Monday, August 24News That Matters

समाचार

उदयपुरको रौतामाई गाउँपालिका कोशी प्रदेशभरीकै उत्कृष्ट दोस्रोमा

उदयपुरको रौतामाई गाउँपालिका कोशी प्रदेशभरीकै उत्कृष्ट दोस्रोमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ माघ । उदयपुरको रौतामाई गाउँपालिका कोशी प्रदेशभरीकै उत्कृष्ट बन्न सफल भएको छ । स्थानीय तह संस्थागत क्षमता मुल्यङकनमा कोशी प्रदेशको ८८ गाँउपालिका मध्य उदयपुरको रौतामाई गाँउपालिका दास्रो भएको हो । उदयपुरको रौतामाई दोस्रो हुँदा ताप्लेजुङका मैवा खोला गाँउपालिका प्रथम बनेको छ । आर्थिक वर्ष २०७९÷०८० को लागि स्थानीय तहले गरेका आफनो स्मुल्यांकनमा मैवा खोला गाँउपालिकाले १०० पुर्णाङकमा ९० दशमलव ५ नम्बर प्राप्त गर्दा उदयपुरको रौतामाई गाँउपालिकाले १०० अंकमा ८७ नम्बर प्राप्त गरी प्रदेशमै दोस्रो बनेको हो । स्थानिय तहको कार्य प्रक्रिया र उपलब्द्यीहरुको लेखाजोखा प्रतेक वर्ष स्थानीय तह आफैले स्मुल्यांकन गर्ने गर्दछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह सस्थागत स्मुल्यांकन कार्यविधि, २०७७ अनुसार विभिन्न सुचकका आधारमा स्मुल्यांकन हुने गर्दछ । आर्थिक वर्ष २०७९÷०८० का न...
उदयपुरमा कर्तव्य ज्यान मुद्धाका फरार एक जना पक्राउ

उदयपुरमा कर्तव्य ज्यान मुद्धाका फरार एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १७ । उदयपुरमा कर्तव्य ज्यान मुद्धाका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं १५ स्थाई वतन भई काठमाण्डौ बस्ने ३२ बर्षीय पवन मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार कर्तव्य ज्यान मुद्दामा २०७०–१२–१७ गते जिल्ला अदालतको फैसलाले ३ वर्ष कैद सजाय भई हालसम्म फरार रहेको मगरलाई मंगलबार पक्राउ गरिएको हो । काठमाण्डौको टोखा नगरपालिका वडा नं. ८ बानियाटार स्थितबाट पक्राउ परेका मगरलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
राई र चेपाङलाई फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार

राई र चेपाङलाई फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ माघ । पत्रकार दिपीन राई र संगिता चेपाङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० युकेले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरेको छ । फोनिज युकेको २५ जनवरीमा बसेको बैठकले राईलाई ‘फोनिज युके पत्रकारिता सम्मान(२०२३’ र चेपाङलाई ‘फोनिज युके पत्रकारिता पुरस्कार(२०२३’ प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार छनोट समितिका प्रमुख ९हेड अफ ट्रस्ट० सोनाम छिरिङ शेर्पाका अनुसार सम्मान र पुरस्कारका लागि फोनिज संघीय समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमध्ये २ जनालाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । सम्मान र पुरस्कारको राशी २५÷२५ हजार रुपैयाँ रहेको छ । दिपीन राई २०४९ साल दैनिक विवेचना देखि अनवरत पत्रकारीतामा सम्लग्न भइ जनचाहना साप्ताहिक ९कार्यकारी सम्पादक०, हिमालय टाइम्स काठमाडौं ९सम्वाददाता ०, आजभोलि दैनिक भारत ९सम्...
दोस्रो वडा अध्यक्ष गोल्ड कप 7A साईड फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा गाईघाट बिजयी

दोस्रो वडा अध्यक्ष गोल्ड कप 7A साईड फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा गाईघाट बिजयी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १६ । दोस्रो वडा अध्यक्ष गोल्ड कप 7A साईड फुटबल प्रतियोगिता २०८० को उद्धघाटन खेलमा गाईघाट फुटबल क्लब बिजयी भएको छ । मंगलबार त्रियुगा नगरपालिका वडा नं १० बोक्से स्थित गंगा खेल मैदानमा भएको उद्धघाटन खेलमा गाईघाट फुटबल क्लबले बसाहा फुटबल क्लबलाई ३–२ गोलले हराएको हो । खेल सुरु भएको तेस्रो मिनेट मै जर्सि नं ५ का केबल तामाङले कर्नर किकबाट आएको बल हेडिङ मार्फत गोल गर्दै बसाहालाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता बसाहाले जोगाउन नसक्दा खेलको १२ औं मिनटमा जर्सि नं १४ का खेलाडी दिवस श्रेष्ठले गोल गर्दै गाईघाटलाई खेलमा फर्काए भने पहिलो हाफ एक–एक गोलको बराबरीमा सिमीत रह्यो । दोस्रो हाफको २४ औं मिनेटमा जर्सि नं १४ का दिवश श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै गाईघाटको अग्रता दोब्बर पारे भने थप गरिएको ३ मिनेटको इन्जुरी समयमा जर्सि नं ९ का खेलाडी प्रितम चौधरीले गोल गर्दै गाईघाटको ल...
गाईघाटमा सिटि सफारिहरु आन्दोलित

