Saturday, August 22News That Matters

समाचार

त्रियुगा नगरपालिकाले ऐलानी जग्गा नाप्न सुरु गर्यो

त्रियुगा नगरपालिकाले ऐलानी जग्गा नाप्न सुरु गर्यो

समाचार
पूर्णपुष्टि, पुस १५ गते ।  उदयपुरको त्रियुगा नगरपालिकाले आधुनिक मेसिनबाट ऐलानी जग्गाको नापजाँच थालेको छ । पालिका क्षेत्रको ऐलानी जग्गा विवरण संकलन कार्यका लागि मङ्गलबारदेखि नाँपजाँच सुरुवात गरेको हो । नाँपचाँच गरी विवरण संकलनपछि चासभोग गर्नेलाई जग्गाको स्वमित्व दिने प्रक्रिया थाल्ने जनाएको छ । पालिकाले औपचारिक कार्यक्रमको आयोजना गरी वडा नं. ६ देखि सो कार्यको सुरुवाती गरेको हो । नगरवासीको प्रमुख समस्या, आवश्यकता र चाहना अनुरुप यस्तो कार्य थालनी गरिएको मेयर बलदेव चौधरीले बताउनुभयो । वहाँका अनुसार वडा नं. ६ देखि थालिएको कार्यलाई  १६ वटै वडामा विस्तार गरिनेछ । कामको प्रभावकारिता र पारदर्शिताका लागि ऐलानी जग्गाको विवरण संकलन तथा व्यवस्थापन निर्देशक समितिनै बनाइएको छ । पालिका क्षेत्रमा करिब ६० प्रतिशत जग्गा ऐलानी, प्रति रहेको जनाउदै ऐलानी जग्गाको विवरण संकलनको उद्देश्यले चासभोगका आधारमा...
पर्यटन वर्षका स्वागतको तयारी पुरा

पर्यटन वर्षका स्वागतको तयारी पुरा

पर्यटन, समाचार
उदयपुर, पुस १३ गते । उदयपुरका चौदण्डिगढीले नेपाल भ्रमण वर्षलाई “राईड टु चौदण्डिगढी”द्धारा स्वागत गर्ने भएको छ । चौदण्डिगढी नगरपालिकाले सन् २०२० लाई “राईड टु चौदण्डिगढी”का साथ विभिन्न कार्यक्रमको आयोजना गरी भब्यताका साथ स्वागत गर्ने भएको हो । भित्रनै लागेको नेपाल भ्रमण वर्ष सन् २०२०लाई भव्यताका साथ स्वागत गर्ने तयारी पुरा भएको आईतबार पत्रकार सम्मेलन गर्दे चौदण्डिगढी नगरपालिकाले जानकारी गराएको हो । उक्त दिन नगर भित्रका सवै विद्यालयदेखि सरकारी कार्यालयहरु बन्द हुने पालिकाले जनाएको छ ।ऐतिहासिक चौदण्डिगढी दरबारको लगायत पर्यटकिय स्थलहरुको उजागर गर्दै पहिचान गराई आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्य रहेको चौदण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए ।  पर्यटनको माध्येमबाट नगरको पहिचान गर्दै विकास गर्ने मेयरले बताए । हिजो बजारीया खाद्य सामाग्रीमा निर्भर रहेको चौण्डिगढी दरबार क...
गाईघाटमा आयुर्वेद अस्पताल उद्घाटन

गाईघाटमा आयुर्वेद अस्पताल उद्घाटन

समाचार, स्वास्थ्य
उदयपुर, पुस १२ गते । जिल्लामै पहिलो पटक आयुर्वेद अस्पताल संचालन भएको छ । त्रियुगा नगरपालिका–११ गाईघाटमा सुखायु आयुर्वेद अस्पताल प्रालिको शनिबार उद्घाटन भएको हो । एक कार्यक्रमको साथ नगर प्रमुख बलदेव चौधरी र उपप्रमुख देवीकुमारी चौधरीले संयुक्त रुपमा रिविन काटेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले भने “आयुर्वेदीक पद्धतिबाट विरामीलाई उपचार गराईने भएकाले निकै प्रभावकारी हुने विश्वास गरिएको छ । उपचार विधि फरक र औषधीले पनि नकारात्मक असर नगर्ने भएकाले सर्वसाधरणलाई राम्रो हुन्छ ।”बजारीया तथा प्याकेटका खाने कुराले गर्दा धेरै मानिस रोगी बनेका छन् । यस आयुर्वेदीक औषधीले अन्य औषधीले जस्तो साईट ईफेक्ट नगर्ने भएकाले मानिसको लागि निकै प्रभावकारी हुने नगरका उपप्रमुख चौधरीले बताईन् । खाद्य वस्तुमा नै रासायनीक हुने भएकाले कुनै न कुनै रोगले भेट्ने गरेको उनले बताईन् । अस्पत...
थारुहट थारुवान राष्ट्रिय महिला सम्मेलन सुरु

