Tuesday, August 25News That Matters

समाचार

कोरोना उपचार व्यवस्थापनको लागि जिल्ला अस्पताल उदयपुरमा १ करोड बिनियोजन

कोरोना उपचार व्यवस्थापनको लागि जिल्ला अस्पताल उदयपुरमा १ करोड बिनियोजन

समाचार
उदयपुर/बैशाख, ११ जिल्ला अस्पताल उदयपुरलाई कोरोना उपचार व्यवस्थापन सुधारका लागि प्रदेश सरकारले तत्काल १ करोड बजेट बिनियोजन गरेको १ नं प्रदेशका सामाजिक विकास मन्त्रि जिवन घिमिरेले बताउनु भएको छ । बिहिबार उदयपुरको कोरोना संक्रमित क्षेत्र भुल्के स्थित स्थलगत अनुगमन तथा छलफलमा घिमिरेले यस्तो बताउनुभयो । उदयपुर कोरोनाको उच्च जोखिमको अवस्थामा रहेको भन्दै सामान्य उपचारको लागि भएपनि उपचारको व्यवस्थापनमा सहज बनाउन अस्पताल सुधार्नु पर्ने भन्दै बजेट विनियोजन गरेको हो । घिमिरेले २÷४ दिनमै बजेट निकासा हुने प्रतिबद्धता जनाउँदै आवश्यक मापदण्ड अनुसार सामानहरु जुटाई अस्पताल सुधार गर्न अस्पताल व्यवस्थापन समितिलाई अनुरोध गर्नुभएको छ । उहाँले प्रदेशको क्षमता अनुसार उदयपुरमा तत्काल स्थायी रुपमा कोरोना अस्पताल निर्माण गर्न नसकिय पनि यसलाई अस्थायी रुपमा सुधार गरी रोक छेक र नियन्त्रण्मा लाग्दै गर्न अनुरोध...
कतारको बन्दीगृहबाट १७ नेपालीले आममाफी पाए

कतारको बन्दीगृहबाट १७ नेपालीले आममाफी पाए

समाचार, संसार
पूर्णपुष्टि, बैशाख ११ गते ।  कतारको बन्दीगृहमा रहेका १७ जना नेपाली श्रमिकले आममाफी पाएका छन् । कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई हर्दै केही कैदीहरुलाई आमामाफीको दिने घोषणा सर्वजनिक गरेको थियो । उक्त घोषणा अनुसार बन्दीगृहमा रहेका १७ नेपाली नागरिक पनि रिहा भएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । १३ जना लागूऔषध कारोबार, २ जना चोरी, १ जना रक्सी सेवन र अर्का १ जना ठगीको कसुरमा बन्दिगृहमा सजाय भोगिरहेका थिए ।...
पत्रकारलाई बाँकी पारिश्रमिक तत्काल दिन महासंंघको माग

पत्रकारलाई बाँकी पारिश्रमिक तत्काल दिन महासंंघको माग

समाचार
पूर्णपुष्टि, बैशाख ११ गते ।  श्रमजीवी पत्रकारलाई बेतलवी विदामा बस्न दवाव नदिन र बाँकी पारिश्रमिक तत्काल भुक्तानी गर्न नेपाल पत्रकार महासंघले गर्न आग्रह गरेको छ । श्रमजीवी पत्रकारलाई विदामा बस्न दवाव दिएको र केही संचारगृहले लामो समयदेखि पारिश्रमिक नदिएको भन्दै महासंघले यस्तो आग्रह गरेको हो । कोरोना भाइरस संक्रमणको जोखिमकाबीच पत्रकारहरुले आफ्नो कर्तव्य निर्वाह गरिरहेकाले अग्रभागमा रहेर काम गरिरहेका पत्रकारहरुको ¥यापिड टेस्टसहित परीक्षणको व्यवस्था मिलाउन बैठकले नेपाल सरकारसँग माग गरेको छ । श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी लगायतका संघर्ष गर्न महासचिव विष्टको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै पत्रकार र सञ्चार प्रतिष्ठानको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र...
कोरोना संक्रमित ८१ वर्षीया महिला सहित २ जना उपचारपछि निको भए

कोरोना संक्रमित ८१ वर्षीया महिला सहित २ जना उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ११ गते ।  नेपालमा थप दुईजना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । ८१ वर्षीया जेष्ठनागरिक र र ५८ वर्षीय पुरुष उपचारपछि निको भएर घर फर्किएका हुन् । पाटन अस्पतालमा उपचारार्थ पेप्सीकोलाको सनसीटी अपार्टमेन्टमा बस्दै आएका ८१ वर्षीय महिला र ५८ वर्षीय पुरुष उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरु एकै परिवारका हुन् । उनीहरुसँगै नेपालमा कोरोना संक्रमित उपचारपछि निको हुनेको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
थप एक जनामो कोरोना संक्रमण पुष्टि

थप एक जनामो कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ११ गते ।  आज जनकपुरमा थप एक जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । जनकपुरको १४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीसहित देशमा संक्रमितको संख्या ४७ पुगेको हो ।
२ वटा बिरालोमा कोरोना संक्रमण

