Saturday, May 9News That Matters

समाचार

नक्कली प्रहरी बनेर रकम असुल्ने युवक पक्राउ

नक्कली प्रहरी बनेर रकम असुल्ने युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ८ । प्रहरी अधिकारी हुँ भन्दै धम्की दिएर रकम माग गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ बाटुलेचौर निवासी २१ वर्षीय सुजित क्षेत्री रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाका अनुसार क्षेत्रीले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी रकम माग गरेको पाइएको छ। उनले आफूलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी भएको दाबी गर्दै, ‘तपाईंहरूको केही काम छ भने भन्नुहोस्, गरिदिन्छु’ भन्दै रकम माग गरेको आरोप छ। प्रहरीले आइतबार पोखराको लामाचौरबाट क्षेत्रीलाई पक्राउ गरेको हो। उनीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीले यस मामलामा थप अनुसन्धानका लागि पाँच दिनको म्याद लिएको जनाएको छ।...
बुध ग्रहको गर्भमा लुकेको हिराको खजाना

बुध ग्रहको गर्भमा लुकेको हिराको खजाना

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ८ । वैज्ञानिकहरूले हालै गरेको एक अध्ययनले सौर्यमण्डलको सबैभन्दा नजिकको ग्रह बुधको सतहमुनि ठूलो मात्रामा हिरा हुनसक्ने सम्भावना देखाएको छ। चीनको बेइजिंगस्थित सेन्टर फर हाइ प्रेसर साइन्स एण्ड टेक्नोलोजी रिसर्चका वैज्ञानिक यानहाओ लिन र उनको टोलीले गरेको यो अध्ययनले बुधको असामान्य चुम्बकीय क्षेत्र र उच्च कार्बन सामग्रीको रहस्य खोल्ने प्रयास गरेको छ। अध्ययनका अनुसार बुधको मध्यमण्डल र केन्द्रमण्डलको सीमामा अत्यधिक तापमान र चापका कारण कार्बन तत्व हिरामा परिणत हुनसक्छ। यो सम्भावनालाई जाँच्न वैज्ञानिकहरूले कार्बन, सिलिका र फलामको मिश्रणलाई उच्च चापमा परीक्षण गरे। परिणामले बुधको आन्तरिक संरचनामा हिरा बन्नसक्ने अवस्था देखायो। यद्यपि, यी सम्भावित हिरा सतहभन्दा करिब ४८५ किलोमिटर गहिराइमा र अत्यन्तै उच्च तापमानमा रहेकोले उत्खनन गर्न असम्भव छ। यो खोजले बुध ग्रहको रहस्यमयी संरचना र...
पूर्व राज्यमन्त्री रायको हत्या अनुसन्धान : १५ जनासँग सोधपुछ, सहयोगीको पोलिग्राफ परीक्षण

पूर्व राज्यमन्त्री रायको हत्या अनुसन्धान : १५ जनासँग सोधपुछ, सहयोगीको पोलिग्राफ परीक्षण

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ८ । सर्लाहीको चन्द्रपुरमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धानमा प्रहरीले १५ जनासँग सोधपुछ गरेको छ। रायका २१ वर्षीय सहयोगी राम उजेन रायलाई नियन्त्रणमा लिई पोलिग्राफ परीक्षण गरिँदैछ। साउन ७ मा आफ्नै घरमा मृत भेटिएका रायको हत्यामा संलग्न हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। सहयोगीले राति घरमा ३ जना आगन्तुक आएको बताएका छन्, जसको पहिचान अझै खुलेको छैन। मधेस प्रदेशका डीआईजी यज्ञ विनोद पोखरेलले सहयोगीको भनाइको सत्यता परीक्षण गर्न पोलिग्राफ जाँच गरिएको जानकारी दिए। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।...
नेपालमा रोजगारीका लागि सबैभन्दा बढी श्रम स्वीकृति लिने चिनियाँ नागरिक

