हुरेण्डेक उदयपुरद्धारा बिपन्नलाई बाख्रा र बयर बियड बोका वितरण
पूर्णपुष्टि, १५ चैत्र ।
बल्र्ड भिजन इन्टरनेशनल र हुरेण्डेक उदयपुरले रौतामाई गाउँपालिकामा जिविकोपार्जनको लागि बाख्रा र बयर बोका वितरण गरेको छ । बिहिबार पालिकाको ७ नं वडा मुर्कुचिमा गाउँपालिकाका बिभिन्न समूहहरु सायपत्री बाख्रा उत्पादन समूह साल्थुम्का, सुनकोशी बाख्रा उत्पादन समूह लाफा गाउँ र रौतामाईकै शिवालय टोल बाख्रा उत्पादन समूहका ६ घरलाई दुई ओटाको दरले बाख्रा वितरण गरेको हो । हुरेण्डेक उदयपुरका सामाजिक विकास परिचालक गजेन्द्र मगरका अनुसार पालिकाको २, ३ र ७ नं वडाका विपन्न परिवारहरुलाई बाख्रा वितरण गरिएको हो । बियडको लागि दुई ओटा बयर बोका सहित १४ ओटा बाख्रा वितरण गरएको मगरले जनाए । हुरेण्डेकल जिविको पार्जन सघाउ भन्ने कार्यक्रमको योजनै तयार गरी उक्त कार्यक्रम बिगत देखीनै गर्दै आएको छ ।
उदयपुरको बिकट पालिकाहरुलाई लक्षित गर्दै उक्त कार्यmक्रमहरु आयोजना गर्दै आएको संस्थाका कार्यक्रम संय...







