विकासको अग्रपङ्तिमा उदयपुर : अध्यक्ष दत्त
उदयपुर, पुस ९ गते ।
मुलुकमै उदयपुर जिल्लाले विकासको राम्रो गति लिएको मधेशी आयोग केन्द्रिय अध्यक्ष डा. विजयकुमार दत्तले बताएका छन् । जिल्लामा भएको विकासको गति मुलुकका अन्य जिल्लाहरुले लिन सके समद्धि र शुसाशनमा धेरै समय नलाग्ने बुधबार पत्रकार भेटघाटमा अध्यक्ष दत्तले बताएका हुन् ।
उदयपुरको दुई दिनको बसाईमा सकारात्मक र उर्जाशील कुरा पाएकोमा खुसी व्यक्ति गरेका छन् । अहिलेसम्म आफु पुगेको अन्य जिल्लाहरुमा निरासाजन कुरा पाएको अध्यक्ष दत्तले बताए । प्रशासन, सरोकारवाला, जनप्रतिनिधिदेखि जनतासम्मबाट विकासको सकारात्मक र उर्जाशिल कुरा पाएकाले आफु प्रभावित भएको उनले बताए ।
जिल्लाको उद्योग, व्यपार,शिक्षा, सामाजिक सद्भाव, सहकार्य अति राम्रो पाएको छ । हिमाल, पहाड र तराईको संगम स्थल उदयपुर भएको अध्यक्ष दत्तले बताए । शिक्षा, स्वास्थ्यमा १ न. प्रदेश राम्रो छ । २ नं प्रदेश शिक्षा, स्वस्थ्य र आर्थीक भष...









