दशैँमा बत्ति बलेपछि वडावासी उत्साहित
उदयपुर/असोज, २०
दशैँमा बत्ति बलेपछि उदयपुरगढी गाउँपालिका वडा नं ७ का वडावासीहरु खुसि भएका छन् । बत्ति बलेर उत्साहित बनेका वाडवासीहरुले विकास र जनप्रतिनिधिहरुको महसुस भएको बताए । शनिबार १ नं प्रदेश साम्सद नारायण बुर्जामगरले बत्ति बालेर बत्तिको उद्घाटन गरेको गर्यो ।
१३ बर्ष अगाडी नै बत्ति बाल्ने प्रयासमा रहेको भएपनि बिभिन्न कारण बत्ति बाल्न नसकेको स्थानीयहरुले बताए । १ नं प्रदेशका साम्सद नारायण बुर्जा मगरको पहलमा १ करोड २० लाखको योजना परेपछि मैनाटार कोल्टे विद्युत विस्तार समितिले काम सुरु गरेको थियो ।
आकाश गंगा सामुदियिक बन उपोभोक्ता समितिले तार र राष्ट्रिय बिद्युत प्रधिकरण प्रशारणले पोलको व्यवस्था गरेपछि बाँकी सामानहरु सबै स्थानीयहरु कै लगानीमा बत्ति बाल्न सफल भएको समितिको सचिव मेघ बहादुर कार्कीले बताए ।स्थानीयहरुले यो बर्षदेखिको चाँडबाड झिलिमिलि हुने बताए । साथै बत्तिबाट बिभिन्न प...