गाईघाटमा सिटि सफारिहरु आन्दोलित

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १६ उदयपुरको सदरमुकाम गाईघाट बजारमा संचालनमा रहेका सिटि सफारीका चालकहरु आन्दोलनमा उत्रिएका छन । अनाबश्यक ट्राफिक आतंक भएको भन्दै सोको बिरुद्ध आन्दोलन गरेको जनाएका छन् । पुरानो सवारी अनुमतिपत्र परिबर्तन गर्न र तत्काल रुट पर्मिट अनिबार्य गराउनु भन्दै ट्राफिक प्रहरीले प्रतिदिन १ हजार रुपैया जरिवाना गराएकाले आन्दोलन गर्नु परेको सिटि चालक रितेश कोईरालाले बताए । यातायात कार्यालयको नीति बिपरित जादैनौ, तर पहिला यो नीति नभएको र यो ब्याबसाय गर्नेहरुसंग रुट पर्मिट लिन पर्याप्त रकम नभएकोले केही समय चाहिने भएकाले तत्कालका लागि ट्राफिक कार्बाही रोक्न र सिटि चाककहरुलाई आबश्यक समय दिन हाम्रो सामुहिक माग रहेको छ’ उनले भने । त्यसैगरी, रुट पर्मिटको राजश्व रकम प्रतिसिटी ७ हजार भएको र समयको हतबन्दिले पुराना सफारिलाई बढी रकम पर्ने भएकोले सबैलाई एकरुपता बनाउन आग्रह अर्का चालक तुल बहादुर तामाङ...
बोक्सेमा आज देखी दोस्रो वडा अध्यक्ष गोल्डकप 7A साईड फुटबल प्रतियोति हुदै

बोक्सेमा आज देखी दोस्रो वडा अध्यक्ष गोल्डकप 7A साईड फुटबल प्रतियोति हुदै

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० बोक्सेमा आजदेखी दोस्रो वडा अध्यक्ष गोल्डकप 7A साईड फुटबल प्रतियोगिता हुदैछ । वडा युवा खेलकुद विकास समिति बोक्सेद्धारा आयोजित दोस्रो वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता उद्धघाटन खेल आज हुने भएको छ । राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद’ भन्ने नाराका साथै खेल माध्यमबाट युवाहरुलाई दुव्र्यसन मुक्त स्वास्थ्य समाज निर्माण गर्ने उदेश्यका साथ प्रतियोगिता संचालन गर्न लागिएको आयोजकले जनाएको छ । त्रि. न. पा. १० नयाँ बस्ती गंगा खेल मैदानमा हुने खेलको उद्धघाटन प्रमुख अतिथि त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले गर्ने छन् । आजको उद्धघाटन खेल गाईघाट फुटबल क्लब र बसाहा फुटबल क्लब बिच दिउँसो २ बजे सुरु हुने आयोजकले जनाएको छ । हुनेछ । यस प्रतियोगितालाई फ्युजन फुटबल क्लबले समन्वय गरेको छ । आजदेखी सुरु हुने खेल मंसिर २७ गते सम्म हु...
त्रियुगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन तालिका सार्वजनिक

त्रियुगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन तालिका सार्वजनिक

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १६ । उदयपुरको त्रियुगा खानोपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन तालिका सार्वजनिक भएको छ । शनिबार १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको त्रियुगा खानेपानी तथा सरसफाई उपभोत्ता समितिको निर्वाचन तालिका सोमबार सार्वजनिक भएको हो । मतदाताको नामावली आज सार्वजनिक गरिएको छ भने मतादाता नामावली त्रुटी सच्याउने र छुट नामावली समावेश गर्न दरखास्त दिने मिति १७ गते तोकिएको छ । संशोधित नामावली प्रकाशन १८ गते बेलुका ५ बजे सार्वजनिक गरिने छ । मतादाताको उपर उजुरी दिने १९ गते तोकिएको छ भने उजुरी उपर जाचँबुझ गर्ने र अन्तिम नामावली प्रकाशन बेलुका २ बजे देखी ५ बजे सम्म गरिने छ । उम्मेदवारको मनोनयन पत्र दर्ता माघ २१ गते बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म गरेर मनोनयन भएका उम्मेदवारको नामावली सूची बेलुका ५ बजे प्रकाशन गरिने छ । उम्मेदवारको विरुद्धमा २२ गते दिउँसो २ बजेसम्म उजुरी दिन सकिने स...
प्रधानमन्त्री प्रचण्ड शनिवार उदयपुर आउँदै