नेपालमा रोजगारीका लागि सबैभन्दा बढी श्रम स्वीकृति लिने चिनियाँ नागरिक

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ८ । नेपालमा रोजगारीका लागि सबैभन्दा बढी श्रम स्वीकृति लिनेमा चिनियाँ नागरिक रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ। विभागका अनुसार नेपालमा ९६ देशका नागरिकले श्रम स्वीकृति लिएका छन्। नेपालमा सञ्चालित आयोजनाहरूले पाँच प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान श्रम ऐनमा रहेको छ। एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन्। काठमाडौं–तराई–मधेस द्रुतमार्गमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सबैभन्दा बढी विदेशीलाई रोजगारी दिएको छ। गत आर्थिक वर्षमा नेपालमा रोजगारी खोज्ने विदेशी श्रमिकको संख्या १० प्रतिशतले घटेको छ। २०७९–८० मा २,९९४ जनाले श्रम स्वीकृति लिएकोमा गत वर्ष २,६८५ जनाले मात्र लिएका छन्। यसमध्ये ३४९ जना महिला रहेका छन्। विभिन्न क्षेत्रमा विदेशी नागरिकहरू कार्यरत छन्, जसमा पोली च...
नाबालिकालाई ब्ल्याकमेल गर्ने युवक पक्राउ

नाबालिकालाई ब्ल्याकमेल गर्ने युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ८ । नाबालिकालाई फेसबुकमा साथी बनाई अश्लील फोटो र भिडियो पठाएर यौन क्रियाकलाप गर्न दबाब दिएको आरोपमा एक युवक पक्राउ परेका छन्। पीडित नाबालिकाकी आमाले साइबर ब्युरोमा उजुरी दिएपछि रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई हाल काठमाडौँ– २८ बागबजार बस्ने जेएच अजवानलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाइएको छ र थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जानकारी दिए।...
नेपाल–भारत भिडन्त : सेमिफाइनल टिकट दाउमा

नेपाल–भारत भिडन्त : सेमिफाइनल टिकट दाउमा

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन ८ । एसीसी वुमन्स एसिया कप २०२४ अन्तर्गत आज नेपाल र भारत बीच निर्णायक भिडन्त हुँदैछ। नेपालको समूह चरणको यो अन्तिम खेल सेमिफाइनल प्रवेशका लागि महत्त्वपूर्ण छ। खेल नेपाली समयानुसार साँझ ७:१५ बजे सुरु हुनेछ। नेपालले पहिलो खेलमा यूएईलाई हराएको थियो, तर पाकिस्तानसँग पराजित भयो । सेमिफाइनल पुग्न नेपालले आजको खेल जित्नुपर्ने अवस्था छ। समानान्तर खेलमा पाकिस्तान र यूएई भिड्दैछन्। यी दुई खेलको नतिजाले सेमिफाइनलिस्ट टोलीहरू निर्धारण गर्नेछ।...
भरतपुर महानगर : बेरुजु शून्य, राजस्व उच्च

भरतपुर महानगर : बेरुजु शून्य, राजस्व उच्च

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ८ । चितवनको भरतपुर महानगरपालिकाले वित्तीय व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गरेको छ। लगातार तीन आर्थिक वर्षमा महानगरले बेरुजु शून्य बराबर राख्न सफल भएको छ। यो उपलब्धि ऐन नियमको कडा पालना, दबाबमुक्त कार्य वातावरण, र बेरुजु फर्स्यौटमा विशेष ध्यान दिएर हासिल गरिएको हो। महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार महानगरले आन्तरिक नियन्त्रण निर्देशिका तयार पारी निश्चित मापदण्डका आधारमा काम गर्दै आएको छ। यसले गैरकानुनी भुक्तानी र अनियमित कार्यहरूलाई रोक्न मद्दत गरेको छ। राजस्व संकलनमा पनि महानगरले उल्लेखनीय प्रगति गरेको छ। चालु आर्थिक वर्षमा १ अर्ब ८० करोड राजस्व उठाउने महत्वाकांक्षी लक्ष्य राखिएको छ। यसका लागि सबै २९ वडालाई राजस्व संकलनको लक्ष्य तोकिएको छ र ठूला करदाताहरूसँग नियमित संवाद गरिँदैछ। महानगरले नवीन पहलका रूपमा वडाहरूलाई सूत्रका आधारमा बजेट विनियोजन गरेको छ। राजस...
माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ७ । झापामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं. ३ धिमाल टोलका १९ वर्षीय मौषम राई रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार आज दिउँसो २ बजे तिर स्थानीय खोल्सीमा घरबाट बिजुलीको तार जोडेर माछा मार्ने प्रयास गर्दा उनलाई करेन्ट लागेको थियो। घटनापछि गम्भीर घाइते भएका राईलाई तत्काल दमक आम्दा अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मूल घर इलाम भएका राई हाल झापाको दमकमा बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।...
नयाँ मापदण्ड मिच्दै जथाभावी सरुवा गर्दै संघीय मामिला मन्त्रालय

