Monday, July 6News That Matters

समाचार

उदयपुर – १ का स्वतन्त्र उम्मेदवार डा. देवराज रोकालाई एक दलकाे समर्थन ‎

उदयपुर – १ का स्वतन्त्र उम्मेदवार डा. देवराज रोकालाई एक दलकाे समर्थन ‎

Breaking News 2, राजनीति, समाचार
२० माघ, २०८२ । उदयपुर उदयपुर निर्वाचन क्षेत्र न‌‍ १ का स्वतन्त्र उम्मेदवार डा. देवराज रोका (कल्याण राेका)ले एक राजनीतिक दलकाे चुनावी समर्थन पाएका छन् ।  नेपाल कम्युनिस्ट पार्टी संयुक्तले डा. देवराज रोकालाई समर्थन जनाएको हो । निर्वाचनमा भाग लिएको सो पार्टीले अन्य जिल्लामा उम्मेदवार उठाए पनि उदयपुरमा पार्टीको उम्मेदवार मनोनयन नगरिएकोले स्वतन्त्र उम्मेदवार रोकालाई समर्थन जनाएको आज जारी विज्ञप्तिमा जनाएकोछ । डा. रोका बौद्धिक व्यक्तित्व, लामो समय मार्क्सवादी राजनीतिक आन्दोलनमा रहेकाले उनलाई विजय गराउन प्रचारप्रसारदेखि सम्पूर्ण निर्वाचन कार्यक्रममा सहभागी गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । सो पार्टीले समानुपातिकतर्फ भने आफ्ना उम्मेदवार कुलबहादुर बस्नेतलाई चुनाव चिन्ह हसियामा मतदान गर्न अपिल गरेको छ । पार्टीका जिल्ला संयोजक यादव पोखरेलले भ्रष्टाचार र वेथितिको विरुद्धमा पार्टी लागेको, पा...
नारदमुनी थुलुङ गोल्डकप : सहलेस क्लव सिरहा फाइनलमा, २२ गते द यङ ब्रदर्स क्लब सुनसरीसँग फाइनल खेल्ने

नारदमुनी थुलुङ गोल्डकप : सहलेस क्लव सिरहा फाइनलमा, २२ गते द यङ ब्रदर्स क्लब सुनसरीसँग फाइनल खेल्ने

Breaking News 2, खेलकुद, समाचार
२० माघ, २०८२ । उदयपुर उदयपुरको बसाहामा जारी नारदमुनि थुलुङ स्मृति गोल्डकपको आजको अन्तिम सेमीफाइनल खेलमा सहलेस युवा क्लब सिराहाले  एपीएफ काठमाडौँलाई ० को विरुद्ध १ गोल गर्दै फाइनल पुगेको छ । सहलेसका जर्सी नम्बर १० का खेलाडी बिकी चामलिङ राईले २६औ मिनेटमा पहिलो गोल गरे । सोही गोल जितका लागि निर्णायक गोल बन्यो । खेलको पुरै अवधि एपिएफले गोलको प्रयास गरेपनि विफल रह्यो । तीन विदेशी खेलाडी सहितको सालेसको सुरुदेखि नै दबदबा थियो । आजको म्यान अफ दि म्याच सहलेसका गोलकर्ता जर्सी नम्बर १० का विकि चाम्लिङ राई घोषित भए । उनले पाँच हजार नगद पुरस्कारसहित ट्रफी पाए। २२ गते फाइनल खेल द यङ ब्रदर्स क्लब सुनसरी र सहलेस क्लब सिराहा बीच हुनेछ । सहलेश डिफेन्डिङ च्याम्पियन हो । गत बर्ष झापा ११ लाई पराजित गरी च्याम्पीयन बनेको थियो ।...
नारदमुनी थुलुङ गोल्डकपको फाइनल मा द यङ ब्रदर्स क्लब सुनसरी प्रवेश

नारदमुनी थुलुङ गोल्डकपको फाइनल मा द यङ ब्रदर्स क्लब सुनसरी प्रवेश

Breaking News 2, खेलकुद, समाचार
१९ माघ, २०८२ । उदयपुर उदयपुरको बसाहामा जारी नारदमुनि थुलुङ स्मृति गोल्डकपको आजको सेमीफाइनल खेलमा न्यु त्रियुगा स्पोर्ट्स क्लब सप्तरीलाई यङ ब्रदर फुटबल क्लब सुनसरीले ० को विरुद्ध १ गोल गर्दै फाइनल पुगेको हो। यङ ब्रदर्सका जर्सी नम्बर १९ का विदेशी खेलाडी कालुले २२ औ मिनेटमा पहिलो गोल गरे । सेकेन्ड हाफ सुरु भए लगतै गेमको ४१ औ मिनेटमा उनैले अर्को गोल थपेका थिए । टिमका लागि दुई गोल गरेर उनले जित दिलाए । आजको म्यान अफ दि म्याच उनी नै घोषित भए । भोलिको खेल सहलेस युवा क्लब सिराहा र एपीएफ काठमाडौँ बीच हुनेछ।...

