लागु औषध विरुद्धको अभियान सुरु
उदयपुर, भदौ २० गते ।
त्रियुगा नगरपालिकाले लागु औषध विरुद्धको तीन महिने अभियान सुरुको घोषणा गरेको छ । त्रियुगा नगरपालिकाको “अपराध रहित समाज निर्माणका लागि, नगदेखि घर–घर” भन्ने मुल नाराको साथ शुक्रबार अभियानको घोषणा भएको हो ।
त्रियुगा नगरपालिका र समुदाय प्रहरी साझेदारीको आयोजना तथा नागरिक समाज, पत्रकार, गैसस महासंघ, त्रियुगा उद्योग बाणिज्य संघ र म अघि बढ्छु सगमाथा टिम्स क्लव प्रदेश सरकार सहकार्यमा पहिलो पटक २१ दिन देखि तीन महिनासम्म अभियान संचालन हुने छ ।
लागु औषध दुव्र्यसनिले देशको भविष्यलाई नै विग्रार्ने भएकाले सवै सचेत भई समाजबाट निर्मूल पार्नु पर्ने प्रहरी नायव महानिरिक्षक (डिआईजी) १ नम्बर प्रदेश प्रमुख ठाकुरप्रसाद ज्ञवालीले बताए । लागु औषधमा समातेर मुद्दा चलाउनु कानुनि दायरामा ल्याई थुन्नु मन नभएको डिआईजी ज्ञवालीले बताए ।
पछिल्लो समयमा आएर दुव्र्यसनिमा युवापिडी जुन देशको...