थारुहट थारुवान राष्ट्रिय महिला सम्मेलन सुरु

समाचार
उदयपुर, पुस १२ गते । उदयपुरमा थारुहट थरुवान राष्ट्रिय महिला सम्मेलन सुरु भएको छ । त्रियुगा नगरपालिका–१ जेगीदहमा दुई दिने महिला सम्मेनल शनिबारदेखि सुरु भएको हो । थारुहट थारुवान राष्ट्रिय महिला सम्मेलन तयारी समितिको आयोजनामा “थारुहट थारुवान स्वायत्त प्रदेश अधिकारको लागि संविधान संशोधन, थरुहट थरुवान एकता र सशक्त आन्दोलनको लागि महिला सम्मेलन” भन्ने मुल नाराको साथ सम्मेलन सुरु भएको छ । थारुको हक अधिकारको विषयमा संविधानमा संशोधन गर्नु पर्ने र स्वयत्त थारुवान प्रदेश हुनु पर्ने जिल्ला संयोजक अम्बिकाकुमारी चौधरीले बताईन् । थारुको हक अधिकारका लागि एकताबद्ध गरी अगाडी बढ्नका लागि सम्मेलन गरेको उनले बताईन् । कार्यक्रमको सभापतित्व जिल्ला संयोजक अम्बिकाकुमारी चौधरी, प्रमुअ अतिथि थारुहट थारुवान राष्ट्रिय महिला संघर्ष समितिको अध्यक्ष लक्ष्मण थारु ,बिशिष्ठ अतिथि केन्द्रिय सल्लाहकार राजकुमार लेखी...
५६ बुदे त्रियुगा शैक्षिक घोषणा पत्र जारी

५६ बुदे त्रियुगा शैक्षिक घोषणा पत्र जारी

शिक्षा, समाचार
उदयपुर, पुस १२ गते । उदयपुरको त्रियुगा नगरपालिकाले ५६ बुदे “त्रियुगा शैक्षिक घोषणा पत्र–२०७६” जारी गरेको छ । त्रियुगा नगरपालिकाले तयार पारेको ५६ बुदे घोषाण पत्र १ न. प्रदेशका सामाजिक विकास मन्त्रि जिवन घिमिरेले शनिबारी एक समारोहका विच जारी गर्नु भएको हो । नगर भित्रका नगरकार्यपालिका सदस्यहरु, विद्यालयका प्रअ, शिक्षक, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष, अभिभावक संघका अध्यक्ष, सरोकारवाला, विज्ञहरुको दुई दिने भेलाले सामुदायीक विद्यालयको सवलिकरण र शैक्षिक गुणस्तर र सुधारका लागि ५६ बुदे घोषणा पत्र जारी  गरेको छ । देउसी भैलो खेलेर स्थापना गरेको विद्यालयप्रति कसैलाई चासो नभएको १ न. प्रदेशका सामाजिक विकास मन्त्रि जिवन घिमिरेले बताएका छन् । मन्त्रि घिमिरेले भने “पहिला सवैको रोजाईमा पर्ने सामुदायीक विद्यालय आजभोली किन विद्यार्थीको रोजाईमा पर्न छाडेको छ । यसको कारण के हो ? यसको पहिचान गरी समाध...
आगलागिमा जलेर १ जनाको मृत्यु

आगलागिमा जलेर १ जनाको मृत्यु

समाचार
मोरङ, पुस १२ गते । मोरङ ग्रामथानमा आगलागीबाट जलेर एक जनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ निबासी पारस सदारका बारीको गोठमा आगलागी हुदा ७५ वर्षीय रामबाहदुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको । फुसको छाँनो भएको गोठमा शुक्रबार राती सँवा ७ बजे अचानक आगली हुदा सरदारको खेतबारी हेरचाह गर्न बसेका उदयपुर घर भएका सार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
लडेर एक जनाको मृत्यु