राप्रपा उम्मेदवार सुभाष चन्द्र खड्का उदयपुर – १ मा के गर्दैछन् त ? कार्यकर्ता र समर्थक के भन्छन् ?

Breaking News 2, Breaking News Video, भिडियो, राजनीति, समाचार
https://youtu.be/EKfCAo1zRDg
नारदमुनि गोल्डकपमा एपीएफ काठमाडौ सेमिफाइनलमा प्रवेश

नारदमुनि गोल्डकपमा एपीएफ काठमाडौ सेमिफाइनलमा प्रवेश

Breaking News 2, खेलकुद, समाचार
१८ माघ २०८२ । उदयपुर उदयपुरको बसाहामा जारी ११ औ नारदमुनि थुलुङ गोल्डकपको आज चौथो दिन भएको अन्तिम क्वाटर फाइनल खेलमा एपीएफ काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ। एलएक्स सिटी फुटबल क्लब बेलबारी मोरङलाई ० को विरुद्ध १ गोल गर्दै जित हात पारेको हो। खेलको ४३ औँ मिनेटमा एपीएफका जर्सी नम्बर ११ का श्याम नेपालीले गोल गरेका थिए । सोही गोल निर्णायक बन्यो । खेलको पहिलो हाफसँग दुवै तर्फबाट गोल बराबरी जिरोमा टुङ्गिएको थियो । आजको म्यान अफ दि म्याच एफएफका जर्सी नम्बर १५ का विवेक थापा मगर भए । भोलिको सेमिफाइनल खेल यङ ब्रदर क्लब इटहरी र न्यु त्रियुगा स्पोर्ट्स क्लब सप्तरीबीच हुनेछ । यो गोल्डकपको पहिलो सेमिफाइनल खेल हो ।...
उदयपुरमा साईकल टुर “राइड टु कोशी २०८२” सम्पन्न

उदयपुरमा साईकल टुर “राइड टु कोशी २०८२” सम्पन्न

Breaking News 2, पर्यटन, समाचार
पूर्णपुष्टि/१७ माघ, २०८२ । पर्यटन प्रवद्र्धन, साहसिक खेलकुदको विकास, वातावरण संरक्षण तथा युवाहरूमा सकारात्मक ऊर्जा जागरणको उद्देश्यले उदयपुरमा साईकल टुर “राइड टु कोशी २०८२” आज सम्पन्न भएको छ । उदयपुर जिल्ला साइक्लिङ संघको आयोजना तथा त्रियुगा नगरपालिका र नेपाली सेनाको पशुपतीप्रसाद गण, बोक्सेको सहयोगमा कार्यक्रम भएको हो । हिजो विहान जिल्ला सदरमुकाम गाईघाटबाट सुरु साईकल टुर त्रियुगा नगरपालिका १५ धाप्लाङसम्मको यात्रा गरी आज विहान समापन गरिएको आयोजकले जनाएको छ । आयोजक संघका अध्यक्ष माधव बानियाँका अनुसार गाईघाटदेखि धाप्लाङसम्मको आउनु–जानु ६० किलोमिटर दुरी पार गर्दै टुर पुरा भएको हो । साइकल टुरमा देशको विभिन्न ठाउँका २५० जना साइक्लिष्टहरुको सहभागिता रह्यो । सो अवसरमा धाप्लाङघाटमा कोशीमा र्याप्mटिङसमेत भएको थियो । त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई, नेपाली सेनाको पूर्व...
नारदमुनि थुलुङ गोल्डकपमा न्यू त्रियुगा स्पोर्ट्स क्लव सप्तरी सेमिफाइनल प्रवेश  https://purnapusti.com/नारदमुनि-थुलुङ-गोल्डकपमा/

नारदमुनि थुलुङ गोल्डकपमा न्यू त्रियुगा स्पोर्ट्स क्लव सप्तरी सेमिफाइनल प्रवेश https://purnapusti.com/नारदमुनि-थुलुङ-गोल्डकपमा/

Breaking News 2, खेलकुद, समाचार
१७ माघ २०८१ । उदयपुर उदयपुरको बसाहमा जारी ११ औ नारदमुनि थुलुङ गोल्डकपको आज भएको तेस्रो दिनको क्वाटर फाइनल खेलमा ट्राइबेकरबाट नेपाल खेलकुद क्लब रौतहटलाई पराजित गर्दै न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी सेमिफाइनलमा प्रवेश गरेको छ। ट्राइ ब्रेकरमा २-१ को अन्तरले न्यु स्पोर्ट्स क्लब सप्तरीले जित हात पारेको हो। पाँच-पाँच जना खेलाडीले गोल हानेकोमा सप्तरीको किपरले चार गोल रोक्न सफल भएको थियो भने रौतहटको किपरले तीन गोल मात्र रोके । खेलको अन्तिम समयसम्म सप्तरीको दबदबा रहे पनि रौतहट गोल रोक्न सफल भएको थियो। तर ड्राइ ब्रेकरमा दुई एकको अन्तरमा पराजित भएको हो । भोलिको एपीएफ क्लब काठमाडौँ र एलयाक्स सिटी फुटबल क्लब मोरङबीच हुनेछ। आजको म्यान अफ दि म्याच सप्तरीका गोलकिपर सन्दीप भट्टराई घोषित भए ।...
सहिदहरुलाई सम्झँदै गाईघाटका जेनजीहरुले गरे दिप प्रज्वलन

