व्याड्मिन्टनमा हिमाल र सरोजको जोडी प्रथम
गाईघाट, भदौ ४ गते ।
संविधान दिवसको अवसर पारेर गाईघाटका ब्याड्मिन्टन खेलाडिहरुकाे समूह स्माइली ग्रुप र व्याड्मिन्टन संघ उदयपुरले आयोजना गरेको जिल्ला स्तरीय व्याड्मिन्टन प्रतियोगितामा हिमाल श्रेष्ठ र सरोज खवासको जोडीले प्रथम स्थान हाँसिल गरेको छ । रुवेन राई र चित्र थापाको जोडीले दोस्रो स्थान पाएका छन् । त्यस्तै बादल खतिवडा र मनोज कुमार खड्काको जोडी तथा विरेन चौधरी र संजयकुमार चौधरीको जोडीले तेस्रो स्थान पाएका छन् ।
प्रतियोगिताको महिला तर्फको खेलमा हस्तामाया राई र रामकुमारी राईको जोडीले प्रथम स्थान हाँसिल गरेको छ । बेल्टारका स्मृति राई र सिमा राईको जोडीले दोस्रो स्थान हाँसिल गर्यो । त्यस्तै अनुमा राई र प्रेरणा कटुवालको जोडी तथा लादिम्मा राई र रोजी राईको जोडीले तेस्रो स्थान हाँसिल गरे ।
जिल्लाको विभिन्न स्थानका व्याड्मिन्टन खेलाडीहरुको सहभागितामा भएको प्रतियोगिता हिजोबाट सञ्चालन भएक...









