक्रेनी नागरिकको लागि वास्तविक खतरा महसुस गरेको जनाईएको छ ।...
भारतमा लकडाउन खुकुलो पारेपछि कोरोना संक्रमित दर बढ्यो

भारतमा लकडाउन खुकुलो पारेपछि कोरोना संक्रमित दर बढ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २९ गते ।  लकडाउन खुकुलो पारेपछि भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएका छ भने ३ सय ५७ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित थपिने र मृत्यु हुनेको संख्या अहिलेसम्म कै उच्च हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ लाख ८६ हजार नाघेको छ भने मृत्युय हुनेको संख्या ८ हजार नाघेको जनाईएको छ ।...