Wednesday, August 19News That Matters

समाचार

करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
सुनसरी, भदौ १७ गते ।  सुनसरीको ईटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ईटहरी नगरपालिका–१३ निबासी १६ वर्षीय मुकेश सरदारको करेन्ट लागेर मृत्यु भएको हो । घर नजिकै नालीमा करेन्ट लगाएर माछा मार्ने क्रममा दिउँसो १ बजे अचान करेन्ट लगेर घाईते भएका सरदारको उपचारका लागि नोबेल अस्पताल विराटनगर जाने क्रममा बाटोमै सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
आगलागीबाट ८ लाखको क्षती

आगलागीबाट ८ लाखको क्षती

समाचार
ताप्लेजुङ, भदौ १७ गते ।  ताप्लेजुङको फुङ्लिङमा आगलागीबाट करिब आठ लाख बराबरको क्षती भएको छ । फुङलिङ नगरपालिका–९ बुङकुलुङ निबासी मनोज गुरुङको घर जलेर नष्ट हुदा उक्त क्षती भएको हो । विहान करिब ११ बजे ढुङ्गा माटोले बनेको टिनको छाना भएको एक तले भान्सा घरमा अचानक आगलागी हुदा उक्त रकम बराबरको क्षती भएको प्रहरीले जनाएको छ । विमानस्थल सुरक्षा गार्ड सुकेटारबाट खेटेका प्रहरी टोली र स्थानियबासीको सहयोगमा आधा घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
मोटरसाईकलको ठक्करबाट १ पैदल यात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट १ पैदल यात्रीको मृत्यु

समाचार
सुनसरी, भाद्र १७ गते । सुनसरीको धरानमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धरान उप–महानगरपालिका–१८ लाङघाली चोकमा सोमवार  मोटरसाईकलको ठक्करबाट श्री प्रसाद राईको मृत्यु भएको हो । दिउँसो करिब सवा १ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको को १४ प १२०३ नम्बरको मोटरसाईलले धरान – १५ निबासी ६९ बर्षीय राईलाई ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका राईलाई तत्काल उपचारको लागि विपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगी थप उपचारको लागि बिराटनगरको नोबेल अस्पताल लगिएको भएपनि उपचारकै क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
६ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप सुरक्षण

६ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप सुरक्षण

आर्थिक, समाचार
भदौ १७ गते ।  नेपाल राष्ट्र बैंकले दुई करोड २१ लाख खाताको छ खर्ब ३८ अर्ब रुपैँयाको निक्षेप सुरक्षण गरेको छ । बैंकले ८५ वटा बैंक तथा वित्तीय संस्थाका प्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल  र मुद्दती निक्षेपक गरी ६ खर्ब ३ अर्ब ३८ करोड रुपैयाँ निक्षेपको सुरक्षण गरेको हो । गत असार मसान्तमा १ करोड ९३ लाख निक्षेपकर्ताहरुको ४ खर्ब ३० अर्ब ७४ करोड बराबरको निक्षेप सुरक्षण गरिएको थियो । निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७६ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको २५ अर्ब ६६ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरेको छ । गत असार मसान्तमा १४ अर्ब ३५ करोड बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो । बैंक तथा वित्तीय संस्थामा झण्डै १४ लाख ४० हजारको संख्या ऋण खाता रहेका छन् । १४ लाख ३९ हजार ६ सय ४८ ऋण खाता रहेको राष्ट्र बैंकले जा...
तलब नपाएपछि सुपरभाइजको हत्या

तलब नपाएपछि सुपरभाइजको हत्या

समाचार
भदौ १७ गते ।   मलेसियामा नेपाली सेक्युरिटी गार्डले तलब नपाएपछि सुपरभाईजरको हत्या गरेको छ । मलायाको एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको झोकमा हत्या गरेको हो । सुपरभाईजर ५४ वर्षीय ली पोह मेङलाई हेल्मेटले हिर्काएर मारेको प्रहरीले जनाएको छ । ली मेङको लास प्रहरीले अपार्टमेन्टको शौचालयभित्र फेला पारेको थियो । सेक्युरिटी गार्डहरुले तलब नपाएपछि सुपराभइजरको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी अधिकृतले जनाएको छ । दुई नेपालीसहित तीन जनालाई पक्राउ गरिएको भएपनि पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन ।...
भोक हडताल गर्ने भूतपूर्व गोरखा सैनिकको चेतावनी

