नेपालमै पहिलो पटक उदयपुरबाट लामो दुरीको सवारीमा सिसि टभि र जिपिएस जडा
पूर्णपुष्टि, २८ चैत्र ।
गाईघाटबाट काठमाण्डौँ सम्म चल्ने लामो दुरीका दिवा तथा रात्री कालिन सवारीमा सिसि टिभि र जिपिएस जडान गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले नेपालमै पहिलो पटक सवारीमा औपचारिक रुपमा सिसि टिभि र जिपिएस जडान गरेको हो । उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापाले यस जडानले सुरक्षित यात्रा र सुरक्षि यात्रुमा सहयोग पुग्ने जनाए ।
थापका अनुसार सिसि टिभिले यात्रुको सामान हराउने, घटनाको पहिलो रेकर्डहरुलाई सुरक्षित गर्न सकिने, अनुसन्धानका लागि आवश्यक फुटेजहरुको व्यवस्था गर्न सकिने र जिपिएसले सवारी साधनको लोकेसन, सवारीको अवस्था, तिव्र गतिको अवस्थालाई पक्ता लगाउने, गन्तव्य भन्दा पर वा वर भए संकेत गर्ने र सहि स्थानमा रोक्न सूचना दिने, सवारी चोरीमा नियन्त्रण, सवारीको सामानको अवस्था पत्ता लगाउने अश्वभाविक रुपमा सवारीको सामानहरु हल्लिएरमा सूचना संकेत दिने, सवारी दुर्घटना भएमा साउजीलाई...









