रमणीय ‘पाडुले पोखरी’
भोटराज राई/आमचौक (भोजपुर), भदौ २६
यतिबेला कतै कुकुर मार्ने अभियान, त कतै कुकुर बचाऊ अभियान चलिरहेको छ । भोजपुरको आँमचौकमा भने किम्बन्दन्तीको आधारमा कुकुरको सालिकसहित पाडुले पोखरी निर्माण गरी पर्यटक आकर्षित गरिएको छ ।
पालिकाको केन्द्र वडा नं. ४ बालंखा अघि पाडुले पोखरी निर्माण गरिएको हो । सदावहार पानी रहने र बीचमा खम्बा उठाई कुकुरको सालिक राखिएको पोखरी यतिबेला आकर्षणको केन्द्र बनेको छ । पालिका कार्यालय अगाडि नै निर्माण गरिएको पोखरी र कुकुरको सालिकले पर्यटक आकर्षित हुने गरेको छ । त्यहाँ जडान गरिएका रंगीन बत्ति र पानीको फोहोराले दिनभन्दा राती अझबढि आकर्षण दिने गरेको छ ।
चोमोलुङ्मा सामुदायिक रेडियोका स्टेशनमेनेजर राजन समिप राईका अनुसार कुकुरको मुर्तीमा विभिन्न विशेषता रहेका छन् । खडा भएको कुकुरको कलात्मक मुर्तीलाई गहिरिएर हेर्दा दुईटा अगाडीको खुट्टा मध्ये एउटामा नाग र अर्कोमा हाँ...









