१३ नं वडामा तेस्रो चरणको राहत वितरण
गाईघाट/बैशाख, ९
त्रियुगा नगरपालिका वडा नं १३ ले तेस्रो चरणको राहत वितरण सुरु गरेको छ । लकडाउन थप भए सँगै भोकमरीको मारमा परेका वडा भित्रका विपन्न जनताहरुलाई वडाले तेस्रो चरणको खाद्यन्न राहत वितरण कार्य मंगलबार बाट सुरु गरेको हो ।
वडामा रहेका १८ ओटा टोल विकास संस्थाका अध्यक्षहरुलाई राहत सामाग्री जिम्मा दिइएको छ । धेरै भिँडभाँड र सामाजिक दुरीको ख्याल गर्दै टोलविकासले पहिचान गरिएको विपन्न तथा दैनिक ज्याला मजदुरको परिवारलाई राहत वितरण गरिने १३ नं वडाकी वडा अध्यक्ष पशुपती चौधरीले बताउनुभयो ।
वडाले पहिलो चरणमा वडामा रहेका अति विपन्न परिवारहरुको तत्काल पहिचान गरी खाद्यन्न उपलब्ध गराएको थियो ।
वडाले पहिलो चरणमा १५०, दोस्रो चरणमा १३२ र तेस्रो चरणमा ३७० गरी जम्मा ६५२ विपन्न घर परिवार र दैनिक ज्याला मजदुरहरुलाई खाद्यन्न राहत वितरण गरेको अध्यक्ष चौधरीले बताउनुभयो । चौधरीले ६५२ परिवार मध्ये...









