Saturday, August 22News That Matters

समाचार

फरार प्रतिबादी पक्राउ

फरार प्रतिबादी पक्राउ

समाचार
उदयपुर, पुस ११ गते ।  उदयपुरमा फरार प्रतिबादी पक्राउ परेको छ । त्रियुगा नगरपालिका–२ निबासी चन्द्रबहादुर सार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत उदयपुरबाट २०६६ सालमा वन मुद्दाको कसुरमा दोषी ठहर गर्दै दुई महिना कैद सजाय फैसला सुनाएपनि फरार भएका ४२ वर्षीय सार्कीलाई शुक्रबार दिउँसो ३ः३० बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
छुरा प्रहार गरेर श्रीमतीको हत्या

छुरा प्रहार गरेर श्रीमतीको हत्या

समाचार
झापा, पुस ११ गते । झापाको शिवसताक्षीमा श्रीमानको छुरा प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । शिवसताश्री नगरपालिका–६ निबासी ३९ बर्षीया फङके किस्कु मुर्मु श्रीमानको छुरा प्रहारबाट मृत्यु भएको हो । भारतको डिगलबैक पञ्चायत घर भई झापाको शिवसताक्षी नगरपालिका–६ मा रहेको धानको काँटामा काम गर्दै  ४० बर्षीय शंकर भन्ने बुधराम मुर्मु बस्दै आएको थियो । श्रीमन श्रीमती विच बिहिवार राती ७ बजे घरायशी बिषयमा बादबिबाद हुदा शंकरले श्रीमतीलाई छुरा प्रहार गरी गम्भीर घाईते बनाएको प्रहरीले जनाएको छ । प्रथमिक स्वास्थ्य केन्द्र शिवगंजमा घाईते मुर्मु उपचारको क्रममा राती साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीलाई छुरा प्रहार गरी हत्या गर्ने बुधरामलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।...
रुखले किचेर १ जनाको मृत्यु

रुखले किचेर १ जनाको मृत्यु

समाचार
ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङको श्रीजंगामा रुखले किचेर एक जनाको मृत्यु भएको छ । श्रीजंगा गाउँपालिका–२ हपुखोला निबासी ५० बर्षीय पदम माया खड्काको रुखले किचेर मृत्यु भएको हो । हपुखोला–तेल्लोक जोड्ने सडक जेसिवीले खन्ने क्रममा बिहिवार दिउँसो पौने ४ बजे बडहरको रुख ढलेर स्थानीय खड्कालाई लाग्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनाको थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।...
सबै विदेशी मुद्राको भाउ बढ्दा ओमनी घट्यो

सबै विदेशी मुद्राको भाउ बढ्दा ओमनी घट्यो

आर्थिक, समाचार
पुस ११ गते ।  आज सवै विदेशी मुद्राको भाउ बढ्दा ओमनी रियल घटेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर १ सय १३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३३ पैसा तोकिएको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो खरिददर २ सय ९६ रुपैयाँ ०७  पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तो...
उखु कृषकको आन्दोल स्थगित

उखु कृषकको आन्दोल स्थगित

आर्थिक, समाचार
पुस ११ गते ।  नवलपरासीका आन्दोलीत उखु कृषकहरुले आन्दोलन स्थगित गरेका छन् । उखु बेचेको रकम पाउनु पर्ने भन्दै थालेका आन्दोलन कृषक र उद्योगी विच सहमती भएपछि स्थगित गरेका हुन् । ३ वटा उद्योगले कृषकको करिब ४० करोड रुपैयाँ दिन बाँकी भएको भन्दै कृषकहरुले आन्दालन गरेका थिए । उक्त रकममध्ये हरेक महिना ५ करोडका दरले कृषकलाई भुक्तानी दिने सहमति भएपछि आन्दोलन स्थगित गरेको उखु उत्पादक कृषक समितिले जनाएको छ । सहमति अनुसार भुक्तानी नदिए थप आन्दोलन गर्ने समितिले जनाएको छ । न्वलपरासीको पश्चिमी भेगमा बार्षीक करिब २० लाख क्विन्टल उखु उत्पादन हुदै आएको छ । उक्त क्षेत्रका करिब १० हजार परिवार उखु खेतीमा निर्भर रहेका छन् । पश्चिम नवलपरासीका बाग्मती चिनी उद्योग, लुम्बिनी चिनी उद्योग र इन्दिरा सुगर मिलले आगामी २५ गतेदेखि मिल सञ्चालन गर्ने भएका छन् ।...
बालकथा लेखन तालिमले बाल साहित्यमा टेवा

