अफगानको शान्ति वार्ता म¥यो
भदौ २४ गते ।
अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्ध समाप्त गर्ने उद्देश्यले तालिबानसँग कुराकानी भएपनि मरेको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । आफुसँग भएको त्यो कुराकानी मरिसकेको ह्वाइट हाउसमा पत्रकारसँग ट्रम्पले बताएका हुन् ।
क्याम्प डेभिडमा आईतबार तालिबानका एक प्रतिनिधि मण्डलसँग कुरा गर्ने कार्यक्रम रहेपनि उक्त दिन भन्दा पहिला नै ट्रम्पले बैठक रद्द गरेका छन् ।
वार्ताका लािग दुबै पक्ष निकै नजिक पुगिसकेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प बार्ताबाट पछि हटेपछि त्यसको आलोचना गर्दै तालिबानले अमेरिकालाई नै हानी हुने बताएका थिए ।
ट्रम्पले अफगानिस्तानबाट १४ हजार आफ्ना फौज फिर्तालाई विदेश नीतिलाई एउटा महत्वपूर्ण लक्ष्य बनाएको छ ।
कुराकानी समाप्त गर्ने अमेरिकाको निर्णयको स्वागत गदै यसलाई सही समयमा र सही कदम उठाएको अफगानिस्तान सरकारले बताएका छन् ।...








