Thursday, July 9News That Matters

समाचार

फोनिजको प्रदेश अधिवेशन उदयपुरमा हुने

फोनिजको प्रदेश अधिवेशन उदयपुरमा हुने

समाचार
उदयपुर, साउन २९ गते । उदयपुरमा नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)को एतिहासिक प्रथम प्रदेश अधिवेश हुने भएको छ । त्रियुगा नगरपालिका – ९ राजाबासको दनुवार होमस्टेमा फोनिज प्रदेश नम्बर १ को प्रथम अधिवेशन विहिबारदेखि सुरु हुने भएको हो । कार्यक्रममो प्रमुख अतिथि प्रदेश नम्बर १ को मुख्यमन्त्रि शेरधन राई रहेको फोनिजले जनाएको छ भने कार्यक्रमको उद्घाटन मुख्यमन्त्रि राईले गर्ने जनाईएको छ ।...
नेपाली कलाकारलाई अन्तर्रा्ष्ट्रिय अवार्ड

नेपाली कलाकारलाई अन्तर्रा्ष्ट्रिय अवार्ड

मनोरञ्जन, समाचार
साउन २८ गते ।  नेपाली कलाकारहरुलाई कतारमा स्टार अन्र्तराष्ट्रिय अवार्ड प्रदान गरिएको छ । एक कार्यक्रमको साथ ४ जना नेपाली कलाकारलाई अवार्ड प्रदान गरिएको हो । लोकगीत युगलतर्फ ‘आँखा जुध्यो’ गीतमा गायक शिव संगीतले जुरी अवार्ड, बेस्ट मोडल जुरी अवार्ड नन्दा बस्याल, पब्लिक च्वाइस अवार्ड प्रकाश सपूत र चर्चिक कलाकारको अवार्ड प्रप्त गरेका थिए । स्टार किङ, कतारको आयोजनामा भएको कार्यक्रममा नेपालका राजदूत लक्ष्मण खनालले कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए ।...
महिला टीमले किर्गिस्तानमा फुटबल खेल्ने

महिला टीमले किर्गिस्तानमा फुटबल खेल्ने

खेलकुद, समाचार
साउन २८ गते ।  कार्गिस्तानमा हुने नादेज्दा कप फुटबल प्रतियोगीतामा नेपाली राष्ट्रिय महिला टीमले खेल्ने भएको छ । महिला टिमले कार्गिस्तानको प्रतियोगीता खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । प्रतियोगीतामा चार देशको सहभागिता रहेन छ । प्रतियोगिताको आयोजक किर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान रहेको छ । सेप्टेम्बर ६ देखि १३ तारिखसम्म खेल संचालन हुने छ ।यो प्रतियोगितामा नेपालले सहभागिता जनाउनुको मुख्य उद्देश्य नजिकिदै गरेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा राम्रो प्रदर्शन गर्नु हो । साग खेलकुद नेपालमा आगामी डिसेम्बर एकदेखि १० तारिखसम्म हुदैछ ।...
छाउ गोठ नबस्नेलाई पुरस्कार

छाउ गोठ नबस्नेलाई पुरस्कार

समाचार
साउन २८ गते ।  डोटिको एक पालिकाले छाउ नबार्नेलाई पुरस्कार दिने भएको छ ।  पूर्वीचौकी गाउँपालिकाले छाउ नबार्ने महिलालाई पुरस्कार दिने व्यवस्था गरेको हो । छाउपडी प्रथा अन्त्य गर्ने उद्देश्यका पालिकाको पाँचौं गाउँसभाबाट छाउ नबार्ने महिलालाई पुरस्कार दिने निर्णय गरेको पालिकाले जनाएको छ । छाउ नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई प्रोत्साहन स्वरुप पाँच हजार पुरस्कार दिने नीति गाउँसभाबाट पारीत गरेको पालिका अध्यक्ष दिर्घराज बोगटीले बताए । पालिकाले  छाउपडी नबार्नेलाई पुरस्कार मात्र होइन बार्नेलाई दण्डको पनि व्यवस्था गरेको छ । ‘महिनावारी भएका बेला छाउ बार्नेलाई पालिकाबाट प्रदान हुने सेवा सुविधामा रोक लगाउने निर्णय भएको अध्यक्ष बोगटीले बताए । पालिकाले छाउ बार्नेको घरमा रातो र नबार्नेको घरमा हरियो झण्डा लगाउने नीति समेत अघि सारेको छ । अव प्रत्येक घरमा झण्डा गाडेपछि समाजिकरुपमा तिरस्क...
घुससहित जनप्रतिनिधिका छोरा मुकेश पक्राउ

घुससहित जनप्रतिनिधिका छोरा मुकेश पक्राउ

समाचार
जनकपुर, साउन २८ गते । महोत्तरीको जनकपुरमा एक जनप्रतितिधिको छोरा घुस सहित पक्राउ परेको छ । जनकपुरधाम उपमहानगरपालिका – ९ पिडारी चोकबाट मुकेश साह घुससहति पक्राउ परेको हो । मुकेशलाई १ लाख ६० हजार रुपैयाँ घुससहित रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ । सडक ढलान गरेको उपभोक्ता समितिका पदाधिकारीको बिल पास गरिदिने नाममाम वडाध्यक्ष रफिक आलम र सदस्य कारीले घुस मागेका थिए । पक्राउ परेका मुकेश भंगहा नगरपालिका ८ का सदस्य कारी साहका छोरा हुन् । पक्राउ परेकालाई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।...
सिपविकास तालिम सम्पन्न

