नेपाली सेनाको उदयपुरगढी–चौदण्डीगढी पैदल यात्रा सम्पन्न
पूर्णपुष्टि, पुष २७ । उदयपुरमा नेपाली सेनाले उदयपुरगढी–चौदण्डीगढी पैदल यात्रा शनिबार सम्पन्न गरेको छ । गत आईतबार श्री पशुपति प्रसाद गण बोक्सेले उदयपुरगढीबाट सुरु गरेको पैदलयात्रा आज चौदण्डीगढीको ऐतिहासिक स्थल उदयपुरगढीमा पुगरे ८५ किलोमिटर लामो पैदल यात्रा पुरा गरेको हो ।
उदयपुरगढी दरबारबाट सुरु गरिएको पैदल यात्रा उदयपुरगढी गाउँपालिका वडा नं. ४ डुम्रे, वडा नं. ५ ढुङग्रे (भिरगाउँ), रौतामाई गाउँपालिका ८ पुवाँरे भञ्ज्याङ, वडा नं. ४ पोखरी, त्रियुगा नगरपालिका वडा नं. १४ निपाने, चौदण्डीगढी वडा नं. ८ सिम्ले, वडा नं. ७ बिरेन्द्रबजार हुँदै वडा नं. १ को ऐतिहासिक तथा पर्यटकीय स्थल चौदण्डीगढी पुगेर पुरा गरिएको हो ।
पशुपती प्रसाद गणका गणपती शिव प्रसाद वाग्लेका अनुसार जिल्लाका ऐतिहासिक, पर्यटकीय तथा सामरिक महत्वका स्थानहरु चिनाउँदै जिल्लाबासीसँग सेनासँग सम्बन्ध सुमधुर बनाउने उदेश्यले पैदलयात्रा आयो...