नयाँ मापदण्ड मिच्दै जथाभावी सरुवा गर्दै संघीय मामिला मन्त्रालय

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ७ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै जारी गरेको ‘सरुवा, काज तथा कामकाज सम्बन्धी मापदण्ड–२०८१’ लाई मिच्दै जथाभावी सरुवा गर्न थालेको छ। गत २५ असारमा स्वीकृत भएको मापदण्डको कार्यान्वयन नहुँदै राजनीतिक दबाब र प्रभावका आधारमा स्थानीय तहमा सरुवाहरू सुरु भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवादमा परेको छ। नयाँ मन्त्री राजकुमार गुप्ताको दबाबमा नियमविपरीत सरुवा गरिएको आरोप लागेको छ। मापदण्ड अनुसार कम्तीमा २ वर्ष नपुगी प्रमुख प्रशासकीय अधिकृतको सरुवा नगर्ने व्यवस्था छ। उपमहानगरपालिकाले यो सरुवा कानुनविपरीत भएको भन्दै विरोध गरेको छ। मेयर राजन पौडेलले मन्त्रालयलाई पत्र लेख्दै निर्णय फिर्ता लिन आग्रह गरेका छन्। राजनीतिक प्रतिशोध साँध्नकै लागि कानून मिचेर सरुवा गरिएको उनको आरोप छ। यो घटनाले मन्त्रालयले आफैंले बनाएका मापदण्...
नेपाल प्रहरीका ८०२ युनिट शौचालयविहीन, प्रहरी कर्मचारीलाई दैनिक सास्ती

नेपाल प्रहरीका ८०२ युनिट शौचालयविहीन, प्रहरी कर्मचारीलाई दैनिक सास्ती

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ७ । नेपाल प्रहरीका कार्यालयहरूमा आधारभूत सुविधाको अभाव रहेको खुलासा भएको छ। प्रहरी प्रधान कार्यालयले गरेको अध्ययन अनुसार देशभरका २,६६० प्रहरी इकाई तथा कार्यालयहरूमध्ये ८०२ वटामा शौचालय नै छैन। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीका अनुसार शौचालय नहुँदा प्रहरी कर्मचारीहरूलाई दैनिक कामकाजमा समस्या परेको छ। विशेषगरी दुर्गम क्षेत्रका प्रहरी चौकीहरू र व्यक्तिको घरमा अस्थायी रूपमा बसेका चौकीहरूमा यो समस्या बढी देखिएको छ। शौचालय नहुँदा प्रहरीहरू छिमेकीको शौचालय प्रयोग गर्न बाध्य छन्। यसका साथै ८३३ प्रहरी इकाईहरूमा मेस ९खाना पकाउने र खाने ठाउँ० को पनि अभाव रहेको पाइएको छ। १,०४२ प्रहरी इकाई जग्गाविहीन छन् भने ७९१ इकाईको आफ्नै कार्यालय भवन छैन। ८४३ प्रहरी कार्यालयमा ब्यारेक छैन। ३७० प्रहरी कार्यालयहरू भाडाको भवनमा सञ्चालन भइरहेका छन् भने ४२१ कार्यालय ...