प्रधानमन्त्री प्रचण्ड शनिवार उदयपुर आउँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ माघ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) शनिवार उदयपुर आउने भएको छ । दाहाल रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटनका लागि उदयपुर आउने भएको हो । लामो समयदेखी अन्य भवनमै काम कार्वाही गर्दै आएका रौतामाई गाउँपालिकाले अब आफ्नै भवन पाउने भएको हो । सोही भवन उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री दाहाल उदयपुरको भुट्टार आउने भएको हो । कार्यक्रम १० बजेदेखी २ बजे सम्म भुट्टारमा हुने भएको छ । भवन उद्घाटन सँगै दाहाल उदयपुरको अन्य क्षेत्रहरुमा अवलोकन गर्ने छ ।...
सामाजिक अभियान्ता र शिक्षकको पहलमा पन्चावती मा.वि का १४३ विद्यार्थीलाई न्यायो कपडा वितरण

सामाजिक अभियान्ता र शिक्षकको पहलमा पन्चावती मा.वि का १४३ विद्यार्थीलाई न्यायो कपडा वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ माघ । चिसोबाट बचाउँदै पठनपाठनमा सहयोग पुराउन उदयपुरगढी गाउँपालिका ५ पन्चावती मा.वि का १४३ विद्यार्थीलाई लाई न्यान्यो कपडा वितरण गरिएको छ । सामाजिक अभियान्ता सि.एम. गुरागाई र सोही विद्यालयका सह प्रध्यापक देवीचरण भट्टराईको पहलमा न्यायो कपडा ट्रयाक सुट वितरण गरिएको हो । जाडो समयमा विद्यार्थीहरुलाई विद्यालय आवत जावत र अध्यानमा सहज बनाउने भन्दै गुरागाई र भट्टराईले न्यानो कपडाको लागि पहल गरेका थिए । उनिहरुले सोही विद्यालयका पूर्व विद्यार्थी फिल्यान्डमा बस्दै आएका अर्थशास्त्री जगन्नाथ काफ्ले र इजरायल बस्ने समाजसेवी देवीमाया घलेलाई न्यानो कपडामा आर्थिक सहयोगका अपिल गरे । सोही अनुसार काफ्लेले ५० हजार एक सय र घलेले ५० हजार न्यानो कपडाका लागि आर्थिक सहयोग गरेका थिए । विद्यालयका प्रध्यानाध्यापक भक्त राईले जम्मा १ लाख १ सय बराबरको न्यान्यो कपडा विद्यार्थीलाई वितरण गरिएको जनाए...
उदयपुरमा पनि भोली देखी नेपाली कांग्रेसको समुदायसँग जनता अभियान संञ्चालन हुने

उदयपुरमा पनि भोली देखी नेपाली कांग्रेसको समुदायसँग जनता अभियान संञ्चालन हुने

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ माघ । नेपाली कांग्रेस उदयपुरले मंगलबारदेखी समुदायसँग कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ । देशैभर संञ्चालन हुने उक्त कार्यक्रम उदयपुरमा पनि भोली देखी सुरु हुने पार्टी कार्यालय उदयपुरले जनाएको छ । कार्यकर्तासँग भेटघाट तथा अन्तक्रिया कार्यक्रम गर्दै कांग्रेस उदयपुरले २६ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी दिएको हो । नेपाली कांग्रेसलाई मजबुत र समुदायमा विश्वाशीलो बनाउने उदेश्यका साथ अभियान संचालन गर्न लागिएको पार्टीले जनाएको हो । भेटघाट तथा अन्तक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा जिल्ला प्रतिनिधीको रुपमा आएकी सुशिला ढकालले कांग्रेसले जे गरेपनि जनताका लागी गरेको र जनताको लागी गर्ने बताईन् । ०८४ मा कांग्रेसलाई नै भोट दिन पुर्छ भन्ने गन्तव्यमा पु¥याउनका लागी सामाजिक, आर्थिक, राजनितिक, औद्योगिक र कृषी क्राक्ति गर्नका निम्ति यो अभियान सञ्चालन...