Sunday, August 23News That Matters

समाचार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ९ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक विरोध जनाएका छन् । अध्यक्ष सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका हुन्। सिरोहिया पक्राउ पछि मिडिया सञ्चालकहरुको संस्था नेपाल मिडिया सोसाइटी र मिडिया अलाइन्सले गरेको सामूहिक बिरोध जनाउने निर्णय अनुसार आजका मुख्य दैनिक पत्रिकाहरुले कालो पोतेर विरोध जनाएका हुन् । स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध जनाउने विश्वव्यापी प्रचलन हो । नयाँ पत्रिका, नागरिक र कारोबार दैनिक भने यो सामूहिक विरोधमा सामेल छैनन् । सिरोहिलाइ मंगलबार दोहोरो नागरिकता प्रयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयमा कान्तिपुरले निरन्तर समाचार प्रकाशन गर्दै आएको छ । ...
उदयपुर ए डिभिजन लिग : भागलपुर र उदयपुरगढीले अंक बाढे

उदयपुर ए डिभिजन लिग : भागलपुर र उदयपुरगढीले अंक बाढे

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ८ । उदयपुर ए डिभिजन लिग फुटबल प्रतियोगितामा लालिगुराँस नव युवा क्लब भागलपुर र आदर्श युवा क्लब उदयपुरगढीले अंक बाढेको छ । मंगलबार दिउँसो भएको दोस्रो समुह चरणको खेलमा लालिगुराँस नव युवा क्लब भागलपुर र आदर्श युवा क्लब उदयपुरगढीले गोल रहित बराबरी खेल्दै अंक बाढेको हो । यस प्रतियोगिताको म्यान अफ द म्याच भागलपुरका जर्सि नं १ का गोल रक्षक बिकेश बस्नेतले पाए । समुह ‘ख’ को समुह चरणको दुबै खेलमा बराबरी खेलेको लालिगुराँस नव युवा क्लब भागलपुरको २ अंक छ भने एक खेलमा पराजित र एक खेलमा बराबरी खेलेको आदर्श युवा क्लब उदयपुरगढीको १ अंक छ । समुह ख मा रहेको फ्युजन क्लब बोक्से र नव प्रभात नेपाल पोर्ताहा बिच भोली समुह चरणको दोस्रो खेल हुनेछ । एक खेलमा विजयी भएको फ्युजन क्लब बोक्से ३ अंक सहित समुहको शिर्ष स्थानमा रहेको छ भने एक खेलमा बराबरी हुँदै अंक बाढेको नव प्रभात नेपाल पोर्ताहाको १ अंक...
उदयपुर ए डिभिजन लिग : एक खेल अगावै बाहिरियो बगाहा फुटबल क्लब

उदयपुर ए डिभिजन लिग : एक खेल अगावै बाहिरियो बगाहा फुटबल क्लब

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ८ । उदयपुर ए डिभिजन लिग फुटबल प्रतियोगिताको समुह चरणको अन्तिम खेल अगावै फुटबल क्लब बगाहा बाहिरिएको छ । मंगलबार भएको समुह चरणको दोस्रो खेलमा एकता युवा क्लब बेल्टारसँग ४–१ गोल अन्तरले हारेसँगै बगाहा लिगबाट बाहिरिएको हो । त्रियुगा नगरपालिका वडा नं १३ स्थित थारुहट रंगशालामा भएको खेलमा खेलको ४८ औं मिनेटमा जर्सि नं १० का सचिन खड्काले गोल गर्दै बेल्टारलाई आग्रता दिलाएका थिए भने खेलको ६५ औं मिनेटमा जर्सि नं २० का सुशिल परियारले डि बक्स बाहिरबाट गोल गर्दै बेल्टारको आग्रता दोब्बर बनाए । खेलको ७८ औं मिनेटमा जर्सि नं १७ का नमराज राईले गोल गर्दै बगाहालाई खेलमा फर्काउन खोजेका थिए । तर, खेलको ८६ औं र ९३ औं मिनेटमा जर्सि नं २३ का जस बहादुर राईले गोल गर्दै बेल्टारलाई जित दिलाए । यस प्रतियोगिताको म्यान अफ द म्याच बेल्टारका जर्सि नं २३ का जस बहादुर राई बने । यस अघि समुह चरणको पहिलो खेल...
नक्कली विवाह गराएर चिनमा युवतीलाई बेचविखन गरेको आरोपमा महिला पक्राउ

नक्कली विवाह गराएर चिनमा युवतीलाई बेचविखन गरेको आरोपमा महिला पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ८ । चिनियाँ नागरिकसँग नक्कली विवाह गराएर नेपाली युवतीको बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा वाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भई हाल चीनमा बस्दै आएकी ४३ वर्षीया मनमाया घले छिन् । पीडितले दिएको जाहेरीका आधारमा नेपाल प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले उनलाई ठमेलबाट पक्राउ गरेको हो । ब्यूरोका एसपी गौतम मिश्रका अनुसार ती महिलालले आर्थिक अवस्था कमजोर भएकी एक युवतीलाई चिनियाँ नागरिकसँग विवाह गरे पाँच वर्षपछि ग्रिनकार्ड बनाउन सकिने भन्दै प्रलोभन देखाएकी थिइन् । केटा धनी रहेको भन्दै ती महिलाले नेपाल आउजाउ गर्न मिल्ने समेत भनेको अनुसन्धानको क्रममा खुलेको छ । त्यसपछि चिनियाँ नागरिकसँगको मिलेमतोमा पीडितलाई जिल्ला अदालत, काठमाडौंमा लगेर ललाइफकाई १२ चैत २०७९ मा अदालती विवाह गराएको एसपी मिश्रले बताए । विवाहपछि १ वैशाख २०८० मा उनलाई चीन लगेर घल...
पशुपतिनाथ मन्दिरको भेटी चोरी गर्ने ८ जना पक्राउ

