Thursday, August 20News That Matters

समाचार

नालीमा डुबेर १ जनाको मृत्यु

नालीमा डुबेर १ जनाको मृत्यु

समाचार
सुनसरी, असोज १२ गते । सुनसरीको रामधुनीमा नालिमा डुबेर एक जनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका–५ भमरी चोक निबासी ४७ बर्षीय गोपाल गौतमको मृत्यु भएको हो । बिहान ७ बजे नालीमा डुबेर मृत अवस्थामा स्थानीयले फेला पारेपछ प्रहरीलाई खबर गरेको थियो । घटनाको जानकारी पाउनासाथ प्रहरी घटना स्थलप पुगी शव परिक्षणको लागी जिल्ला अस्पताल ईनरुवा पठाईएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

समाचार
मोरङ, असोज १२ गते । मोरङको बिराटनगरबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । विराटनगर–१३ झमेली चोकबाट पूर्णबहादुर तामाङ्ग र सुवास राईलाई प्रहरीले पक्राउ गरेका हुन् । गतराती ११ बजे पैदल हिडिरहेका धरान उप–महानगरपालिका–८ निबासी ४६ वर्षीय तामाङ्ग र धरान उप–मनपा–११ निबासी राईको साथबाट डाईजोल्याप एम्पुल एक सय १० थान, लुपिजेसिक एम्पुल एक सय १० थान र एभिल एम्पुल एक सय १० थान बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
वडाले ल्याए संघ, प्रदेश र स्थानीय सरकारले नल्याएको निति तथा कार्यक्रम

वडाले ल्याए संघ, प्रदेश र स्थानीय सरकारले नल्याएको निति तथा कार्यक्रम

समाचार
राजेन्द्र दुष्ट बेल्टार/असोज १२ गते । अहिलेसम्म तीनै तहका सरकारले नल्याएको निति तथा कार्यक्रम चौदण्डीगढी नगरपालिकाको ६ नम्बर वडाले ल्याएको छ । ईतिहासमै पहिलो पटक वडाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको योजनाहरु ल्याएको वडाध्यक्ष कमलध्वज राईले दावी गरेको हो । सर्वसाधारण गरिव निमुखा जनताका छोरा/छोरी पढ्ने थलोको रुपमा रहेको  सरकारी विद्यालयमा सरकारले कक्षा १ देखि १० कक्षासम्मैका विद्यार्थीलाई पाठ्यपुस्तक निशुल्क उपलब्ध गराउँदै आएको छ । पुस्तकको अलावा पठनपाठनमा आवश्यक पर्ने कलम, कपि पनि विद्यार्थीले निशुल्क पाउने भएको हो । वडाले निशुल्क दिन लागेको कलप, कपि आवश्यक परेको बेला तुरुन्तै उपलव्ध हुने गरि योजना ल्याईएकोे वडाध्यक्ष राईले बताए । नेपालमै पहिलो पटक र देशमै अहिले सम्मकै उत्कृष्ठ योजना ल्याएको वडाध्यक्ष राईले बताए । अहिलेसम्म कुनै स्थानीय तह, प्रदेश र संघले ल्याउन नसकेको का...
पुरा तलब नपाएपछि शिक्षक आन्दोलीत

