जोगिदहमा काटिएको काठको आम्दानी मन्त्रालयलाई पठाउनु पर्ने भनिएपछि उपभोक्ताको आपत्ति
पूर्णपुष्टि १५ माघ ।
कंग सामुदायीक वन उपभोक्ता समिति जोगिदहले उदयपुरको त्रियुगा नगरपालिका १ जोगिदह स्थित सगमाथा विमान स्थल निर्माण क्षेत्रमा काटिएको ठुलो परिणामको काठ अझै बेच्न सकिरहेको अवस्था छैन् । बैशाखबाट असार सम्म ४ महिना लगाएर काटिएको काठ समिति र उपभोक्तबीचको विवादले काटिएको ६ महिना बित्दा पनि बेच्न नसकेको हो ।
काटेर जंगलभरी राखिएको काठ चोरी हुन सक्ने हुँदा काठको सुरक्षामा पनि चुनौती छ भने आउने चैत्र बैशाख देखी जंगलमा लाग्ने आगो बाट पनि काठ बचाउन समस्या देखिएको छ । विमान स्थल बनाउनका लागि उक्त क्षेत्रमा ४१ हजार किवी काठ र २०९ चट्टा दाउरा काटिएको छ । उक्त काठ काट्ने बेला उपभोक्तहरुले वन मास्न नपाईने भन्दै काठ काट्न अवरोध गरेका थिए ।
पछि काटिएको काठले उपभोक्ताहरुमै लगानी गर्ने र काटिएको काठको आम्दाीनले यसै ठाउँमा बिकास गर्ने भनेपछि उपभोक्ता तथा स्थानीयहरु काठ काट्न मन्ज...