२ वटा बिरालोमा कोरोना संक्रमण

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ११ गते ।  न्युयोर्कको दुई वटा घर पालुवा बिरालोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सास फेर्न समस्या भएपछि गरिएको परीक्षणमा दुई वटा बिरालोमा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । बिरालोमा कोरोना संक्रमण मानिसबाट नै सरेको आशङ्का गरिएको छ । यसअघि न्युयोर्कको चिडियाघरमा रहेको बाघमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । संघीय अधिकारीहरुका अनुसार अमेरिकामा घरमा पालिएको बिरालोमा कोरोना भाइरसको संक्रमण पाइएको यो पहिलो घटना हो ।...
राई जंगलमा मृत फेला

राई जंगलमा मृत फेला

समाचार
सोलुखुम्बु, बैशाख ११ गते ।  सोलुखुम्बुको थुलुङमा गोकुल राई मृत फेला परेको छ । दुधकोशी गाउँपालिका–७ निबासी ६० बर्षीय राई जंगलमा मृत फेला परेको हो । हिजो बिहान १० बजे आफ्नै बाख्रा चराउन भनी जंगल गएका राई बेलुकासम्म घर नआएपछि खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे थुलुङ दुधकोशी गाउँपालिका–८ को सनसारी डाँडाको भिर मुनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...
तमोर नदीले बगाएर १ जना बेपत्ता

तमोर नदीले बगाएर १ जना बेपत्ता

समाचार
ताप्लेजुङ, बैशाख ११ गते । ताप्लेजुङमा तमोर नदिले बगाएर एक जना बेपत्ता भएको छ । त्रिवेणी गाउँपालिका–२ फुलवारीका १७ बर्षीय मनोज काङबाङलाई तमोर नदिले बगाउँदा बेपत्ता भएको हो । हिजो दिउँसो पौने ५ बजे तमोर नदीमा माछा मार्न जाल थाप्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएका काङबाङको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
मन्त्रि घिमिरेद्वारा कोरोना संक्रमित क्षेत्रको अनुगमन

मन्त्रि घिमिरेद्वारा कोरोना संक्रमित क्षेत्रको अनुगमन

समाचार
पूर्णपुष्टि, बैशाख ११ गते ।  प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमित क्षेत्र उदयपुरको भुल्केको अनुगमन गर्नुका साथै सरोकारवालाहरुसंग अवस्था बारे बुझेका छन् । उदयपुरको सिवाईमा स्वाप संकलनको सिलसिलामा आएका मन्त्री घिमिरे भुल्केसमेत आएर त्यहाँको अवस्था बुझेका हुन् । मन्त्री घिमिरेले प्रदेश १ मै पहिलो घटनाको रुपमा भुल्केमा संक्रमित भेटिएकाले सरकारको यहाँ सरकारका विशेष ध्यान केन्द्रित रहेको बताउनुभयो । नियन्त्रणका प्रभावकारी कदमहरु चालिने उहाँले बताउनुभयो । उहाँले परिक्षणको कामलाई प्रभावकारी ढंगले अगाडी बढाउने र १ नम्बर प्रदेशमै विशेष किसिमको कोरोना अस्पताल निर्माणमा सरकार लागेको बताउनुभयो । जिल्ला अस्पताललाई कोरोना अस्पतालको रुपमा विकास गर्नतर्फ विशेष भूमिका खेल्ने बताउनुभयो । त्यसक्रममा उहाँले संक्रमित क्षेत्रमा चरणवद्धरुपमा कदम चाली कोरोना नियन्त्रण गरिने बताउ...
सिवाईमा ५८ जनाको स्वाप नमुना संकलन

सिवाईमा ५८ जनाको स्वाप नमुना संकलन

समाचार, स्वास्थ्य
उदयपुर, बैशाख ११ गते ।  उदयपुरको सिवाईमा आज ५ महिलासहित ५८ जनाको स्वाप नमुना संकलन भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित खटिएको प्रदेश स्वास्थ्यकर्मीटोलीले चौदण्डीनगरपालिको वडा नं. ५ सिवाईमा स्वाव नुमना संकलन गरेको हो । त्रियुगा नगरपालिकाको भुल्केमा पत्ता लागेका संक्रमित भारतीय मुस्लिम गुरुहरु उक्त ठाउँको मस्जिदमा पनि बसेकाले त्यहाँको स्वाव संकलन गरिएको हो । पालिकाको वडा नं. ५ को तीनटोल र वडा नं. ९ को एकटोलमा रहेका मुस्लिम समुदायका संकास्पद ब्यक्तिहरु र उनीहरुको सम्पर्कमा रहेका अन्य समुदायका मानिसहरुको स्वाव संकलन गरिएको मेयर खगेन्द्र राईले बताउनुभो । वडा नं. ५ सिवाईको रामजानकीटोल, टोकनीटोल अजगरा, बडेरुवाटोल सुन्दरपुर र वडा नं. ९ को पूर्वटोल ज्यामिरे कदमगाछीका संकास्पद मुस्लिम समुदायका मानिसहरुको स्वाव संकलन गरिएको हो । चिया पसल, किराना पसल र अन्य व्यवहारिक हि...