विश्वका १९ देशमा रहेका नेपालीमा कोरोना संक्रमण
पूर्णपुष्टि, जेठ ४ गते ।
विश्वका १९ देशमा रहेका नेपालीमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देखा परेको छ । उक्त देशमा करिब ६ हजार ७ सय ८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
स्वास्थ्य समितिका अनुसार नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य कतारमा २ हजार ५ सय, बहराइनमा ३ सय ११, यूएईमा २ सय, कुवेतमा ८४, साउदी अरबमा ६ सय ७४, मलेसियामा ५४ र माल्दिभ्समा १० जनामा संक्रमण देखिएको छ ।
त्यस्तै अमेरिकामा १ हजार ६ सय, यूकेमा १ हजार २ सय २१, पोर्चुगलमा २९, आयरल्याण्ड २२, स्पेनमा १३, क्यानाडामा १३, अष्ट्रेलियामा १२, जापानमा १०, बेल्जियम ६, स्वीजरल्याण्ड ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साईप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङ्गकंङ्गमा २, पोल्याण्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएक...