पुरा तलब नपाएपछि शिक्षक आन्दोलीत

समाचार
उदयपुर, असोज १२ गते । शिक्षकहरुले चार महिनाको पुरा तलवसँगै दशैँ पेश्कि नपाएपछि त्रियुगा नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । त्रियुगा नगरपालिका भित्रका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुले दुई महिनाको तलब र दशैँ पेश्की मात्रै पाएपछि नगरपालिकामा आईतबार ध्यानाकर्षण पत्र बुझाएको हो । नेपाल शिक्षक संघ त्रियुगा नगर कार्यसमिति, नेपाल राष्ट्रय शिक्षक संगठन त्रियुगा नगर कार्यसमिति र एअ नेपाल शिक्षक संगठन त्रियुगा नगर कार्यसमितिले संयुक्त रुपमा नगरका उपमेयर देवी कुरमारी चौधरी र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण विक्रम थापालाई ध्यानाकर्षण पत्रसँगै प्रेस विज्ञप्ति समेत बुझाएको थियो । नगरपालिकाले यस विषयलाई गम्भिर रुपमा लिएकाले कुनै श्रोत भए तत्काल उपलब्ध गराउने व्यावस्था मिलाउने नगरपालिकाका उपमेयर चौधरीले बताईन् । पहिला दिने चौमासिक तलब अहिले त्रैमासिक भएर आएकाले केन्द्रिय सरकारले नै द...
सुरक्षित यात्राको लागि सम्मान तथा शुभकामना

सुरक्षित यात्राको लागि सम्मान तथा शुभकामना

Breaking News 1, समाचार
उदयपुर/असोज, १२ गाईघाट, सामुदाय प्रहरी साझेदारी अन्र्तगत जिल्ला प्रहरी कार्यलय उदयपुर र जिल्ला ट्राफिक कार्यलय उदयपुरले नजिकिदै गरेको चाँडपर्व लाई मध्य नजर गर्दै सुरक्षित यात्राको लागि चालक यात्रुलाई सम्मान तथा शुभकामना प्रदान गरेको छ । लामो तथा छोटो दुरीका चालकहरुलाई सफल यात्राको लागि आईतबार बस पार्कमा सम्मान तथा शुभकामना व्यक्त गरेको हो । दशैँ, तिहार तथा छैठ पर्वको बेलमा यात्रुहरुको बढी चाप हुने र यात्रा अव्यवस्थित बनी दुर्घटनाको बढी सम्भावना हुने भन्दै यात्रा सफल र सुरक्षित बनाउन यात्रु र चालकहरुलाई सम्मान तथा सफल यात्राको कामना गरेको उदयपुरका प्रहरी प्रमुख बीर बहादुर बुढा मगरले बताए । कार्यक्रमा ५ जना लामो तथा छोटो दुरीको चालकहरु सम्मानित भएको छ । उदयलाल खवास, जिसात खड्का, इन्द्र कार्की, भोजराज पोखरेल, कृष्ण खड्का सम्मानित भएको हो । उनिहरुलाई जिल्ला प्रमुख अधिकारी दुर्...
नेपाललाई जलमार्गकोे बाटो खुल्यो

नेपाललाई जलमार्गकोे बाटो खुल्यो

लिम्चुङबुङ डायरी, समाचार
असोज १२ गते ।  जलमार्गको लागि भारतले नेपाल–भारत वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन समितिको वैठकमा एलओईमा सहमत भएको छ । भारतीय पक्षले गंगा जलमार्गमा नेपाली पानी जहाज चलाउने सम्बन्धी लेटर आफ एक्सचेन्जमा (एलओई)मा पनि सहमति जनाएको स्रोतले जनाएको छ । बैठकमा पारवहन व्यापारका सम्बन्धमा पनि छलफल भएको थियो । एलओईको मस्यौदा नेपालले यसअघि नै भारतलाई बुझाएको थियो । एलओईमा भारतले सहमति जनाएपछि नेपालले जलमार्ग प्रयोगको बाटो खुलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छपिएको छ ।...
मोटरसाईकल दुर्घटनामा असईको मृत्यु