सिपविकास तालिम सम्पन्न

समाचार
उदयपुर, साउन २८ गते । उदयपुरमा ४५ दिने काष्ठ फर्निचर तालिम सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरले आयोजना तालिम सोमबार सम्पन्न भएको छ । स्थानीय युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले महासंघले रौतामाई गाउँपालिका र लघु घरेलु तथा साना उद्योग बिकास कोष काठमाण्डौँको सहयोगमा रौतामाई गाउँपालिकाको वडानं ७ मुर्कुची बजारमा कार्यक्रम आयोजना गरेको हो । गाउँपालिकाका युवालाई लक्षित गरी आयोजना गरिएको तालिममा १० जनाको सहभागिता रहेको महासंघका अध्यक्ष मधुकर थापाले बताए । उनले शिप नभएर बेरोजगार बसेका र विदेशी भुमिमा जीवन विताईरहेका युवालाई स्वदेशमै आयआर्जनमा टेवा पुर्याउने लक्ष्यले तालिमको आयोजना गरिएको बताए । ‘मेहनत, सृजना, उत्पादत र वस्तु मेरै नेपालको उद्योग गरौ उद्यमी बनौ उठाऔँ नेपालÕ भन्ने मुलनाराकासाथ आयोजित तालिमका सहभागिहरुलाई ४५ दिनमा टिटेवल, कुर्सी, खाट, झ्यालको पल...
फरार बलात्कारी पक्राउ

फरार बलात्कारी पक्राउ

समाचार
उदयपुर, साउन २८  उदयपुरमा सामुहिक बलात्कार गर्ने तीन जान पक्राउ परेका छन् । त्रियुगा नगरपालिका – ३ को सक्रिय महिला सामुदायीक वनको पिकनिक स्पोटमा बालिका बलात्कार गरी फरारहेको चार जना मध्ये तीन जान पक्राउ परेको प्रहरीले जनाएको छ । गत साउन २२ गते पिकनिक स्पोर्टमा घुम्न गएका १७ वर्षीय बालिकालाई चार जनाले जबरजस्ति बलात्कारर गरी फरारहेका त्रिनपा – ३ ठाडी निबासी भरत चौधरी, २२ वर्षीय कोईला भेन्ने देवनारायण चौधरी,महेन्द्र चौधरी र १८ वर्षीय अक्षय चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फरार रहेका एक जनाको खोजतलास भईरहेको छ भने पक्राउ परेकाहरुको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
चिया फ्याक्ट्रिमा आगलागी

चिया फ्याक्ट्रिमा आगलागी

समाचार
ईलाम, साउन २८ गते । ईलामको एक चिया फ्याक्ट्रिमा आगलागी हुदा करिब ५ लाखको क्षती भएको छ । सुर्योदय नगरपालिका – १० आरुबोटेको कृष्ण गोपाल चिया फ्याक्ट्रिमा आगलागी भएको हो । विहान करिब ६ बजे विद्युत सर्ट भई फ्याक्ट्रिमा आगो लागेको प्रहरीले जनाएको छ । फ्याक्ट्रिको २ थान पानी तान्ने मोटर, २ थान फेन र ३ सय केजी चिया जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगो प्रहरी र स्थानियको सहयोगमा पौने ७ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
सोलुखुम्बुमा राई मृत अवस्थामा फेला

सोलुखुम्बुमा राई मृत अवस्थामा फेला

समाचार
सोलुखुम्बु, साउन २८ गते । सोलुखुम्बुको माप्येदुधकोशीमा शुक्रकुमार राई मृत अवस्थामा फेला परेको छ । महाकुलुङ गाउँपालिका – १ बुङ निबासी २० वर्षीय राई माप्येदुधकोशीमा मृत अवस्थामा फेला परेको हो । गत २६ गते घरबाट नाम्चेमा ट्रकिङको काम गर्ने भनि हिडेका राई बुङबाट नाम्चे जाने क्रममा माप्येदुधकोशी गाउँपालिका – ७ को जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...
फोनिजको स्थापना दिवसमा २ पूर्व अध्यक्ष सम्मानित

फोनिजको स्थापना दिवसमा २ पूर्व अध्यक्ष सम्मानित

समाचार
उदयपुर/साउन, २७ गते । उदयपुरमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २० औ स्थापना दिवस भब्यकासाथ मनाईएको छ । दिवसको अवसरमा गरिएको कार्यक्रममा फोनिज उदयपुरको संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघ उदयपुर शाखाको उपाध्यक्ष भोटराज राई र पूर्व अध्यक्ष अप्सरा समाल मगरलाई फोनिज उदयपुरले सम्मान गरेको हो । फोनिज उदयपुरको स्थपना कालदेखि अहिलेसम्म संगठनलाई नेतृत्वदायी भुमिकाको साथ ठूलो योग्दान गरेकाले योग्दानको उच्च कदर गर्दै राई र समाललाई सम्मान गरिएको फोनिज उदयपुरले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि फोनिज केन्द्रिय सदस्य विश्वराज तामाङ, फोनिज उदयपुरका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ उदयपुर शाखाका पूर्व अध्यक्ष महेश्वर चाम्लिङ, नेपाल पत्रकार महासंघ प्रदेश सचिव हरिकुमार राईले दोसल्ला ओढाएर कदर पत्रको साथ सम्मान गरेको थियो । त्यस्तै नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिष...