Monday, July 13News That Matters

समाचार

टिपरको ठक्करबाट एक बालिकाको मृत्यु

टिपरको ठक्करबाट एक बालिकाको मृत्यु

समाचार
मोरङ, मंसिर १७ गते ।  मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–५ झुम्राहाको भित्रि सडक खण्डमा स्थानीय जोगिन्दर मण्डलको छोरी ४ बर्षिया राधिकाकुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको ना ८ ख ७०५३ नम्बरको टिपरले पैदल यात्री बालिकालाई बिहान साढे ८ बजे ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र टिपर चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।...
भिरबाट लडेर १ जनाको मृत्यु

भिरबाट लडेर १ जनाको मृत्यु

समाचार
धनकुटा, मंसिर १७ गते । धनकुटाको महालक्ष्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–६ मुंगालीगाउँ निबासी ५२ बर्षीय लाल बहादुर कार्कीको मृत्यु भएको हो । आईतवार राती साँढे ७ बजे घरबाट निस्किएका कार्की सोमवार दिउँसोसम्म घर फर्किएपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा  दिउँसो १ बजे छुम्लिङ भिर मुनी मृत अबस्थामा पेला परेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी घटना स्थलमा पुगी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
ससुराले बुहारीको शव बुझे

ससुराले बुहारीको शव बुझे

समाचार
पूर्णपुष्टि/मंसिर १७ गते ।  जिल्ला अस्पताल उदयपुरमा सुत्केरी गराउन ल्याएको बुहारीको मृत्यु पश्चात छोरा वेपत्ता भएपछि ससुराले बुहारीको शव बुझेको छ । गत आईतबार सुत्केरी गराउन ल्याइएकी गरिस्मा बुढाथोकीको अस्तालमा मृत्यु भएपछि ससुरा अमृतबादुर बुढाथोकीले शव बुझेको हो । उदयपुरगढी–८ फाट स्थायी ठेगाना भएको प्रेम बुढाथोकीले श्रीमती २६ वर्षीय गरिस्मालाई सुत्केरी गाउन भन्दै अस्पतालमा ल्याईएपछि श्रीमतीको मृत्यु पश्चात बेपत्ता भएको अस्पताले जनाएको छ । प्रेम बेपत्ता भएपछि उनको बुवा अमृतबहादुरले बुहारीको शव बुझेको प्रहरीले जनाएको छ ।...
मुल्य र रोगको कारण व्यावसाय घट्दै

मुल्य र रोगको कारण व्यावसाय घट्दै

आर्थिक, समाचार
पूर्णपुष्टि सम्वाददाता ताप्लि/मंसिर १७ गते ।  उदयपुरमा अलैचिको मुल्य घटेपछि व्यावसायीक अलैची खेति घट्न थालेको छ । ताप्ली गाउँपालिकाको ओख्ले, लेखगाउँ, ईनामेको माथिल्लो भेगमा लगाईएको अलैची मूल्य र किराको काराण खेती घट्न थालेको हो । पहाडको सयौँ रोपनी जग्गामा लगाईएका अलैचीले मुल्य नपाएको र किराको प्रकोपकै कारण खेती परिवर्नत गर्न थालेको कृषकहरुले बताएका छन् । पहिलादेखि नै मसलाको रुपमा केहि प्रयोग गर्दै आएको अलैची विक्रि वितरण हुन थालेपछि कृषकहरु अलैची खेतीमा होमीएको थियो । अलैचीले राम्रो मुल्य पाएपछि व्यावसायकी रुपमा खेती गर्न होमीएका कृषकहरुले उत्पादन गरेको अलैचीले करिब ३ वर्षदेखि अलैचीको मुल्य घटेर ५ सयमा झरेको र किराले बगान नै सखाप पारेपछि खेती परिवर्तन गर्न बाध्य भएको अलैची कृषक पूर्णबहादुर तामाङले बताए । विगत तीन वर्ष पहिला अलैची केजीको २५ सयसम्मले विक्रि वितरण भएको कृषक तामाङ...
राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था बेहाल

राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था बेहाल

लिम्चुङबुङ डायरी, समाचार
मंसिर १७ गते ।  सरकारले राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राखे पनि प्रगति भने कमजोर देखिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म उच्च प्राथमिकता परेको २१ आयोजनाको प्रगति ५.५ प्रतिशतमा मात्रै देखिएको हो । राष्ट्रिय गौरव शीर्षकमा राखिएका धेरै आयोजना एक दशक भन्दा लामो समयदेखि अघि बढाइए पनि भौतिक प्रगति न्यून देखिएको छ । कतिपय आयोजना चर्चामा रहे पनि प्रगति शून्य रहेको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ । ...
१३औँ सागमा एकै दिन नेपाललाई १४ स्वर्ण पदक