सहिदहरुलाई सम्झँदै गाईघाटका जेनजीहरुले गरे दिप प्रज्वलन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि / गाईघाट / माघ, १६ गते । गाईघाटमा पनि जेनजी युवाहरुले सहिद दिवस मनाएको छ । शुक्रबार गाईघाट मेनचोक स्थित जेनजी उदयपुर सचेत युवा समूहको आयोजनामा दिप प्रज्वलन गरी सहिद दिवस मनाईएको हो । बीर सहिदहरु अमर रहुन भन्ने नाराका साथ सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो । बिषेशगरी युवा पुस्ताहरुको उपस्थितिमा दिप प्रज्वलन गरिएको थियो । जेनजी अगुवा सुरेन्द्र राई र निमेश राई लगायत युवाहरुले दिवसमा सहिदहरुलाई सम्झिए । कार्यक्रममा सहिदहरुको सम्मान स्वरुप मौन धारण र राष्ट्रिय गान गरिएको थियो ।...
कटारीको कृषकको मल कालावजारी

कटारीको कृषकको मल कालावजारी

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि / उदयपुर, माघ १६ । कटारीको कृषकका लागि आएको सरकारी सहुलियतको मल कालाबजारी गरी बिक्री गरेको पाइएको छ। नगरपालिकाको सिफारिसमा आएको मल कालाबजारी भएको हिजो फेला परेको हो । कटारी ३ स्थित दुर्गा भवानी कृषि सहकारीले कृषकको पेटमा लात हान्दै मल भने कालाबजारी गरी बिक्री गरेको हो। उसले सिन्धुलीको दुधौली स्थित एक गोदामलाई बिक्री गरेको पाइएको छ। सहरी सञ्चालकहरू पेशल भट्टराई र हिरा बास्तोला दोषी रहेको बुझिएको छ । सो सहकारी र सञ्चालक नगरपालिकाको कारवाहीमा परेका छन् । कृषकहरु एक सक्रिय संघर्ष समितिले कालाबजारी फेला पाटेको हो। उदयपुर कटारीको कृषकहरूका लागि सरकारी सहुलियतको मल नगरपालिकाको सिफारिसमा ल्याउने तर कृषकलाई नदिई  सिन्धुलीको दुधौली स्थित एक गोदामलाई बेचेको पाइएको हो। कटारीमा ल्याउनुपर्ने मल दुधौलीको गोदाममा भण्डारण गर्दै गरेको अवस्थामा ढुवानी गर्ने मालवाहक ट्रक र मल कृषकहरुले नै बराम...
४ – १ को अन्तरमा सहलेस युवा क्लब सिराहा विजयी

४ – १ को अन्तरमा सहलेस युवा क्लब सिराहा विजयी

Breaking News 2, खेलकुद, समाचार
१६ माघ, २०८२ । उदयपुर उदयपुरको बसाहामा सञ्चालित नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको क्वार्टर फाइनल खेलमा आज सहलेश युवा क्लब सिराहाले दमक फुटबल एकेडेमी झापालाई १ को विरुद्ध ४ गोल गर्दै जित हात पारेको छ । खेलको सुरु एक मिनेटमै सहलेसका जर्सी नम्बर १० का बिकि चाम्लिङ राईले पहिलो गोल गरेका थिए । १८ औँ मिनेटमा जर्सी नम्बर १५ का विदेशी खेलाडी पेपेले गोल गरेका थिए । ५० मिनेटमा जर्सी नम्बर ११ का सुनिल खड्का र ५७ मिनेटमा जर्सी नम्बर ९ का राजेश दाहालले गोल गरेका थिए । दमक फुटबल एकेडेमीको तर्फबाट २३ मिनेटमा जर्सी नम्बर १६ का किस्मत लिम्बुले मात्र एक गोल गरेका थिए । त्यसपछिको सबै प्रयास विफल भएपछि झापाले एक गोलमै चित्त बुझाउनु पर्यो भने चार गोल को फराकिलो अन्तरमा सिराहा जितमा अगाडि बढेको छ । भोलिको खेल न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी र नेपाल खेलकुद क्लब रौतहटबीच हुनेछ...