मोटरसाईकल दुर्घटनामा असईको मृत्यु

समाचार
ईलाम, असोज ११ गते । ईलामको छाँगा खोलामा मोटरसाईकल दुर्घटना हुदा एक जना असईको मृत्यु भएको छ भने एक जना जवान घाईते भएको छ । ईलाम नगरपालिका–५ छाँगा खोलामा दुर्घटना हुदा नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक रवि मगरको मृत्यु भएको हो । ईनपा–२ सुम्बेकमा  झगडा भएको खबर आएपछि त्यस तर्फ जाने क्रममा अविरल वर्षा र कच्चि सडकमा चिप्लोको कारण को १ ब २२८८ नम्बरको मोटरसाईकल एक्कासी मोटरसाईकल दुर्घटना हुदा सनुसरीको ईटहरी–१ घर भएका ४७ वर्षीय असई मगर मृत्यु भएको प्रहरीले जनाएको छ । सिराहाको पिडरवनी–१ निबासी जवान रामसेवक मोची घाईते भएको प्रहरीले जनाएको छ । मोटरसाईकल सडकदेखि करिब ६० मिटर तल खसेर दुर्घना भएको थियो । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट उद्दारका लागि तत्काल प्रहरी टोली घटना स्थल पुगी उद्दार गरी जिल्ला अस्पताल ईलाम ल्याएपनि डाक्टरले असाई मगरलाई मृत घोषणा गरेको थियो । घाई...
खोलाले बगाएर १ जनाको मृत्यु

खोलाले बगाएर १ जनाको मृत्यु

समाचार
खोटाङ, असोज ११ गते । खोटाङको दुक्चेङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–६ मौवाबोटे निबासी ५६ वर्षीय दलबहादुर विकको मृत्यु भएको हो । दिउँसो २ बजे स्थानिय खोला दुक्चेङ खोलाले विकलाई बगाई रुखमा अल्झिएर मृत्यु भएको अवस्थामा स्थानयले फेला पारेपछि प्रहरीलाई जानकारी गराएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
पोखरीमा डुबेर १ बालिकाको मृत्यु

पोखरीमा डुबेर १ बालिकाको मृत्यु

समाचार
सुनसरी, असोज ११ गते । सुनसरीको दुहवीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । दुहवी नगरपालिका–९ छाताबेली घर भई (हाल) नपा–२ तुताहको शिवशंकर साहको घरमा डेरा बस्दै आएका जाबिर हुसेनको साढे ३ वर्षीय छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो साढे २ बजे नजिकैको पोखरीमा डुविरहेको अवस्थामा बालिबाको दाजुले देखेपछि आफन्तले तत्काल उद्दार गरी उपचारको लागि सामुदायिक अस्पताल दुहवीमा लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...
एकतर्फी बाँधले गाउँ जोखिममा

एकतर्फी बाँधले गाउँ जोखिममा

समाचार
उदयपुर, असोज ११ गते ।  उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ को बोझे गाउँमा त्रियुगा नदीको एकतर्फी बाँध निर्माणका कारण गाउँ जोखिममा परेको छ । पर्याप्त पानी बहने ठाउँसम्म नराखी एकतर्फी बाँध निर्माण गरिदा बोझेगाउँ उच्च जोखिममा परेको स्थानीय सुवास राउतले बताउनुभयो । गाउँभन्दा केहीमाथि नदिको उत्तरतर्फ एकतर्फी बाँध लगाएपछि दक्षिणतर्फको गाउँ जोखिममा परेको छ । बाँधका कारण पानीको वहाव गाउँतर्फ फर्केको छ । दुईदिनदेखिको वर्षाका कारण त्रियुगामा आएको बाढीले गाउँतर्फ कटान गरिरहेको छ । बाढीले स्थानीय मिना पोखरेलको खेती योग्य जमिन कटान भईरहेको छ । सामान्य बाँधले गाउँमा बाढी पस्नबाट रोकेपनि त्यसले धान्ने अवस्था कम भईसकेको छ । त्याँहा बाँध फुटेको खण्डमा बोझे गाउँ लगायत त्यस आसपासका चार गाउँमा क्षती पुग्नेछ । नदिलाई कम्तिमा दुईसय मिटर पर्याप्त पानी बग्ने ठाउँ राख्नुपर्नेमा करिब ५० मिटर मात्...