लडेर एक जनाको मृत्यु

समाचार
पाँचथर, पुस १२ गते ।  पाँचथरको तुम्वेवामा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । तुम्वेवा गाउँपालिका–५ निगाले निबासी ७५ वर्षीय अटलसिंह राईको मृत्यु भएको हो । आफ्नै बारीमा घाँस काट्ने क्रममा शुक्रबार दिउँसो साँढे ४ बजे करिब १० फिट अग्लो कान्लाबाट लडेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...
स्कुटी दुर्घटनामा एक जनाको मृत्यु

स्कुटी दुर्घटनामा एक जनाको मृत्यु

समाचार
पाँचथर, पुस १२ गते ।  पाँचथरको फिदिममा स्कुटी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका–२ साम्दिन निबासी ४३ वर्षीय स्कुटी चालक विष्णु लिम्बुको मृत्यु भएको हो । फिदिमको बुद्धमार्गको भित्रि पक्कि सडक खण्ड साम्दिन तर्फ जादै गरेको अन टेस्ट स्कुटी अनियन्त्रित भई राती साँढे ८ बजे सडक छेउको नालीमा पल्टिएर दुर्घटना हुदा स्कुर चालक लिम्बु गम्भिर घाईते भएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते लिम्बुको स्थनिय अस्पतालमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
भेट्टाएको सुन र पैसा आफन्तलाइ बुझाईयो

भेट्टाएको सुन र पैसा आफन्तलाइ बुझाईयो

खेलकुद, समाचार
गाईघाट/ मंसिर १२ साउने काउण्टर अगाडी फेला परेको सुन र पैसा आफन्तलाई बुझाइएको छ । जिल्ला प्रहरी कार्यलयको रोहवरमा ६ हजार ३ सय ५० रुपयाँ नगद, ९ गेडी सुन र २ ओटा टप सहित प्रस आफन्तलाई जिम्मा लगाएको हो । शनिवार विहान करिव ५ बजेको समयमा काठमाण्डो देखि खोटाङ जाने क्रममा खोटाङ मझुवागढी नगरपालिका खाल्लेका गोपी केसीको सामान रहेको प्रहरीले बताएको छ ।  खोटाङ सिम्पानी जाने यात्रु दिपेस खड्काले गाडी बुझ्न जाने क्रममा प्रस फेला पारेपछि सोधी खोजी गर्दा कसैको नभएपछि प्रहरीलाई खवर गरेको थियो । खबर लगतै प्रहरी हवल्दार वब्लु कुमार झाको टोलीले सामान बुझि सम्बन्धित व्यक्तिहरुको सोधी खोजी गरी उनकी दिदि मिना वस्नेतलाई प्रहरी साहयक निरिक्षक नर प्रसाद पोखरेलको नेतृत्वमा जिम्मा लगाएको छ ।  बिहान गाडी चड्ने क्रममा सामान झारेको थाहा नभएको बाटोमा सामान हराएको थाहा पाएपछि लगत्तै वैनीले आफुलाई फोन गरेको दिदि म...
त्रियुगा नगरपालिकामा नयाँ शैक्षिक अवधाराणा

त्रियुगा नगरपालिकामा नयाँ शैक्षिक अवधाराणा

शिक्षा, समाचार
उदयपुर, पुस ११ गते ।  त्रियुगा नगर स्तरीय शैक्षिक सम्मेलनले त्रियुगा नगरको शिक्षामा नयाँ अवधारणा प्रस्तुत गरेको छ । त्रियुगा नगरपालिकाको शैक्षिक अवस्थालाई मध्यनजर गर्दै अवको शिक्षामा कसरी अघि बढ्ने भन्ने विषयमा अवधारणा तयार भएको छ । शिक्षा गुणस्तर नहुनुमा बिभिन्न क्षेत्रहरुको कमजोरी आएको देखाउँदै यसलाई सबै सम्बन्धित क्षेत्रहरुले विचार गर्नु पर्ने कुरा प्रस्तुत भएको छ । त्रियुगामा गुणस्तरीय शिक्षाको लागि बिभिन्न चुनौतीले गर्दा पनि समस्या आएको अन्र्तक्रियामा छलफल भएको छ ।अवको गुणस्तरीय शिक्षाको लागि नगरले विद्यालयलाई आकर्षण केन्द्र बनाउने, शिक्षण सिकाइसँगै सम्बन्धित क्रियाकलाप, ब्यवाहारिक शिक्षा, उद्यमशिल शिक्षा, तथा नयाँ तरिकाले शिक्षण सिकाईको अवधारणा तयार भएको त्रियुगा नगरपालिका नगर शिक्षा समन्वय समितिका संयोजक मान वहादुर राइले बताए । अन्र्तक्रियामा शिक्षामा भईरहेको समस्या र यसको ...