भोक हडताल गर्ने भूतपूर्व गोरखा सैनिकको चेतावनी

समाचार, संसार
भदौ १७ गते । बेलायत सरकारले गोरखा सैनिकले वषैँदेखि माग गर्दै आएका मागको सुनुवाई नभए भूतपूर्व ब्रिटिस गोरखा  सैनिकले आमरण अनसन बस्ने चेतावन दिएका छन् । गोरखा सैनिकलाई बेलायती सैकिन सरह पेन्सनलगायतका सेवा–सुविधा दिनुपर्ने माग गर्दै वर्षौंदेखि संघर्षरत भूतपूर्व ब्रिटिस गोरखा सैनिकले चेतावनी दिएका हुन् । बेलायतले गोरखा सैनिकलाई विभेद गरेको भन्दै असमान व्यवहार हटाउन सरकारलाई पटक–पटकको आग्रह सुनुवाइ नभएकाले गोर्खा सत्याग्रह संघर्ष समितिले भोक हडतालमा उत्रिने चेतावनी दिएको हो । भूतपूर्व ब्रिटिस गोरखा सैनिकको हक–हितका पक्षमा आवाज उठाउँदै आएका गोर्खा सत्याग्रह संघर्ष समिति एक संस्था हो भने गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) पनि सक्रिय छ । चेतावनी दिएका  गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायत सरकारलाई आगामी २४ अक्टुबरसम्मको समय दिएको छ । समय भित्र बेलायत सरकारले मागको सुनुवाइ नगरे भोकहड्तालमा...
चट्याङले २ सय ३३ भेडा मरे

चट्याङले २ सय ३३ भेडा मरे

आर्थिक, समाचार
भदौ १७ गते । जाजरकोटको कुशेमा चट्याङ लागेर २ सय ३३ भेडा मरेको छ । कुशे गाउँपालिकाको पाटनमो हावाहुरीसँगै परेको चट्याङले भेडा मेरेको हो । अझै २ सय ५२ वटा भेडा हराइरहेको स्थानियले जनाएको छ । अचान परेको चट्याङले भेडा सखाप पारेपछि कृषकहरु चिन्तित भएका छन् । प्रखुम आय स्रोतकै रुपमा भेडा पालन व्यवसाय गर्दै आएका कृषकहरुको भेडा मरेपछि परिवार चलाउन समस्या हुने स्थानीयले बताएका छन् ।...
फेरी बढ्यो सुनको भाउ

फेरी बढ्यो सुनको भाउ

आर्थिक, समाचार
भदौ १७ गते ।  सोमबार स्थिर रहेको सुनको भाउ आज बढेको छ । तोलामा ५ सय रुपैयाँ बढेर एक तोलाको ७२ हजार ५ सय रुपैया पुगेको हो । सनु बढेर तोलाको ७२ हजार ५ सय पुगेको छ भने चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भईरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
दर्जनौ महिला बलात्कार गर्ने एक युवक पक्राउ

दर्जनौ महिला बलात्कार गर्ने एक युवक पक्राउ

समाचार
 भदौ १७ गते । सप्तरीमा एक दर्जन बढी महिलालाई जागिरको प्रलोभन देखाई बलात्कार र लुटपाट गर्ने एक जना पक्राउ परेको छ । अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ निबासी २८ वर्षीय सञ्जीव खड्का नाम भन्ने सन्तोषकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । धेरै महिलाहरुलाई रोजगारी डटकममार्फत एनआईसी बैंकलगायत विभिन्न गैरसरकारी संस्थामा जागिर लगाइदिने भन्दै सम्पर्कमा ल्याई बलात्कार र लुटपाट गर्ने सन्तोषलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल र ईमोमार्फत फोन गरि जागिर लगाई दिने भन्दै विराटनगर बोलाई सन्तोषले आफ्नो गाउँ लगी बलात्कार र लुटपात गर्ने गरको प्रहरीले जनाएको छ । आरोपितविरुद्ध पाँच जनाको उजुरी परेको र मौखिक उजुरी दिने अन्य महिला पनि प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । सन्तोषलाई पक्रनु पहिलानै उनको घरमा छापा मारी लुटिएका युवतीको मोबाइल, नगद र गरगहना बरामद गरिसकेको प्रहरील...
ओमानकोे टी–२० सिरिज ज्ञानेन्द्रले नखेल्ने

ओमानकोे टी–२० सिरिज ज्ञानेन्द्रले नखेल्ने

खेलकुद, समाचार
भदौ १७ गते ।  ओमनमा हुन लागेको टी–२० क्रिकेट सिरिज नेपालको उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएको छ । आगामी असोजमा हुने पाँच राष्ट्र बीचका टी–२० क्रिकेट सिरिजमा नखेल्ने भएको हो । सिरिजमा व्यक्तिगत कारण देखाउँदै मल्लले नखेल्ने जानकारी दिएका हुन् । असोज १८ देखि २३ गतेसम्म हुने सिरिजमा आयोजक ओमानसँगै नेपाल, हङकङ, नेदरल्यान्ड्स र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् । असोज १९ गते हङकङसँग नेपालले पहिलो खेल खेल्ने छ । दोस्रो खेल असोज २० गते नेदरल्यान्डसँग खेल्ने छ भने तेस्रो खेल २२ गते आयरल्याण्डसँग खेल्ने भएको छ । त्यस्तै नेपाललले २३ गते आयोजक ओमनसँग अन्तिम खेल खेल्ने छ ।...