Monday, August 24News That Matters

समाचार

बिषहारा डेन्टल गाईघाटद्धारा सप्तरीको एक विद्यालयमा निशुल्क दन्त सिविर

बिषहारा डेन्टल गाईघाटद्धारा सप्तरीको एक विद्यालयमा निशुल्क दन्त सिविर

Breaking News 2, समाचार
पूर्णपुष्टि, १३ माघ । गाईघाटमा रहेको बिषहारा मल्टि स्पेशियालीटी डेन्टल क्लिनिकले सप्तरीको एक विद्यालयमा निशुल्क दन्त सिविर संञ्चालन गरेको छ । क्लिनिकका आरसिटी स्पेशालीटी एमडिएस डाक्कटर नारायण कुमार चौधरीले सप्तरीमा रहेको नबोदय बोर्डिङका १० जना ठुलो दन्त रोगी सहित १०५ जनाको शुक्रबार निुशुल्क दन्त चेक गरिएको जनाए । जस मध्य ५ जनाको निशुल्क दाँत निकाल्ने काम समेत भएको छ । बाँकीको भने २० प्रतिशत छुटमा दाँत निकालिएको छ । यस क्लिनिकले यस बाहेकका अन्य बिभिन्न विद्यालयमा पनि निशुल्क दन्त सिविर संञ्चालन गर्दै गएको छ । विद्यालयका बालबालिकाहरुलाई दाँत जोगाउने र रोग लाग्न बाट बच्ने उपायहरु बारे क्लिनिले जानकारी गराउँदै आएको छ । दक्ष जनशक्ति र स्रोत साधनले व्यवस्थित बिषहरा क्लिनिक पछिल्लो समय दन्त बिरामीहरुको प्रमुख रोजाई बन्दै गएको छ ।...
राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरको अध्यक्षमा रिदम किराती

राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरको अध्यक्षमा रिदम किराती

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ । राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरको दोस्रो अधिवेशनले रिदम राईको नेतृत्वमा १९ सदस्यीय कमिटी चनय गरेको छ । शुक्रबार काठमाण्डौँमा भएको अधिवेशनले राईको नेतृत्वमा पाँच पदाधिकारी सहित १९ जनाको कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा अजय चौधरी, सचिवमा हेम बहादुर मगर, सह सचिवमा प्रतियुस राउत, गिता मगर र कोषाध्यक्षमा बिकास मगर रहेको छ । निर्वाचित अध्यक्ष रिदम किरातीले युवाहरुलाई संगठीत गर्ने र पछिल्लो समय राजनितिकमा बढ्दै गएको बिकृतिलाई समधानको प्रयासमा जुट्ने जनाए । बिषेशगरी उदयपुरका युवाहरुलाई क्रियाशिल बनाउँदै राजनितिक वितृस्नालाई न्युनिकरण गरी युवाहरुलाई राजनितिकमा थप विश्वास बढाउने कार्यसमितिको काम रहने अध्यक्ष राईले जनाए । यस संगठनले उदयपुरका युवाहरुलाई क्रियाशिल र मजवुद बनाउँदै देश जनताको निम्ति सकरात्मक राजनितिक गर्न हौसाला प्रदान गर्ने जनाए । राष्ट्...
गाईघाटमा दोस्रो प्रदेश महोत्सव हुदै

गाईघाटमा दोस्रो प्रदेश महोत्सव हुदै

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ १२ । उदयपुरको सदरमुकाम गाईघाटमा दोस्रो प्रदेश महोत्सव–२०८० हुने भएको छ । शुक्रबार त्रियुगा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै यहि फाल्गुन १ देखि १० गते सम्म महोत्सव संचालन गरिने जनाएको छ । त्रियुगा उद्योग वाणिज्य संघद्धारा आयोजित महोत्सव त्रियुगा नगरपालिका–१३ स्थित बरुवा बसपार्कमा लगाईने छ । आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्थान तथा निकासी योग्य बस्तुमा जोड तथा स्थानिय स्तरमा उत्पादित कृषीजन्य बस्तुहरुको बजारिकरणमा सहयोग पु¥याउने साथै कोभिड महामारीपछि खस्किएको ब्यापार ब्यावसायलाई चलायमान बनाउने उदेश्यका साथ महोत्सव संचालन गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा टिकटको मुल्य प्रति व्यक्ति १ सय रुपैँया तोकिएको छ भने विद्यार्थीहरुले आईडी कार्ड लिएर आएमा ५० प्रतिशत छुर साथै टिकट काट्दा प्रत्येक दिन आकर्षक उपहार र अन्तिम दिन बम्पर उपहार स्कुटर १ जनालाई दि...
कटारीमा थामी समुदाय जग्गा नापीबाट बञ्चित