बालकथा लेखन तालिमले बाल साहित्यमा टेवा

समाचार, साहित्य
पूर्णपुष्टि, पुस ११ । वालवालिकाको चौतर्फी ज्ञानको विकासमा टेवा पर्याउन वालसाहित्यलाई अगाडी बढाउनु पर्ने भन्दै उदयपुरमा बालकथा लेखन तालिम भएको छ । जाल्पा एकिकृत विकास समाज उदयपुरको आयोजना तथा वल्र्डभिजन इन्टरनेशनल नेपाल, फिल्ड कार्यालय विराटनगरको सहयोगमा पढाई शिविर सहजकर्ता र अभिभावकहरुलाई तालिम दिइएको हो । ताप्ली गाउँपालिकाको सहकार्य रहेको तालिममा कथा लेखन, वाचन, पठन र शैक्षिक सामग्री निर्माणसमेत सिकाइएको थियो । वालकथामा वालवालिकाका विशेष रुची हुने र बाल साहित्यले नै वालमनोविज्ञान अनुरुप चौतर्फी ज्ञान र चेतना जगाउने भएकाले यस्तो तालिमको आयोजना गरिएको वल्र्डभिजनका  शिक्षा कार्यान्वयन संयोजक अजयकुमार साहले बताउनुभयो । चारदिने तालिम पौष १० गते सम्पन्न भयो । तालिममा नेपालमा सबैभन्दा बढि बाल कथा लेख्ने युवा साहित्यकार यशु श्रेष्ठले प्रशिक्षण दिएका थिए । श्रेष्ठले सवासय बढि बालकथाका ...
श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

समाचार
सुनसरी, पुस १० गते । सुनसरीको धरानमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । धरान उपमहानरपालिका–१५ मा श्रीमानको कुटाईबाट रमिला राईको मृत्यु भएको हो । घरायसी वादविवाद हुदा ४३ बर्षीय काजीमान राईले ३६ बर्षीय रमिला राईलाई बुधवार राती साँढे ८ बजे कुटपिट गरी घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते भएकी रमिलाको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा राती पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ रमिलाको हत्यामा संग्लग्न रहेका राईलाई पक्राउ गरेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
फरार एक जना पक्राउ

फरार एक जना पक्राउ

समाचार
उदयपुर, पुस १० गते । उदयपुरमा जबरजस्ति करणी गरी फरार रहेका एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका –९ गैरुन निबासी २१ वर्षीय उमेश सदा पक्राउ परेको हो । गत ८ गते मंगलबार स्थानीय एक जनालाई जबरजस्ति करणी गरी फरार रहेका सदालाई विशेष सुराकिको आधारमा पिक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सदामाथी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
आज सूर्यग्रहण लाग्दै, देखिने समय फरक

आज सूर्यग्रहण लाग्दै, देखिने समय फरक

समाचार
पुस १० गते ।  आज विहान सण्डग्रास सूर्य ग्रहण लाग्दैछ । ग्रहणले नेपालमा बिहान ८ बजेर ४२ मिनेटमा स्पर्श गर्ने, १० बजेर १ मिनेटमा मध्य भई ११ बजेर ३१ मिनेटमा समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको हो । झापाको भद्रपुरबाट बिहान ८ बजेर ४८ मिनेटबाट सुरु भई ११ बजेर २७ मिनेटमा सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयले जनाएको छ । सुदूरपश्चिमको कञ्चनपुरबाट बिहान ८ बजेर ३८ मिनेटमा सुरु भइ ११ बजेर १९ मिनेटमा ग्रहण सकिने छ भने काठमाण्डौमा बिहान ८ बजेर ४३ मिनेटदेखि सुरु हुने ग्रहण बिहान ११ बजेर ३३ मिनेटमा समापन हुनेछ । सूर्यग्रहण नेपालबाट खण्डग्रास मात्र देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । सोसाइटीले प्रेस विज्ञप्ति निकालेर नेपालबाट वलय सूर्यग्रहण नदेखिने भएकाले ’रिङ्ग अफ् फायर’ नेपालको कुनै पनि भूभागबाट देख्न नसकिने जानकारी दिएको हो ...
रिस्कू रतनपुरमा खानेपानी उदघाटन

रिस्कू रतनपुरमा खानेपानी उदघाटन

समाचार
९ पुष , बुधबार कटारी /उदयपुरको कटारी नगरपालिका , ७ रतनपुरमा आज खानेपानी आयोजनाको उदघाटन गरिएको छ । नेपाल लोक कल्याण संघ (स्वान)को सहयोगमा र लालीगुराँस महिला विकास समिति रतनपुरको आयोजनामा निर्माण गरिएको खानेपानी आयोजनाको उदघाटन गरिएको हो । कुल १९ लाख ८२ हजार ८सय ५८ रुपैंया ५२ पैशाको लागतमा सम्पन आयोजनामा वडाले ६ लाख र ९लाख ९१ हजार ४ सय २९ स्वान मार्पmत अष्ट्रियाका नागरिकले सहयोग  गरेका छन्  । समितिका अध्यक्ष हिरामाया पाण्डेको सभापतित्व र वडाध्यक्ष धनबहादुर दनुवारको प्रमुख आतिथ्य र मूख्य सहयोगी स्वानमा आवद्ध अष्ट्रियन नागरिक अरनोष्डको टोलीहरु विशेष आतिथि रहेका थिए । रतनपुरका स्वानमा पथ प्रदर्शकमा कार्यरत मकरबहादुर मगरको सकृयतामा आयोजना सम्पन्न भएको हो । आयोजनाले १ सय घरधुरीका १५ सय जनसंख्या लाभान्वित हुनेछन् ।नजिकैको तावाखोलाको पानीलाई ईन्टेकमा जम्मा गरेर गाउँका धारामा बाँडिनेछ ।...