कोशी प्रदेशको लगानीमा कटारीमा दुई पक्की पुल निर्माण हुने
पूर्णपुष्टि, पुष ११ । कोशी प्रदेश सरकारले उदयपुरको कटारी नगरपालिकामा दुई वटा पक्की पुल निर्माण गर्ने भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा मरुवा खोलामा ११ करोड र तावाखोलामा १७ करोड लागतमा पुल निर्माण हुन लागेको हो ।
पहिलो पुल कटारी वडा नम्बर ४ को जहडी र तित्रिबोट जोड्ने मरुवाखोलामा निर्माण हुनेछ । दोस्रो पुल कटारी वडा नम्बर ५ को तीनतले र वडा नम्बर ६ को चुहाड जोड्ने तावा खोलामा बन्नेछ । यी दुवै पुलहरू नगरपालिकाको सबैभन्दा पुरानो सडक मार्गमा पर्दछन् । प्रदेश सरकारका पूर्व उद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीका अनुसार लागत स्टिमेट तयार भई वातावरणीय अध्ययन प्रतिवेदनको काम भइरहेको छ । उहाँले यस क्षेत्रको सबैभन्दा समस्याग्रस्त क्षेत्रमा पुल निर्माणको काम थालिएको जानकारी दिनुभयो ।
कटारी वडा नम्बर ४ का वडाध्यक्ष भूपेन्द्रसिंह तामाङका अनुसार वर्षायाममा विद्यार्थ...