कटारीमा थामी समुदाय जग्गा नापीबाट बञ्चित

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १२ । उदयपुरको कटारी नगरपालिका वडा नं. ३ च्याँगा गाउँमा रहेका अतिसिमान्तकृत थामी समुदाय जग्गा नापीबाट बञ्चित बनेका छन् । बर्षौंदेखि भोगचलन गर्दै आएको आफ्नै जग्गा नापीबाट बञ्चित भएको उनीहरुले बताएका छन् । हाल कटारी नगरपालिकाले वडाहरुमा नापीको काम अगाडि बढाउँदा थापी समुदाय रहेको गाउँमा नापेन । नगरपालिकाले छुट्याए पछि १८ घरधुरी थामी समुदायसहित ७५ दलित तथा विपन्न बर्गका घरधुरी नापीबाट बञ्चित भएको उनीहरुले बताएका छन् । आफुहरुलाई नगरपालिकाबाट गैरनागरिकको ब्यवहार भएको गुनासो पूर्णबहादुर थामीले गरे । थामी समुदायले सो ठाउँमा आफुहरु २०२९ सालदेखि बसोबास गर्दै आएक बताएका छन् । आसपासको गाउँटोलमा सोही प्रकृत्तिको बसोबास रहेको जग्गामा नापीको काम हुँदा सो ठाउँमा नगरिएको थामी समुदायको भनाई छ । उनीहरुले आज संयुक्त हस्ताक्षर र ल्याप्चेसहितको संयुक्त विनेदन पेश गर्दै नगरपालिकालाई नापीका ला...
भुल्केमा दुईदिने मृगौला परिक्षण शिविर सुरु, फाइदा लिन सर्बसाधारणलाई आग्रह

भुल्केमा दुईदिने मृगौला परिक्षण शिविर सुरु, फाइदा लिन सर्बसाधारणलाई आग्रह

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ १२ । नेपालमा थाहै नपाई मृगौला खराब हुने क्रम बढ्दो रहेको सन्दर्भमा उदयपुर समाज काठमाडौं र मार्क इन्टरनेश्नल किड्नी सेन्टरले निःशुल्क मृगौला परिक्षण शिविर आयोजना गरेको छ । डा. अर्चन शमसेर रानाको नेतृत्वको चिकित्सक टोलीले त्रियुगा नगरपालिका ३ भुल्के स्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा शिविर सञ्चालन भएको हो ।शिविरको उद्घाटनको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, विशेष अतिथि नेपाली सेना १८ नं। वाहिनीपति मनोज बैदवारले मन्तब्य दिदै शिविरबाट सर्बसाधारणलाई सहयोग पुग्ने बताए । वडाध्यक्ष तिलक बहादुर कटुवालले कार्यक्रम प्रभावकारी हुनेमा विश्वास ब्यक्त गरे । पवित्रा गिरीको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन समाजका महासचिव बसन्तकुमार कटवालले गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष सनिदप बस्नेत, सदस्य समृद्धि राणाको उपस्थिति थियो ।...
यु–१९ विश्वकप : आज नेपाल र अफगानस्थान सुपर सिक्सको लागी भिड्दै

यु–१९ विश्वकप : आज नेपाल र अफगानस्थान सुपर सिक्सको लागी भिड्दै

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ १२ । यु–१९ विश्वकपमा आज नेपालले समुह चरणको अन्तिम खेल अफगानस्थानसँग खेल्दैछ । आजको खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ । आजको खेलमा अफगानस्थानलाई हराउँदै नेपाल सुपर सिक्समा पुग्न चाहन्छ । आजको विजेता टोली सुपर सिक्समा पुग्ने समिकरण छ । नेपाल र अफगानस्थान समुह चरणको दुवै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा न्युजिल्याण्डसँग ६५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै अफगानिस्तान पाकिस्तानसँग १८१ रनले पराजित भएको थियो भने न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । समुह ‘डी’ रहेको नेपाल र अफगानस्थान अंक विहीन छन् । सुपर सिक्समा पुग्न आजको खेल दुवै टोलीको लागी महत्वपुर्ण हुनेछ । विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ । दक्...
उदयपुरको गाईघाटमा एक दिने पहिचान विषयक प्रशिक्षण हुँदै

उदयपुरको गाईघाटमा एक दिने पहिचान विषयक प्रशिक्षण हुँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ १२ । उदयपुरको सदरमुकाम गाईघाटमा भोली एक दिने पहिचान विषयक प्रशिक्षण कार्यक्रम हुने भएको छ । शनिबार बिहान ११ बजे त्रियुगा नगरपालिका–१२ स्थितमा रहेको टावन हल होटलमा १ नं प्रदेश पुन:नामाङ्कन संयुक्त संघर्ष समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम संचालन हुने भएको हो। कार्यक्रमको मुख्य प्रशिक्षको रुपमा पूर्व मन्त्री गोपाल किराती रहने आयोजकले जनाएको छ । समितिले १४ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको हो । कार्यक्रममा पहिचानवादी दल तथा शुभेच्छुकहरुलाई उपस्थितिको लागि आयोजकले आह्वानसमेत गरेको छ ।...
उदयपुरमा आमाबुवा स्नेह घर निर्माणका लागि महायज्ञ