१३औँ सागमा एकै दिन नेपाललाई १४ स्वर्ण पदक

खेलकुद, समाचार
मंसिर १६ गते ।  दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले १४ स्वर्ण दक जितेको छ । करातेमा ७, तेक्वान्दोमा ६ र ट्रायथलनमा एक स्वर्ण जितेको हो । आठ प्रतिस्पर्धामध्ये सात प्रतिस्पर्धामा स्वर्ण जितेको नेपालका लागि अन्तिम स्वर्ण पदक अनु अधिकारीले दिलाएको थिईन् । उनले श्रीलंकाकी डोनलाई ८–० स्कोरले पछि पार्दै स्वर्ण हात पारेकी थिईन् । कराँतेको एकल कातामा नेपालका मण्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जित्दै नयाँ कीर्तिमान बनाएको छ ।  पुरुषको एकल कातामा पहिलो भएका मण्डेले पुरुष टिम कातामा पनि स्वर्ण हात पारे । मण्डे एकै सागमा दुई स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेका हो । फाइनल खेलमा नेपालले श्रीलंकालाई हराएको थियो । नेपाली टिममा मण्डेसँगै महसुस मानन्धर र प्रविन महर्जनले नेपाललाई स्वर्ण दिलाएको छ । नेपाली टिमले २५ दशमलव ५४ अंक ल्याउँदै स्वर्ण पदक हात पारेको हो ।े श्रीलंकाले २५ दशलमलव २८ अंक ह...
सफल हुदै जनतासंग उप मेयर कार्यक्रम

सफल हुदै जनतासंग उप मेयर कार्यक्रम

समाचार, स्वास्थ्य
राजेन्द्र दुष्ट बेल्टार/मंसिर १६। चौदण्डीगढी नगरपालिकामा “जनतासंग उप–मेयर” कार्यक्रमले क्रमरुपले सफलता पाउँदै गएको छ । चालु आर्थिक वर्षको योजना अन्तर्गत कार्यक्रमले प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारबाट कार्यान्वयनमा आएपछि योजनाले सफलता पाएको हो । विशेषगरी गर्भवती महिलाहरुमा आउने समस्याहरु पोषण युक्त खानपिन, भिडियो एक्सरे, स्वास्थ्य चेकजाचकासाथै आवस्यक औषधिहरु गत साउनदेखि निःशुल्क रुपमा वितरण गर्ने काम भएको चौनपाकी उप–प्रमुख रिताकुमारी चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो ‘कार्यक्रम अन्र्तरगत प्राथमिक स्वास्थ्य केन्द्रमा जसले प्रसुती गराउँछ, उनले बच्चा र आमाको लागि पोषणयुक्त खाने कुरासहित नगद दुइ हजार रुपैयाँ पाउँछ ।’ स्वास्थ्य केन्द्रमा प्रसुती गराउँदा भाले, लत्ताकपडा, घ्यू, फलफुल र नगद सुत्केरीको घरैमा लगेर दिने व्यवस्था गरेको उप–प्रमुख चौधरीले बताउनुभयो । यस बाहेकका अन्य कार्यक...
नेपालको कराँते महिला टिमले जिते स्वर्ण

नेपालको कराँते महिला टिमले जिते स्वर्ण

खेलकुद, समाचार
मंसिर १६ गते ।  कराँतेको महिला टिम काताबाट नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जिटेको छ ।  काताको फाइनलमा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण जितेको हो । कराते महिला टिममा नेपालकी निर्मला तामाङ, सरु कार्की र संगीता मगरले स्वर्ण जितेकी हुन् । प्रतिस्पर्धामा पाकिस्तान दोस्रो बनेको छ । श्रीलंका तेस्रो स्थानमा चित्त बुझाएको छ । नेपालले २४ दशलमव ८८ अंक प्राप्त गर्दै स्वर्ण जितेको हो भने पाकिस्तानले २३ दशमलव ३ अंक हात पारेको थियो ।...
धरानको मेयरमा कांग्रेसका तिलक राई विजयी

धरानको मेयरमा कांग्रेसका तिलक राई विजयी

समाचार
मंसिर १६ गते ।  सुनसरीको धरान उप–महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएको छ । तिलक राईले २६ हजार सात सय नौ मत ल्याएर विजयी भएको हो । प्रतिद्वन्दी नेकपाका प्रकाश राईको २३ हजार नौ सय १४ मत आएको छ । २०४७ साल पछिका हरेक निर्वाचनमा बामपन्थीहरुले जित्दै आएको धरानमा यसपालि काँगे्रसले जितेको छ । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालका तारा सुब्वासँग ४ हजार मतान्तरले हारेका राईले यो पटक झिलो मतले जित हासिल गरेर हो ।...
सागमा नेपालाई पहिलो स्वर्ण दिलाए मण्डेकाजीले

सागमा नेपालाई पहिलो स्वर्ण दिलाए मण्डेकाजीले

खेलकुद, समाचार
मंसिर १६ गते ।  दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक मण्डेकाजीले दिलाएको छ । मण्डेकाजी श्रेष्ठले करातेको एकल कातामा स्वर्ण जित्न सफल भएको हो । १३औँ सागमा नेपाललाई पहिलो स्वर्ण दिलाउने क्रममा मण्डेकाजीले पाकिस्तानका खेलाडी नेमतुल्लाहलाई पराजित गर्दै स्वर्ण हात पारेको हो । मण्डेले २५ दशलमव ७२ अंक ल्याए भने पाकिस्तानका खेलाडीले २४ दशमलव ९२ अंक ल्याएका थिए ।...