पशुपतिनाथ मन्दिरको भेटी चोरी गर्ने ८ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ८ । पशुपतीनाथ मन्दिरमा चढाईएको भेटी पैसा गन्ने क्रममा चोरी गर्ने ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । प्रवक्ता अधिकारीका अनुसार भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ । परियार पशुपतिमा बाजा बजोउने कर्मचारी हुन् । कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको परियारले बयान दिएको प्रवक्ता अधिकारीले बताए ।...
उदयपुर ‘ए’ डिभिजन लिग :  भागलपुर र पोर्ताहाले अंक बाढे

उदयपुर ‘ए’ डिभिजन लिग : भागलपुर र पोर्ताहाले अंक बाढे

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ७ । उदयपुर ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा लालिगुराँस नव युवा क्लब भागलपुर र नव प्रताभ नेपाल पोर्ताहाले अंक बाढेको छ । सोमबार दिउँसो भएको खेलमा लालिगुराँस नव युवा क्लब भागलपुर र नव प्रताभ नेपाल पोर्ताहाले १–१ गोलको बराबरी खेल्दै अंक बाढेको हो । खेलको ५९ औं मिनेटमा जर्सि नं ५ का दावा तामाङले गोल गर्दै भागलपुरलाई आग्रता दिलाएका थिए भने खेलको ६५ औं मिनेटमा पोर्ताहाका लागी जर्सि नं ९ का विमल चौधरीले गोल गर्दै खेल बराबरी बनाए । यस प्रतियोगिताको म्यान अफ द म्याच पोर्ताहाका जर्सि नं १० का आषिश चाम्लिङ राई बने । भोली बाट लिगको दोस्रो चरणको खेल सुरु हुनेछ । दोस्रो चरणको पहिलो खेल फुटबल क्लब बगाहा र एकता युवा क्लब बेल्टारबिच हुनेछ भने दोस्रो खेल लालिगुराँस नव युवा क्लब भागलपुर र आईडल फुटबल क्लब नेपालटारबिच हुनेछ । लिगमा सहभागिता रहेको ८ टिमलाई दुई स...
त्रिनपामा अपाङ्गता स्वास्थ्य परिक्षणसंगै अपाङ्गता परिचयपत्र वितरण हुदै

त्रिनपामा अपाङ्गता स्वास्थ्य परिक्षणसंगै अपाङ्गता परिचयपत्र वितरण हुदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ७ । उदयपुरको त्रियुगा नगरपालिकामा अपाङ्गता स्वास्थ्य परिक्षण संगै अपाङ्गता परिचयपत्र धमाधम वितरण भईरहेको छ । त्रियुगा नगरपालिकाको आयोजनामा प्रदेश सरकार, करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारीमा र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक साझेदारीमा संचालित अपाङ्गता रोकथाम तथा पुनंस्थापना कार्यक्रम अन्र्तगत गत बैशाख २८ देखि नगरको विभिन्न वडाहरुमा अपाङ्गताहरुका स्वास्थ्य परिक्षण र परिचयपत्र वितरण भईरहेको छ । नगरपालिका भित्रका १६ वटै वडामा विभिन्न बर्ग समूहहरुका १९ शय ३२अपाङ्गता भएका मानिसहरु रहेको त्रियुगा नगरपालिको सामाजिक विकास कार्यक्रमका प्रमुख राजकुमार खड्काले बताएका छन् । खड्काको अनुसार नगरको १,२,३,४,१२, १४,१५,१६, वडाहरुमा अपाङ्गताहरुका स्वास्थ्य परिक्षण र अपाङ्गता परिचयपत्र वितरण सम्पन्न भईसकेको र अन्य वडाहरुमा भईरहेको बताए। अपाङ्गताहरुका आँखा,कान, फिजियोथेर...
उदयपुरको रौतामाईमा चट्याङ लागेर महिलाको मृत्यु

उदयपुरको रौतामाईमा चट्याङ लागेर महिलाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ७ । उदयपुरको रौतामाई गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं. ७ बस्ने चन्द्रीका तामाङको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार आईतबार बिहान घरनजिकै रहेको रुखमा हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर तामाङको मृत्यु भएको हो ।...
इरानका राष्ट्रपती सहित विदेश मन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु

इरानका राष्ट्रपती सहित विदेश मन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ७ । इरानका राष्ट्रपती सहित विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । राष्ट्रपती इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको आइतबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । रोयटर्सको अनुसार एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको थियो । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनिहरुको अवस्था अज्ञात थियो । उद्धारकर्मी सोमबार बिहान घटनास्थल पुगेका थिए । दुर्घटना स्थलको मौसम निकै खराब रहेकोले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको थियो । राष्ट्रपति रायसी क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न अजरबैजान गएका थिए । बाँध उद्घाटन लगत्तै उनी तबरिज सहरतर्फ लागेका थिए । इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी तबरिज जानेक्रममा हेलिकप्टर बाटैमा दुर्घटनाग्रस्त भएको थियो । बाक्लो कुहिरोका...
कोशी सहित यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी सहित यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ ७ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (सोमबार) कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।...