उदयपुरमा आमाबुवा स्नेह घर निर्माणका लागि महायज्ञ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ११ । उदयपुरको सदरमुकाम गाईघाटमा आमावुवा स्नेह घर निर्माणका लागि श्रीमद्भागवत विराट ज्ञान महायज्ञको आयोजना गरिएको छ । राधाकृष्ण कुञ्ज बिहारी संस्था गाईघाटको आयोजनामा भएको महापुराणबाट संकलित रकम बृद्धबृद्धा, अशक्त, असाह्यको हेरचाह गर्न स्नेह घर निर्माण गरिने लक्ष्य राखिएको छ । संस्थाले त्रियुगा नगरपालिका २ मोतियाही स्थित रामजानकी चारधाम मन्दिर परिषरमा उक्त भवन निर्माणको तयारी गरेको जनाएको छ । संस्थाका सदस्य रविना खड्काका अनुसार सनातन धर्मको संरक्षणमा जोड दिँदै असाहय, वेवारिसे, घरबाट निकालिएका सबै आमावुवालाई भोजन, हेरचाह सहितको आवासीय व्यवस्था गरिने छ ।महापुराणको पहिलो दिन एक हजारको संख्यामा निस्किएका स्थानीयवासीले त्रियुगा नदीको जलासयबाट पवित्र जल उठाई गाईघाट बजार परिक्रमा सहितको कलसशोभा यात्रा गरी शिव स्थापना गरेर भगवानको पूजा आरधना गरिएको छ । सदरमुकामको तरकारी बजार परिष...
उदयपरको चौदण्डीगढीमा जंगली हात्तिको आतंक

उदयपरको चौदण्डीगढीमा जंगली हात्तिको आतंक

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ११ । उदयपुरको चौदण्डीगढीमा हात्तिको आतंक बढ्दै गएको छ । चौदण्डीगढी नगरपालिका वडा नं ५ सिवाई र बेल्हा बस्तिमा जंगली हात्तिको आतंक बढ्दै गएको हो । आज बिहान २ बजेको समयमा बेल्हाका छेवल चौधरीको घर दुई हात्तिले भत्काएर ढुकुटीको धान समेत नष्ट गरिदिएको बेल्हा आधारभूत विद्यालयका प्रधानाध्यापक भास्कर चौधरीले बताए । प्रधानाध्यापक चौधरीका अनुसार यस क्षेत्रमा हरेक वर्ष यसैगरी जंगली हात्ति आएर स्थानीयवासीलाई त्रसित पार्ने र धन सम्पत्तिमा क्षती पु¥याउँने गरेको छ । हात्ति आतंकबाट बच्न या रोकथामको लागि वडाभरी सबैले विद्युतीय तार राख्न सुझाव दिएको वडाध्यक्ष तुलसीराम ढकाले बताए । उनका अनुसार स्थानीयवासीको ५ वटा घरमा क्षती पु¥याइ सिावाइ माध्यामिक विद्यालयको ५० मिटर घेराबेरासमेत भत्काइ दिएको छ । उक्त घटनामा मानवीय क्षती भने भएको छैन ।...
सिसि क्यामेरा गायव बनाएर बेलकाको  दुई सहकारीमा चोरी

सिसि क्यामेरा गायव बनाएर बेलकाको दुई सहकारीमा चोरी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ११ माघ । उदयपुरको बेलका नगरपालिकामा बुधबार राती दुई सहकारी संस्थामा चोरी भएको छ । नगपालिकाको वडा नं ९ मा रहेको महिला साना किसान कृषि सहकारी संस्था लि. र सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. मा चोरी भएको हो। चोरीको क्रममा सिसि क्यामेरा समेत निकालेर लगेको पाईएको छ । कर्मचारी दिपन पाण्डेका अनुसार पैसा सँगै सिसि टिभी पनि निकालेर लगेको हो। महिला साना किसानबाट ९ हजार चोरी गरिएपनि यता सहयोगी ऋण सहकारी संस्थाबाट भने चोरी गर्न नपाएको बताईएको छ । महिला साना किसान कृषि सहकारी संस्था लि. मा मुल चेनगेटको चाबी साथै ढोकाको चाबी फुटाएर आर्थिक कारोबार गर्ने ठाँउ काउन्टरमा प्रवेश गरि र्याकहरु फुटाएर त्यहाँ भएको करिब रकम चोरी भएको सहकारीका प्रबन्धक शान्ता कुमारी अधिकारीले बताईन् । सहयोगी बचत तथा ऋण सहकारी संस्थाको भवनको दक्षिण तर्फ म्यानेजरको कार्यकक्षको झ्याल फुटाएर गृल निकाली भित्र प्रवे...